काठमाडौं, २७ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा का राजेन्द्रप्रसाद लिङ्देलले नक्कली भूटानी शरणार्थी प्रकरणमा संलग्नलाई कारबाही सम्बन्धमा संसद्लाई जानकारी दिनुपर्ने माग गर्नुभएको छ ।
आज बैठक सुरु भएलगत्तै सभामुखसँग समय माग गरेर बोल्दै अध्यक्ष लिङ्देलले भन्नुभयो, “नक्कली भूटानी शरणार्थीबारे अहिले भइरहेको कारबाहीसम्बन्धी जानकारीका सम्बन्धमा रुलिङ गर्न लागि आग्रह गर्दछु ।
घटनामा संलग्न कसैलाई पनि कुनै पनि बाहनामा उन्मुक्ति दिन नहुने उहाँको भनाइ छ । “अहिले नक्कली भूटानी शरणार्थीको नाममा जुन काण्ड भइरहेको छ, त्यो केवल आर्थिक भ्रष्टाचार वा अङ्कसँग मात्रै सम्बन्धित होइन, त्यो ठगी राज्यविरुद्धको सङ्गठित अपराध हो, यो कीर्तेसम्बन्धी एक प्रकारको जघन्य अपराध हो, यसमा संलग्न कुनै पनि मानिसलाई विभिन्न बहानामा उम्नुक्ति दिनु हुँदैन”, उहाँले भन्नुभयो ।








प्रतिक्रिया दिनुहोस्