ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?


एबीसी / संवाददाता
बैशाख २९, २०८० शुक्रबार  ८ : ०२ बजे

काठमाडौँ, २९ वैशाख । भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै नेपाली नागरिकबाट रकम असुल्ने प्रकरणमा संलग्न रहेको अभियोगमा प्रहरीले अहिलेसम्म १२ जनालाई पक्राउ गरेको छ । पछिल्लो पटक गत मंगलबार पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ परेका हुन् । मंगलबार काठमाडौँ टोखाका रामशरण केसी र झापाका गोविन्द चौधरी पक्राउ परेका थिए । उनीहरूले पैसा उठाउने बिचौलिया भएको प्रहरीले जनाएको छ ।

यही प्रकरणमा सचिव टेकनारायण पाण्डे, तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई, टोपबहादुर रायमाझीका छोरा सन्दीप रायमाझी तथा बिचौलिया समूहका सानु भण्डारी, केशव दुलाल, सन्देश शर्मा, टंक गुरूङ र सागर राई पक्राउ परिसकेका छन् ।

पक्राउ पुजी जारी भएका नेकपा (एमाले)का टोपबहादुर रायमाझी र इन्द्रजित राईका छोरा निरजसहित नौ जना फरार रहेका प्रहरीको भनाइ छ । तत्कालीन गृहमन्त्री थापाका छोरा प्रतिक र पूर्वगृह सचिव महेश्वर न्यौपानेलाई पनि प्रहरीले अनुसन्धानको घेरामा राखेको छ ।

नेपालीलाई भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ८७५ जना नेपालीसँग १० देखि ५० लाख रूपैयाँसम्म उठाउने गिरोहसँग राजनीतिक नेतृत्वको साँठगाँठ खुलेको प्रहरी अनुसन्धानले देखाएको छ । यस प्रकरणमा नेपाली कांग्रेस नेतृ एवम् सांसद आरजु राणा देउवा र मञ्जु खाणले पनि पैसा लिएको दाबी गरिएको अडियो सार्वजनिक भएको छ । यो अडियोमा आरजुलाई साढे २ करोड र मञ्जुलाई ६ करोड रूपैयाँ बुझाएको दाबी गरिएको छ । यो अडियोको विषयमा छानबिन भइरहेको प्रहरीले जनाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा कहिले के भयो ?
२०७६ जेठ ३० : भुटानी शरणार्थीसम्बन्धी समस्याको स्थायी समाधानका लागि पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल गठन । कार्यदलको विज्ञ सदस्यका रूपमा गणेश केसी र सदस्य सचिवका रूपमा गृह मन्त्रालयका शाखा अधिकृत दीपकप्रसाद न्यौपाने नियुक्त भए । बिचौलिया समूहको स्वार्थअनुसार कार्यदल गठन भएको पुष्टि भइसकेको छ ।

२०७६ कात्तिक १ : कार्यदलको प्रतिवेदन पेस । तर, त्यो प्रतिवेदन सरकारले अझैसम्म सार्वजनिक गरेको छैन । सरकारले सार्वजनिक नगरेको प्रतिवेदनमा नेपालमा रहेका शरणार्थीलाई तेस्रो देशमा पुनःस्थापनका लागि सरकारले पहल गर्न सिफारिस गरेको थियो । बिचौलिया गिरोहले त्यही प्रतिवेदनको प्रतिलिपि हात पारेर त्यसमा ८७५ जना नेपालीको नामसहितको अनुसूची थपेको हो । उनीहरूबाट जनही १० लाखदेखि ५० लाख रूपैयाँसम्म रकम उठाएर गिरोहले नक्कली शरणार्थी परिचयपत्र वितरण गर्दै आएको थियो ।

२०७८ असोज १४ : गृह सचिवस्तरीय निर्णयबाट झापाका सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा छुट शरणार्थीको विषयमा अर्को कार्यदल गठन ।

२०७८ मंसिर १३ : पन्थी कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्ने मन्त्रिपरिषद्को निर्णय । छुट शरणार्थी दर्ता गर्ने विषयले सरकारी मान्यता पाए पनि उनीहरूलाई तेस्रो देश पुनर्वास गराउने विषयमा कुनै पनि देशसँग सहमति भएको थिएन । यसका लागि सुझाव पेस गर्न भन्दै फेरि झापा प्रशासनलाई पत्र लेखियो ।

२०८७८ मंसिर १८ : कार्यदलको प्रतिवेदन कार्यान्वयन गर्न गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय झापा र मोरङलाई पत्राचार गर्‍यो ।

२०७९ चैत १२ : नक्कली भुटानी शरणार्थी बनाउने गिरोहका मुख्य नाइके केशव दुलालसहित सानु भण्डारी र टंक गुरूङ पक्राउ ।

२०७६ चैत १५ : गिरोहमा संलग्न सागर राई पक्राउ

२०८० वैशाख १९ : तत्कालीन गृहमन्त्री रामबहादुर थापाका सल्लाहकार इन्द्रजित राई पक्राउ । हिरासतमा रहेका गिरोहका नाइकेहरू केशव दुलाल, सानु भण्डारी, सागर राई, टंक गुरूङ र सन्देश शर्मा पोखरेलको बयानको आधारमा प्रहरीले राईलाई प्रक्राउ गरेको हो । प्रहरीले यही दिन इन्द्रजितका छोरा निरजविरूद्ध पनि पक्राउ पुर्जी जारी गर्‍यो । रकम संकलनमा मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको भनिएका निरज अहिले फरार छन् ।

२०८० वैशाख २० : उपराष्ट्रपति कार्यालयका सचिव टेकनारायण पाण्डे पक्राउ । त्यही दिन तत्कालीन ऊर्जामन्त्री तथा एमाले सचिव टोपबहादुर रायमाझी र उनका छोरा सन्दीपविरूद्ध पक्राउ पुजी जारी । सन्दीप त्यही दिन पक्राउ परे पनि टोपबहादुर अझै फरार ।

मन्त्रीको सल्लाहकारका रूपमा गृह मन्त्रालयभित्र बसेर गिरोहको योजनाअनुसार नीतिगत निर्णयमा प्रभाव पार्दै आएका इन्द्रजितले भित्रका सबै सूचना र दस्तावेज गिरोहलाई उपलब्ध गराउँदै आएको र राईसहितको गिरोहले रायमाझीलाई पनि साथमा लिएर नीति निर्माणमा प्रभाव पार्दै आएको आरोप छ । गिरोहका सदस्यका तर्फबाट टोपबहादुरका छोरा सन्दीपको नाममा काटिएको १ करोड ५० लाख रूपैयाँको चेक प्रहरीले बरामद गरिसकेको छ ।

२०८० वैशाख २६ : गिरोहमा संलग्नमध्ये काठमाडौँको टोखा बस्ने रामशरण केसी र मोरङ घर भएका गोविन्द चौधरी पक्राउ

२०८० वैशाख २७ : पूर्वगृहमन्त्री बालकृष्ण खाण र उनका निजी सचिव नरेन्द्र केसी पक्राउ । प्रहरी हिरासतमा रहेका सचिव पाण्डले पूर्वगृहमन्त्री खाणकोसमेत नाम लिएपछि आरोपितहरूको बयानका आधारमा प्रहरीले अनुसन्धानका लागि पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सम्बन्धित

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

सर्वोच्च अदालतको फैसला नआई कांग्रेसको नियमित महाधिवेशन हुन सक्दैन– देउवा पक्ष

कांग्रेस सभापति गगन थापाले महाधिवेशन कार्यतालिका सार्वजनिक गरे

नेताको घरमा जलेको पैसाको अनुसन्धान हुनुपर्छ : गगन थापा

सर्वोच्चको फैसला कुर्दै कांग्रेस, गगन पक्षले मान्यता पाए औपचारिक विभाजनको संकेत

डोटीमा जिप दुर्घटना, २ जनाको घटनास्थलमै मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com