ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

क्यान्सर अस्पतालमा उद्यान निर्माण


एबीसी न्यूज
बैशाख १९, २०८० मंगलबार  ५ : १४ बजे

काठमाडौं, १९ बैशाख । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल परिसरमा उद्यान निर्माण गरिएको छ । कृषि विकास बैंकको रु १५ लाख र क्यान्सर सेवा समाजको रु तीन लाख ५० हजारको लागतमा उद्यान निर्माण गरिएको हो ।

उद्यानको भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले आज उद्घाटन गर्नुभयो । सो अवसरमा प्रमुख दाहालले भरतपुर महानगरलाई सुन्दर बगैँचाको रुपमा विकास गर्ने आफ्नो योजना रहेको बताउनुभयो । उहाँले महानगर कार्यालयसँग सरकारी कार्यालय र संस्थाका कार्यालय पसिरहरुलाई पनि हरियाली बनाउनुपर्ने बताउनुभयो । महानगरले ‘एक वडा एक उद्यान’को अवधारणा अनुसार कतिपय वडाले उद्यान निर्माण गरेको भन्दै अन्य वडामा उद्यान निर्माण गरिँदै जाने बताउनुभयो ।

क्यान्सर अस्पताललाई प्रतिष्ठानको रुपमा विकास गर्ने आफ्नो योजना रहेको उल्लेख गर्दै दाहालले अस्पतालका अध्यक्ष, पदाधिकारी लगायत सबैको तदारुकता आवश्यक हुने बताउनुभयो । उहाँले भन्नुभयो “हामीले सोचेका सबै काम पूरा हुँदै आएका छन्, अब क्यान्सर अस्पताललाई प्रतिष्ठान बनाउने सोच छ, यो पनि पूरा हुन्छ ।” अस्पतालमा भौतिक पूर्वाधारका धेरै काम भएको भन्दै उहाँले गुणस्तरमा सुधार गर्दै जानुपर्ने बताउनुभयो ।

कार्यक्रममा अस्पतालका अध्यक्ष डा विजयराज न्यौपाने, कार्यकारी निर्देशक डा देजकुमार गौतम, क्यान्सर सेवा समाजका अध्यक्ष चिजकुमार मास्के, कृषि विकास बैंकका उपमहाप्रबन्धक प्रेमकुमार श्रेष्ठलगायतले आ–आफ्नो धारणा राख्नुभएको थियो ।

करिब दुई बिघा क्षेत्रफलमा उद्यान निर्माण गरिएको छ । स्थानीयवासीसँगै अस्पतालमा उपचार गर्न आउने बिरामी र कुरुवाका लागि उद्यान उपयोगी हुनेछ । सोही अवसरमा प्रमुख दाहाललगायत उपस्थित अतिथि, अस्पतालका चिकित्सक कर्मचारीले उद्यानमा वृक्षरोपणसमेत गर्नुभएको थियो ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com