ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?


एबीसी / संवाददाता

काठमाडौँ, २९ वैशाख । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । पछिल्लो पटक गत मंगलबार पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका हुन् । मंगलबार काठमाडौँ टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरूले पैसा उठाउने बिचौलिया भएको प्रहरीले जनाएको छ ।

यही प्रकरणमा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरूङ र सागर राई पक्राउ परिसकेका छन् ।

पक्राउ पुजी जारी भएका नेकपा (एमाले)का टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरजसहित नौ जना फरार रहेका प्रहरीको भनाइ छ । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतिक र पूर्वगृह सचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ जना नेपालीसँग १० देखि ५० लाख रूपैयाँसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको प्रहरी अनुसन्धानले देखाएको छ । यस प्रकरणमा नेपाली कांग्रेस नेतृ एवम् सांसद आरजु राणा देउवा र मञ्जु खाणले पनि पैसा लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ । यो अडियोमा आरजुलाई साढे २ करोड र मञ्जुलाई ६ करोड रूपैयाँ बुझाएको दाबी गरिएको छ । यो अडियोको विषयमा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?
२०७६ जेठ ३० : भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन । कार्यदलको विज्ञ सदस्यका रूपमा गणेश केसी र सदस्य सचिवका रूपमा गृह मन्त्रालयका शाखा अधिकृत दीपकप्रसाद न्यौपाने नियुक्त भए । बिचौलिया समूहको स्वार्थअनुसार कार्यदल गठन भएको पुष्टि भइसकेको छ ।

२०७६ कात्तिक १ : कार्यदलको प्रतिवेदन पेस । तर, त्यो प्रतिवेदन सरकारले अझैसम्म सार्वजनिक गरेको छैन । सरकारले सार्वजनिक नगरेको प्रतिवेदनमा नेपालमा रहेका शरणार्थीलाई तेस्रो देशमा पुनःस्थापनका लागि सरकारले पहल गर्न सिफारिस गरेको थियो । बिचौलिया गिरोहले त्यही प्रतिवेदनको प्रतिलिपि हात पारेर त्यसमा ८७५ जना नेपालीको नामसहितको अनुसूची थपेको हो । उनीहरूबाट जनही १० लाखदेखि ५० लाख रूपैयाँसम्म रकम उठाएर गिरोहले नक्कली शरणार्थी परिचयपत्र वितरण गर्दै आएको थियो ।

२०७८ असोज १४ : गृह सचिवस्तरीय निर्णयबाट झापाका सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा छुट शरणार्थीको विषयमा अर्को कार्यदल गठन ।

२०७८ मंसिर १३ : पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय । छुट शरणार्थी दर्ता गर्ने विषयले सरकारी मान्यता पाए पनि उनीहरूलाई तेस्रो देश पुनर्वास गराउने विषयमा कुनै पनि देशसँग सहमति भएको थिएन । यसका लागि सुझाव पेस गर्न भन्दै फेरि झापा प्रशासनलाई पत्र लेखियो ।

२०८७८ मंसिर १८ : कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापा र मोरङलाई पत्राचार गर्‍यो ।

२०७९ चैत १२ : नक्कली भुटानी शरणार्थी बनाउने गिरोहका मुख्य नाइके केशव दुलालसहित सानु भण्डारी र टंक गुरूङ पक्राउ ।

२०७६ चैत १५ : गिरोहमा संलग्न सागर राई पक्राउ

२०८० वैशाख १९ : तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ । हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर राई, टंक गुरूङ र सन्देश शर्मा पोखरेलको बयानको आधारमा प्रहरीले राईलाई प्रक्राउ गरेको हो । प्रहरीले यही दिन इन्द्रजितका छोरा निरजविरूद्ध पनि पक्राउ पुर्जी जारी गर्‍यो । रकम संकलनमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको भनिएका निरज अहिले फरार छन् ।

२०८० वैशाख २० : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ । त्यही दिन तत्कालीन ऊर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुजी जारी । सन्दीप त्यही दिन पक्राउ परे पनि टोपबहादुर अझै फरार ।

मन्त्रीको सल्लाहकारका रूपमा गृह मन्त्रालयभित्र बसेर गिरोहको योजनाअनुसार नीतिगत निर्णयमा प्रभाव पार्दै आएका इन्द्रजितले भित्रका सबै सूचना र दस्तावेज गिरोहलाई उपलब्ध गराउँदै आएको र राईसहितको गिरोहले रायमाझीलाई पनि साथमा लिएर नीति निर्माणमा प्रभाव पार्दै आएको आरोप छ । गिरोहका सदस्यका तर्फबाट टोपबहादुरका छोरा सन्दीपको नाममा काटिएको १ करोड ५० लाख रूपैयाँको चेक प्रहरीले बरामद गरिसकेको छ ।

२०८० वैशाख २६ : गिरोहमा संलग्नमध्ये काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ

२०८० वैशाख २७ : पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ । प्रहरी हिरासतमा रहेका सचिव पाण्डले पूर्वगृहमन्त्री खाणकोसमेत नाम लिएपछि आरोपितहरूको बयानका आधारमा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com