सिन्धुली,१७ माघ। जिल्लाको तीनपाटन गाउँपालिकाले सवै जनप्रतिनिधीहरुलाई ड्रेस सिलाउन र तलब भत्ताको लागी भन्दै २९ लाख रुपैया विनियोजन गरेको छ, जुन कानुन विपरित हो ।
स्थानीय तहका जनप्रतिनिधीहरुले पाउने सेवा सुविधा सम्वन्धि नीति निर्माण प्रदेश कानुन निर्माण पछि मात्र निक्र्यौल हुने भएपनि तीनपाटन गाउँपालिकाले भने जनप्रतिनिधिहरुलाई ड्रेस सिलाउन र तलव भत्ताको लागी भन्दै उक्त रकम विनियोजन गरेको गाउँपालिकाका अध्यक्ष कर्ण वहादुर थापामगरले बताए ।

हाल जिल्ला सदरमुकामको एक टेलरलाई गाउँपालिकाका ५९ जना प्रतिनिधीलाई जनही ७ हजार ५ सय का दरले पोशाक सिलाउन अडर समेत दिई सकेको अध्यक्ष मगरले बताए ।
जनप्रतिनिधीहरुमा एकरुपता ल्याउनको लागी एकै प्रकारको ड्रेस सिलाउने निर्णय भएको समेत उनले बताए । जनप्रतिनिधीहरुलाई नगद दिने भन्दा पनि टेलर्समा एक मुष्ठ रकम भुत्तानी गर्ने निर्णण् भएको समेत उनले बताए ।
गाउँपालिकाका ११ वटा वडाका अध्यक्ष सदस्य र गाउँपालिका अध्यक्ष,उपाध्यक्ष लगायतका ड्रेस सिलाउदाँ ७ हजार ५ सय का दरले ४ लाख ४२ हजार ५ सय रुपैया खर्च लाग्छ यसमा १३ प्रतिशत कर थप गर्दा जम्मा ५ लाख २५ रुपैया खर्च हुन्छ । जुन अहिलेको कार्यविधिले स्थानीय तहका जनप्रतिनिधीहरुलाई व्यक्तिगत रुपमा खर्च गर्ने अधिकार दिएको छैन ।
ड्रेस सिलाउन ५ लाख बढी लाग्ने भए पनि हाल गाउँपालिकाले विनियोजना गरेको २९ लाख रुपैया प्रदेशसभाले कानुन बनाउने र त्यसपछि जनप्रतिनिधीहरुलाई तलव खुवाउन बजेट विनियोजन गरेको गाउँपालिका अध्यक्ष थापामगरले बताए ।
नेपाल सरकारले कर्मचारीलाई दिदै आएको पोशाक भत्ता स्व सरह जनप्रतिनिधीहरुलाई पनि भत्ता उपलव्ध गराएको अध्यक्ष थापामगरले बताए ।
अध्यक्ष थापामगरले प्रदेशसभाले कानुन बनाएपछि तलव भत्ता खुवाउनको लागी बजेट विनियोजन गरेको भएपनि उनको भनाई सरासर गलत रहेको बैठकमा सहभागि एक जना जनप्रतिनिधीले बताएका छन् ।
गाउँपालिकाबाट विनियोजन गरेको रकम ड्रेस सिलाउन र जनप्रतिनिधीहरुलाई एक÷एक थान मोवाईल सेट खरिद गर्नको लागी विनियोजन गरेको ती जनप्रतिनिधीले बताए । थापामगर गाउँपालिका अध्यक्षमा निर्वाचित भए देखिनै विभिन्न विवादित निर्णयहरु गर्दा आएको र अन्य जनप्रतिनिधीहरुलाई डर,धाक धम्की दिदै परिवन्धमा पार्ने काम गरेको समेत ती जनप्रतिनिधीले बताए । थापामगरको महत्वकाक्षाका कारण गाउँ सभा समेत करिव २ महिना पर धकेलिएको ती जनप्रतिनिधीले बताए ।







प्रतिक्रिया दिनुहोस्