ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अध्यक्ष तिमिल्सिनासँग राजदुत सुकको बिदाइ भेट


एबीसी न्यूज
बैशाख २७, २०८० बुधबार  २ : ३३ बजे

काठमाडौं, २७ बैशाख । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग नेपालका लागि गणतन्त्र दक्षिण कोरियाका राजदूत पार्क चोंग सुकले बिदाइ भेट गर्नुभएको छ ।

सिंहदरबारस्थित अध्यक्ष तिमिल्सिनाको कार्यकक्षमा भएको भेटमा उहाँहरुबीच दुई देशबीचको सम्बन्ध तथा आपसी हितका विषयमा विचार–विमर्श भयो ।

सो अवसरमा दक्षिण कोरियाले नेपालमा आफ्ना विद्युतीय उपकरण उत्पादन गर्ने उद्योग सञ्चालन गरिएकामा धन्यवाद ज्ञापन गर्दै सवारी साधन उत्पादन गर्न र अन्य उद्योग स्थापना गरेर नेपालमा रोजगारीको अवसर सृजना गर्न आग्रह अध्यक्ष तिमिल्सिनाले गर्नुभयो । धेरै नेपाली युवायुवतीलाई इपिएसमार्फत रोजगारीको अवसर दिएकामा धन्यवाद ज्ञापन गर्दै उहाँले नेपाल एयरलायन्सको कोरिया उडानका लागि पहल गरिदिन पनि जोड दिनुभयो ।

अध्यक्ष तिमिल्सिनाले उहाँलाई गणतन्त्र कोरियाको राजदूतका रुपमा नेपाल–कोरिया सम्बन्धलाई थप मजबुत, प्रगाढ र व्यापक बनाउन भूमिका निर्वाह गरेकामा धन्यवाद पनि दिनुभयो ।

त्यस अवसरमा राजदूत सुकले नेपालमा लगानी मैत्री वातावरण बन्न सकेको अवस्थामा कोरियाका धेरै उद्योग नेपालमा आउन सक्ने बताउनुभयो । उहाँले दुवै देशबीच भविष्यमा उच्चस्तरीय भ्रमण हुने विश्वास व्यक्त गर्दै दुवै देशबीचमा सम्बन्ध प्रगाढ बनाउन अध्यक्ष तिमिल्सिनाले गर्नुभएको पहलका लागि आभार व्यक्त गर्नुभयो । उहाँ नेपालमा आफ्नो कार्यकाल सकेर स्वदेश फर्कन लाग्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

रास्वापाकै सांसद भन्छन् – झन्डै दुई तिहाइको सरकारले अध्यादेश ल्याउनु बहादुरी होइन

एन्थ्रोपिकको पछिल्लो एआई मोडलबाट विश्वका बैंकहरू किन यति धेरै डराएका छन्?

सम्बन्धित

बैँकले खातावालालाई नै उपस्थित गराउन भनेपछि बहिनीको कङ्काल लिएर पुगे दाजु

झण्डै दुई तिहाइ बहुमतको सरकारले किन संसद् छल्दै अध्यादेशको बाटो रोज्यो?

नारायणगढ–बुटवल सडक विस्तारः सडक सुरक्षाको पनि काम जारी

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com