ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सिंगापुर, माल्दिभ्स र दुबई पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ


एबीसी / संवाददाता
बैशाख २९, २०८० शुक्रबार  ६ : १० बजे

काठमाडौँ, २९ वैशाख । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न मुलुकमा पठाइदिने बहानामा लाखौँ रकम ठगी गर्ने व्यक्तिलाई विभिन्न स्थानबाट पक्राउ गरेको छ ।

दुबई पठाइदिन्छु भन्दै रकम ठगी गर्ने रसुवा भर भइ काठमाडौँको बसुन्धरा बस्ने होमबहादुर तामाङ, माल्दिभ्स पठाइदिन्छु भनी ठगी गर्ने धुलिखेलका अञ्जन सिग्देल र सिंगापुर पठाइदिन्छु भनी ठगी गर्ने झापाका सिर्जन निरौलालाई पक्राउ गरिएको कार्यालयले जनाएको छ ।

सिंगापुर पठाइदिन्छु भन्ने निरौलाले ओमनाथ मैनालीसहित १२ जनालाई प्रतिव्यक्ति १४ लाख लाग्ने भनी पैसा उठाएका थिए । उनले मासिक ४ लाखसम्म तलब हुने भनी लोभ देखाएर रकम संकलन गरेको खुलेको छ ।

पीडितहरूबाट ९५ लाख लिएर उनी फरार भएपछि पीडित प्रहरीमा आइपुगेका थिए । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई काठमाडौँको सिनामंगलबाट पक्राउ गरी आज वैदेशिक रोजगार विभागमा बुझाएको प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले बताए ।

यता सिग्देललाई जडिबुटीबाट पक्राउ गरिएको र आजै थप कारबाहीका लागि वैदेशिक रोजगार विभागमा पठाइएको कार्यालयल प्रहरी उपरीक्षक रेग्मीले जानकारी दिए । यस्तै, तामाङलाई भने काठमाडौँको बसुन्धराबाट पक्राउ गरी कानुनी कारबाही अघि बढाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

चुनाव, अनिश्चितता र भूराजनीतिक दबाब : एमालेको दृष्टिकोणमा मुलुकको राजनीतिक चित्र (भिडियोसहित)

डिजेल र मट्टितेलको मूल्य बढ्यो

सम्बन्धित

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

नक्सामा समेटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा यो वर्ष पनि मतदानको अवसर नपुग्ने

सुनसरी–१: घण्टी र माटो भिड्दा पुराना दल गठजोडको तयारीमा

बालेनको घरको गेटमा तोडफोड

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com