ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मिडिया मेलामा प्रश्न : समाचार कक्षमा किन विविधता भएन ?


एबीसी / संवाददाता

काठमाडौँ, २१ वैशाख । हिमाल मिडिया मेलामाको यो वर्षको संस्मरणको पहिलो दिनको अन्तिम सत्रको कार्यक्रमको शीर्षक थियो, ‘सबैलाई समेट्ने समाचार कक्ष’ ।

शोभा शर्माले सहजीकरण गरेको सत्रमा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय अध्यक्ष तथा राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झा, आमसञ्चार विज्ञ यमबहादुर दुरा र पत्रकार पवित्रा सुनार सहभागी थिए ।

सहजकर्ता शर्माले झालाई सोधिन्, “नेपाली समाचार कक्षमा कति समावेशिता छ ?” जवाफमा झाले भने, “यो प्रश्न मलाई होइन कुन्दजीलाई सोध्नुपर्छ ।”

नेपाली टाइम्सका प्रकाशक कुन्द दीक्षितको नाम लिएर झाले सबै मिडिया सञ्चालकले यो प्रश्नको उत्तर दिनुपर्ने तर्क गरे । आफूले विगत डेढ वर्षदेखि उठाउँदै आएको सबैलाई समावेश गर्ने समाचारकक्ष अहिले सत्रकै रूपमा बहसमा आएको भन्दै झाले खुसी व्यक्त गरे । ‘पहिलोपटक काठमाडौँ आउँदा विभेदको जस्तो अनुभव भयो कि भएन ?’ भन्ने शर्माको प्रश्नमा झाले आफूले एसएलसीसम्म देशको सुदूरपश्चिमदेखि पूर्वसम्मका आठ विद्यालय फेरेकाले नेपाली विविधता जानेकाले ‘एडजस्ट’ हुन सहज भएको बताए ।

सोही सत्रमा पत्रकार तथा दलित पत्रकारको अगुवाइकर्ता पवित्रा सुनारले दलितलाई हेर्ने समाचार कक्षमा पहिले जस्तो विभेद नभए पनि पूरा सकारात्मक भने नबनेको बताइन् । निर्मला पन्तको बलात्कारपछिको हत्यादेखि पश्चिम रुकुममा नवराज विकसहित छ जनाको सामूहिक हत्यामा समाचार फरक–फरकरूपमा आएको सुनारले गुनासो गरिन् । दलितका मुद्दा आउनुपर्नेमा नआउने, कहिलेकाहीँ त हराउने उनको भनाइ थियो ।

आमसञ्चार विज्ञ यमबहादुर दुराले हिमाल मिडिया मेलामा प्रमुख वक्ताका रूपमा भारतबाट आएका दि हिन्दूका पूर्वसम्पादक तथा वायर समाचार पोर्टलका संस्थापक सिद्धार्थ वरदराजनको भनाइ साभार गर्दै भारतीय जस्तै नेपाली समाचार कक्षमा पनि खास समुदायको वर्चश्व भएको तर्क गरे ।

यस्तै, कार्यक्रमा ‘देशभरिका समाचार’ शीर्षक सत्रमा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोखरेलले नेपाली समाचार कक्षमा देशको अनुहार अट्नुपर्ने बताए । पश्चिम टुडे अखबारका सम्पादक धनगढीका पत्रकार दीर्घराज उपाध्यायले बाजुरामा चामल नभएको हेडलाइन नहुने तर रवि लामिछाने र प्रचण्ड हात मिलाएको समाचार हुने खराब अवस्था भएको बताए । देशभरका अखबार, अनलाइन, रेडियोदेखि टेलिभिजनमा काठमाडौँ बाहिरकै सङ्ख्या धेरै भए पनि त्यो सङ्ख्यालाई राज्यले नहेरेको उनको गुनासो छ ।

यस्तै, ‘मिथ्या सूचना तथा तथ्य समाचार’ सत्रमा बोलेका पत्रकार दीपक अधिकारी र शिव गाउँलेले नेपाली मिडियामा खासगरी अनलाइन मिडियामा समाचारभन्दा सूचना बढी जाने र त्यसमा तथ्य जाँचमा समस्या देखिएको बताए ।

‘बदलिँदो भूराजनीतिबीच मिडियाको उपस्थिति’ शीर्षक सत्रमा पत्रकार सुधीर शर्मा र कनकमणि दीक्षितले नेपाली मिडियाले भारत, चीन तथा अमेरिकी भूराजनीतिक मुद्दालाई राम्रोसँग उठाउनुपर्ने बताए । दुई ढुंगाबीचको तरुल नभएर टमाटर जस्तो नेपालको उपस्थिति भएको दीक्षितको तर्क थियो भने शर्माले भारत जाँदा नेपाली मिडिया चीनमैत्री भएको, चीन जाँदा अमेरिकीमैत्री भएको रोचक गुनासो आउने अनुभव सुनाए ।

कार्यक्रममा सिद्धार्थ वरदराजनले नेपाली मिडियामा भारतमा भन्दा सुरक्षित भएको र नेपाली प्रेस स्वतन्त्रता भारत, पाकिस्तान, बंगलादेश र श्रीलंकामा भन्दा राम्रो भएको बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com