ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

वार्ता समिति गठन भएपछि कर्मचारीहरुको आन्दोलन स्थगित


abc

काठमाडौं,२१ बैशाख । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति गठन भएपछि विभिन्न निजामती कर्मचारी सङ्गठनहरुले आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।

सङ्घीय निजामती सेवा ऐनमा सरकारले आफ्ना सुझाव नसमेटेको भन्दै विभिन्न माग राखेर कर्मचारी सङ्गठनहरुले आन्दोलनको सुरु गरेका थिए ।

नेपाल निजामती कर्मचारी युनियन, नेपाल राष्ट्रिय कर्मचारी सङ्गठन ९निजामती०, एकीकृत सरकारी कर्मचारी सङ्गठन नेपाल र नेपाल मधेशी निजामती कर्मचारी मञ्चले आज संयुक्त अपिल गर्दै उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काको नेतृत्वमा वार्ता समिति बनेकाले आन्दोलनका पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको जनाएका छन् ।

नेकपा ९एमाले० सम्बद्ध नेपाल निजामती कर्मचारी सङ्गठनले भने छुट्टै विज्ञप्ति जारी गर्दै आफ्नो आन्दोलन जारी रहेको जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “सिंहदरबारमा कार्यरत सम्पूर्ण कर्मचारीले आ–आफ्नो कार्यस्थलमा प्रवेश नगर्ने कार्यक्रम तय भएकोमा नेपाल निजामती कर्मचारी सङ्गठन बाहेकका अन्य ट्रेड युनियनले संयुक्त आन्दोलनबाट हात झिक्ने निर्णय गरेर आम कर्मचारीहरूको आन्दोलनको भावनामाथि घात भएको सङ्गठनको ठहर छ । यस्ता व्यवहारप्रति सङ्गठन गम्भीर आपत्ति प्रकट गर्दछ ।”

सुरुमा आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दा भने सत्तापक्ष र विपक्षी सम्बद्ध दुवै कर्मचारी ट्रेड युनियनले संयुक्त विज्ञप्ति जारी गरेका थिए । आन्दोलनरत कर्मचारीका सङ्गठनले आज बिहीबार सिंहदरबार प्रवेशमा कर्मचारीलाई रोक लगाउने निर्णय गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मेयर बालेन साहले राखे कार्यकक्षमा ग्रेटर नेपालको नक्सा

शेयर लगानीकर्ताको सुरक्षा हुन्छ : अर्थमन्त्री महत

सम्बन्धित

हुम्लामा खाद्यान्न अभाव

राष्ट्रियसभा बैठक सम्भावित विपद् जोखिम व्यवस्थापनको तयारी थाल्न माग

बजेट छलफलमा मन्त्रीको उपस्थित अनिवार्य गर्न सरकारको ध्यानाकर्षण

समाजवादको यात्रा तय गर्ने कार्यक्रम बजेटमा समावेश भएन : सांसद गुरुङ

शेयर लगानीकर्ताको सुरक्षाका लागि पूर्ण सहयोग हुन्छ अर्थमन्त्री डा महत

स्थानीय तहबाट श्रम स्वीकृति दिन सुरु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com