ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

खानीखोलाका कृषकलाई कफी खेतीमा अनुदान


एबीसी न्यूज

काठमाडौं, २४ बैशाख । खानीखोला गाउँपालिकाले कफी खेतीलाई प्राथमिकतामा राखेको छ । दिगो आयस्रोतका रुपमा कफी खेती छनोट गरी चालू आर्थिक वर्षको सुरुआतमै ‘जसको उत्पादन, उसैलाई अनुदान’ कार्यक्रम गाउँपालिकाले अघि सारेको थियो ।

उक्त कार्यक्रमअन्तर्गत हाल कृषक समूह र कृषि सहकारी गरी ११ वटा संस्थामा आबद्ध कृषकलाई घोषित अनुदान वितरण गरिएको थियो । सबै कृषक समूहलाई रु पाँच लाख ४५ हजार सात सय ७६ वितरण गरिएको गाउँपालिकाले जनाएको छ । कफी किसानलाई प्रोत्साहन दिन लागू गरिएको अनुदान कार्यक्रमअनुसार चालू आवमा रु ३५ लाख बजेट विनियोजन गरिएको गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले बताउनुभयो । उहाँका अनुसार अनुदान वितरण गरी बाँकी बजेटबाट कृषकलाई थप ३५ हजार बिरुवा वितरण गर्ने तथा नर्सरी प्रवद्र्धनमा लगानी गरिने छ ।
गाउँपालिकाले यस वर्ष ३५ हजार केजी कफी उत्पादन हुने अनुमान गरेकामा १५ हजार ९३ केजी मात्रै उत्पादन भएको जनाएको छ । “समूहभन्दा बाहिर रहेका किसानलाई समेत समेटेर आउँदो आवमा कार्यक्रम बनाउनेछौँ”, अध्यक्ष थिङले भन्नुभयो । उहाँले भौगोलिक विकटताका कारण अन्य नगदे बालीको भन्दा कफीको बजारीकरण सजिलो देखिएकाले उक्त खेतीलाई गाउँपालिकाले प्राथमिकतामा राखेको बताउनुभयो ।

गाउँपालिकाले उत्पादन भएमध्ये एक किलो बराबर रु ३५ कृषकलाई अनुदान दिने निर्णय गरेको छ । विगत १२ वर्षदेखि कफी खेती गर्दै आएका वडा नं ६ का किसान बाबुलाल घलानले गाउँपालिकाबाट अनुदान पाएपछि आफूहरु निकै खुसी भएको बताउनुभयो । वर्ष पाँच सय केजी कफी उत्पादन गर्नुभएका उहाँले यसबाट वार्षिक रु तीन लाख आन्दानी गर्दै आउनुभएको थियो ।
यस वर्ष गाउँपालिकाबाट एक सय ७६ कफी कृषकले अनुदान पाएका छन् । सबैभन्दा बढी मिल्चे साना किसान कृषक समूहले कफी उत्पादन गरेको हो । गाउँपालिकाको कृषि शाखाका अनुसार सो समूहले तीन हजार एक सय ६९ केजी कफी उत्पादन गरेको थियो ।

यस्तै फलामेटार कफी उत्पादक समूहले पाँच सय ५८ केजी, महादेवटार कृषक कफी समूहले एक हजार पाँच सय ९८ केजी, कोदाखरिया कफी उत्पादक सहकारी संस्थाले दुई हजार चार सय पाँच केजी, चाकल भीमसेन कृषक समूहले दुई सय ६४ केजी, दीपज्योति कृषक समूहले आठ सय ८४ केजी, सानुखोला कफी कृषक समूहले एक हजार आठ सय ८४ केजी, सिमलटार जनएकता कृषक समूहले एक हजार सात सय ८५ केजी, मन्जुश्री कृषक समूहले दुई हजार छ सय २३ केजी र साल्मे कृषक समूहले तीन सय सात केजी कफी उत्पादन गरेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com