ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुम्बईले शीर्ष स्थानको गुजरातलाई हरायो


एबीसी / संवाददाता

काठमाडौँ, ३० वैशाख । इन्डियन प्रिमियर लिग (आइपिएल) मा मुम्बई इन्डियन्सले शीर्ष स्थानको गुजरात टाइटन्सविरुद्ध २७ रनको जित निकालेको छ ।

शुक्रबार वानखेडे क्रिकेट रंगशालामा सम्पन्न खेलमा मुम्बईले प्रस्तुत गरेको २१९ रनको लक्ष्य पछ्याउने क्रममा साविक विजेता गुजरातले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १९१ रनमात्र बनाउन सक्यो ।

गुजरातका राशिद खानले ३२ बलमा तीन चौका र १० छक्कासहित अविजित ७९ रन बनाए पनि टिमको हार टार्न सकेनन् । डेविड मिलरले ४१, विजय शंकरले २९ र राहुल तेवातियाले १४ रन जोड्नुबाहेक गुजरातका अन्यले दोहोरो अंकमा रन थप्न सकेनन् ।

मुम्बईका आकाश माद्यवलले तीन विकेट लिए । पियुष चावला र कुमार कार्तिकेयले समान दुई विकेट लिँदा जासन बेह्रेन्डोर्फले एक विकेट हात पारे ।

त्यसअघि, टस हारेपछि ब्याटिङमा आएको मुम्बईले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर २१८ रनको योगफल खडा गरेको थियो ।

सूर्यकुमार यादवले शतक प्रहार गरेपछि मुम्बई विशाल योगफलसम्म पुगेको थियो । सूर्यकुमारले ४९ बलमा ११ चौका र ६ छक्कासहित अविजित १०३ रन जोडे । इशान किसनले ३१, विष्णु विनोदले ३०, कप्तान रोहित शर्माले २९ र नेहल वधेराले १५ रन जोडे ।

गुजरातका राशिद खानले चार विकेट लिए । मोहित शर्माले एक विकेट हात पारे ।

जितसँगै १२ खेलबाट १४ अंक जोडेको मुम्बई तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । हारका बावजुद १२ खेलबाट १६ अंक जोडेको गुजरात तालिकाको शीर्ष स्थान यथावत छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com