ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

महेन्द्रनगर आँखा अस्पतालमा शल्यक्रिया सेवा


एबीसी न्यूज
बैशाख २०, २०८० बुधबार  ३ : १७ बजे

काठमाडौं, २० बैशाख । महेन्द्रनगर आँखा अस्पतालले आधुनिक उपकरणबाट मोतिया विन्दुको शल्यक्रियासुरु गरेको छ । गत आइतबार अस्पतालले ‘फेको मेसिन’ भित्र्याएपछि नियमित शल्यक्रिया सुरु गरेको आँखा अस्पतालका इन्चार्ज डा खगेन्द्र उप्रेतीले जानकारी दिनुभयो ।

“यसअघि अस्पतालसँग आफ्नै उपकरण नहुँदा हप्ताको एक दिन मात्रै शल्यक्रिया सेवा दिँदै आएको थियो ।” डा उप्रेतीले भन्नुभयो,“यहाँ दैनिक दशदेखि १५ जनासम्म मोतिया विन्दुको शल्यक्रिया गर्नुपर्ने बिरामी आउँछन् अब नियमित सेवा सुरु भएको छ ।”

यसअघि आफ्नो ‘फेको मेसिन’ नहुँदा गेटा आँखा अस्पतालबाट ल्याएर हप्ताको एक दिनमात्रै उक्त सेवा दिने गरिएको उहाँले बताउनुभयो । “मोतिया विन्दुको समस्या देखिए तुरुन्त परीक्षण गराई उपचार गरिहाल्नुपर्छ ढिलाइ भए आँखाको ज्योति नै गुम्ने खतरा हुन्छ”, उहाँले भन्नुभयो, “जुनसुकै समयमा पनि शल्यक्रिया गर्न सकिन्छ ।” शल्यक्रिया गराउँदा रु दश हजार शुल्क लाग्ने अस्पतालले जनाएको छ ।

नेत्रज्योति सङ्घका जिल्ला अध्यक्ष डा भोजराज पन्तले सुदूरपश्चिम प्रदेश सरकारबाट रु ३५ लाख बराबरको ‘फेको मेसिन’ प्राप्त भएपछि अस्पतालले नियमित शल्यक्रिया गर्न थालेको बताउनुभयो । “हामीसँग मेसिन नहुँदा बिरामीलाई महेन्द्रनगर बाहिर जानुपर्ने बाध्यता थियो”, उहाँले भन्नुभयो, “अब यहाँका बासिन्दाले न्यून शुल्कमै महेन्द्रनगरमै उपचार गराउन पाउनेछन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com