ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बङ्गलादेशलाई फराकिलो अन्तरले पाखा लगाउदै थ्रि स्टार आहा राराको फाईनलमा


admin

पोखरा, १७ माघ । पोखराको रङ्गशालामा जारी १६ औं संस्करणको आहा रारा गोल्डकपकमा पाहुना टिम बङ्गलादेशलाई फराकिलो गोल अन्तरले पाखा लगाउदै रुस्लान थ्रि स्टार १६ औं आहा रारा गोल्डकपको फाईनलमा प्रबेश गरेको छ ।

बुधबार सम्पन्न खेलमा पाहुना टिम उत्तर बरिन्धारा बङ्गलादेशलार्ई ५–० को फराकिलो गोल अन्तरले पाखा लगाउदैै थ्रि स्टार फाईनलमा प्रबेश गरेको हो ।

रुस्लान थ्री स्टारको जितमा बिष्णु गुरुङ र निराजन खड्काले बराबर एक एक गोल गरे भने विश्वास श्रेष्ठले ह्याट्रिक गरे ।

खेलको ४१ औं मिनेटमा पोखरेली खेलाडी विष्णु गुरुङको गोलबाट थ्री स्टारले गोलको खाता खोेल्यो । त्यसै गरी ४५ औं मिनेटमा विश्वास श्रेष्ठको पासमा निराजन खड्काले दोस्रो गोलको रुपमा बललाई जाली चुमाए ।

ह्याट्रिक गर्दै म्यान अफ दि म्याच बन्न सफल बिश्वास श्रेष्ठले पहिलो हाफमा थप गरिएको अतिरिक्त समयको पहिलो मिनेटमा तेस्रो गोल गर्दै टिमलाई जितको नजिक पु¥याए ।

पहिलो हाफ ३—० ले अगाडि रहेको थ्रीस्टारले थप दुई गोल गर्न केही समय खर्चियो । निराजन खड्काले मिलाईदिएको पासलाई विश्वासले ६६ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल थपे । निराजनकै पासमा ७५ औं मिनेटमा विश्वासले व्यक्तिगत तेस्रो गोल गर्दै ह्याट्रिक पुरा गरे ।

पोखराको रङ्गशालामा आयोजित आहा रारा गोल्डकपको पहिलो अनुभब सँगाल्दै उत्तर बरिन्धरा क्लब गोलको भारी बोकेर फर्कियो ।

बिहीबारको दोस्रो सेमिफाईनल खेल धरान फुटबल क्लब र नेपाल पुलिस क्लब बीच हुने आयोजकले जनाएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com