ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रास्वपाले समर्थन फिर्ता लिएसँगै अब सरकारले विश्वासको मत लिनुपर्छ कि पर्दैन ?


एबीसी / संवाददाता

काठमाडौँ, २३ वैशाख । शुक्रबार बसेको राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । समर्थन फिर्तासँगै रास्वपाले अब रचनात्मक प्रतिपक्ष बन्ने बताएको छ ।

रास्वपाका सभापति रवि लामिछानेले बैठकपछि पत्रकारसँग कुरा गर्दै आफ्नो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिने र सरकारमा सहभागी नहुने निर्णय गरेको जानकारी गराए । रास्वपा सभापति लामिछानेले उपनिर्वाचनको नतिजा सार्वजनिक भएलगत्तै सरकारलाई दिएको समर्थन कायम राख्नुपर्ने कारण नभएको बताएका थिए ।

उपनिर्वाचनबाट दोस्रो पटक विजयी भएर आएपछि लामिछानेले राजनीतिक दौडधुप पनि गरेका थिए । उनले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेटेका थिए ।

उक्त भेटसँगै रास्वपा सरकारमा आउने चर्चा सुरू भएको थियो । यही चर्चा चलिरहेको समयमा मंगलबार प्रधानमन्त्री प्रचण्डले कांग्रेसका तर्फबाट तीन मन्त्री थप गरे । जसका कारण रास्वपाले चाहेको मन्त्रालयहरू पाउने सम्भावना क्षीण भएको थियो । दुई दिनअघि रास्वपाको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्र सरकारका बारेमा निर्णय गर्ने भनी समय राखेको थियो ।

शुक्रबारको बैठकमा अधिकांश नेताहरूको भनाइ सरकारमा जान नहुने भन्ने देखिएपछि पार्टीले उक्त निर्णय गरेको हो ।

समर्थन फिर्ता लिएपछि सरकारले विश्वासको मत लिनुपर्छ ?
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई पुस २५ पछि रास्वपाले दोस्रो पटक विश्वासको मत दिएको थियो । सुरूमा नेकपा (एमाले)सहितको गठबन्धनबाट प्रचण्ड प्रधानमन्त्री भएका थिए । उक्त सरकारको उपप्रधान तथा गृहमन्त्रीको रूपमा लामिछाने सरकारमा सहभागी भएका थिए ।

तर, उक्त गठबन्धन राष्ट्रपति निर्वाचनमा आइपुग्दा टुट्यो । नेपाली कांग्रेससहितका दलहरूको नयाँ गठबन्धन बन्ने देखेपछि तत्कालीन समयमा नेकपा (एमाले), राष्ट्रिय राप्रपा र रास्वपा सरकारबाट बाहिरिएका थिए ।

रास्वपा बाहिरिनुको कारण रवि लामिछानेको नागरिकता विवादमा सर्वोच्च अदालतको फैसला थियो । सर्वोच्चले लामिछानेको सांसद पद खारेज गरिदिएपछि रास्वपा सरकारबाट बाहिर गएको थियो ।

चैत ६ गते प्रधानमन्त्री प्रचण्डले १० दलको समर्थनसहित विश्वासको मत लिएका थिए । पक्षमा १७२ र विपक्षमा ८९ मत खसेको थियो । मत दिन्न भन्नेमा एक मत खसेको थियो ।

प्रधानमन्त्री प्रचण्डलाई उनको दल नेकपा (माओवादी केन्द्र), नेपाली कांग्रेस। राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चालगायत दलले विश्वासको मत दिएका थिए ।

यसरी विश्वासको मत दिनेमध्येको एक रास्वपाले समर्थन फिर्ता लिएसँगै उनले पुनः विश्वासको मत लिनुपर्छ कि पर्दैन भन्ने प्रश्न उठेको छ । यसको समाधान संविधानको धारा १०० मा पुग्नुपर्ने देखिन्छ । धारा १०० को उपधारा २ मा ‘प्रधानमन्त्रीले प्रतिनिधित्व गर्ने दल विभाजन भएमा वा सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्र प्रधानमन्त्रीले विश्वासको मतका लागि प्रतिनिधिसभासमक्ष प्रस्ताव राख्नुपर्ने छ’ भनिएको छ ।

यो व्यवस्थाअनुसार हेर्दा रास्वपा सरकारलाई समर्थन मात्र गरेको दल हो सरकारमा सहभागी भएको छैन । संविधान जानकारहरूले यही कारण विश्वासको मत लिनु नपर्ने बताएका छन् । यदि रास्वपापछि उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टीले समर्थन फिर्ता लिएमा भने प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिनुपर्ने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com