ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नवलपुरमा जग्गा नापीको कामले गति लिँदै


एबीसी / संवाददाता
बैशाख ३०, २०८० शनिबार  ८ : ०८ बजे

त्रिवेणी, ३० वैशाख । भूमिसम्बन्धी समस्या समाधानका लागि नवलपरासी पूर्व नवलपुरमा जग्गा नापीको कामले गति लिन थालेको छ ।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीको समस्या समाधानका लागि यहाँ रहेका पालिकामा जग्गा नापीको कामले गति लिन थालेको हो । नवलपुरका आठ वटा पालिकामध्ये हाल तीन वटा पालिकामा जग्गा नापीको काम भइरहेको छ । भूमिसम्बन्धी समस्या समाधान आयोगका जिल्ला सदस्य राम तामाङका अनुसार कावासोती नगरपालिका, मध्यविन्दु नगरपालिका र हुप्सेकोट गाउँपालिकामा जग्गा नापीको काम जारी छ ।

नवलपुरको देवचुली नगरपालिका, गैँडाकोट नगरपालिका र विनयी त्रिवेणी गाउँपालिकामा प्राप्त आवेदनमा अनलाइन ‘इन्ट्री’को काम चलिरहेको छ । जसमध्ये देवचुली र गैँडाकोटको काम करिब अन्तिम चरणमा रहेकाले चाँडै जग्गा नापीको काम सुरु हुने जिल्ला सदस्य तामाङले बताए ।

जिल्लाका पहाडी क्षेत्रमा पर्ने पालिका बौदीकाली र बुलिङटारमा भने भूमिसम्बन्धी समस्या समाधानको काम अघि बढाउने गरी सम्झौताको काम सकिएको र चाँडै रहे तापनि थप आवश्यक कार्य अघि बढ्ने बताए ।

“करिबजसो सबै पालिकामा भूमिसम्बन्धी समस्या समाधानका लागि आवश्यक काम अघि बढेका छन्, केही पालिकामा नापीकै काम चलिरहेको छ, यही गतिमा काम अघि बढे केही वडामा अबको एक महिनामा पुर्जा दिन सकिन्छ”, जिल्ला सदस्य तामाङले भने ।

नवलपुरमा प्रारम्भिक तथ्यांकअनुसार करिब ३० हजार आवेदन परेका छन् । सबै पालिकाले प्राप्त आवेदनलाई अनलाइन इन्ट्रीको काम सके यकिन तथ्यांक आउने उनले बताए । शुक्रबार मात्रै जिल्लाको कावासोती नगरपालिकाले जग्गा नापीको कामलाई अघि बढाएको छ ।

नगरपालिकाको वडा नम्बर १ र ४ बाट जग्गा नापीको काम सुरु भएको नगर प्रमुख विष्णुप्रसाद भुसालले बताए । पालिकामा अघिल्लो आयोगका समयमा केही वडामा नापीको काम भएको थियो । हालको आयोगले सोही प्रक्रियालाई स्वामित्व लिएपछि नयाँ वडाबाट थप नापीको काम सुरु गरिएको नगर प्रमुख भुसालले बताए । जग्गाको समस्या चाँडो समाधान गर्नुपर्ने आवश्यकता रहेको उनले बताए । वर्षौंदेखि भूमिहीन सुकुम्बासीका रुपमा रहेकालाई राज्यले एकपटकको लागि पुर्जा दिन लागेकाले यो कामलाई जतिसक्दो चाँडो सम्पन्न गरी भूमिहीन, सुकुम्बासीलाई जग्गाको मालिक बनाउने काममा सबैले सकारात्मक सहयोग गर्नुपर्ने उनले बताए ।

कावासोती नगरपालिकाभित्र सात हजार पाँच सय ६७ जनाले आवेदन दिएका छन् । नगरपालिकामा ७०७ भूमिहीन दलित, एक हजार २५१ भूमिहीन सुकुम्बासी र पाँच हजार ६०९ जनाअव्यवस्थित बसोबासीले आवेदन दिएका छन् । जसमध्ये सबै कम्प्युटर इन्ट्रीको काम सकिएको छ । पालिकाभित्र यसअघि दुई हजार ८६ कित्ताको नापीसमेत सकिएको छ । कावासोती नगरपालिका वडा नम्बर ३, ५, १०, १५ र १७ मा यसअघि नापी गरिएको छ तर यी वडामा पूर्णरुपमा नापीको काम सम्पन्न हुन बाँकी छ ।

जग्गा नापीको काम सकिने वडामा क्रमशः फिल्डबुक तयार पार्ने, स्रेस्ता पुर्जा तयार पार्ने र पुर्जा बितरणको काम हुने आयोगका जिल्ला सदस्य तामाङले बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

कोशीको चुनाव : हेभीवेट बिदा, नयाँ पुस्ताको परीक्षा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com