ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

ग्रामीण विद्यालयमा विज्ञान प्रयोगशाला


एबीसी न्यूज
बैशाख १९, २०८० मंगलबार  ४ : ३४ बजे

काठमाडौं, १९ बैशाख । नगरक्षेत्रकै अधिकांश विद्यालयमा कम्प्युटर शिक्षा र प्रयोगशालाको अभ्यास हुन नसकेका बेला महोत्तरीको एउटा ग्रामीण विद्यालयले विज्ञान विषयको प्रयोगशाला अभ्यासमा ल्याएको छ ।

महोत्तरीको सुदूरपश्चिमवर्ती सोनमा गाउँपालिका–७ सुन्दरपुरस्थित जनता माध्यमिक विद्यालयले आजबाट विज्ञान विषयको अध्यापनमा प्रयोशाला अभ्यास थालेको हो । गत आइतबार क्वेस्ट फर्मास्युटिकल्स प्राइभेट लिमिटेड आदर्श नगर वीरगञ्ज पर्साले विद्यालयलाई विज्ञान विषयको प्रयोगशालाका उपकरण उपलब्ध गराएको थियो ।

“हाम्रो विद्यालयलाई गत आइतबार प्रयोगशालाका सबै उपकरण प्राप्त भएर जडान भए, हिजो बिदा थियो, आजदेखि विज्ञान विषयको अध्यापनमा विद्यार्थीलाई अभ्यास गराउन थालिएको छ”, विद्यालयका प्रधानाध्यापक लालबाबु यादवले भन्नुभयो । एउटा कोठामा प्रयोगशाला रहेको हुँदा फरकफरक कक्षाका विद्यार्थीलाई पालो मिलाएर अभ्यास गराइने तालिका बनाइएको यादवको भनाइ छ । जिल्लाको अति दुर्गम मानिने ग्रामीण भेगको विद्यालयका विद्यार्थीलाई पछिल्ला प्रविधिबारे चासो बढाउन र अध्ययनप्रति प्रेरणा जगाउन प्रयोगशाला सहयोगी हुने शिक्षकको भनाइ छ । प्रयोगशाला स्थापना भएर सञ्चालनमा आएपछि कक्षा–६ देखि माध्यमिक तहका कक्षामा विद्यार्थी उपस्थिति बढेको प्रधानाध्यापक यादवले बताउनुभयो ।

जिल्ला सदरमुकाम जलेश्वरबाट करिब ४० किलोमिटर पश्चिम भारतीय सीमासँग जोडिएको सुन्दरपुर शैक्षिक र अन्य विकास अवसरबाट पछि परेको ठाउँ मानिन्छ । क्वेस्ट फर्मास्युटिकल्स प्रालिले सहयोग गरेर स्थापना गरेको प्रयोगशालालाई अब आवश्यकताअनुसार समृद्ध बनाउँदै लगिने सोनमा गाउँपालिकाका अध्यक्ष विश्वेश्वरप्रसाद यादवले बताउनुभयो ।

जिल्लाका सामुदायिक विद्यालयको पठनपाठन खस्की रहेको, यस्ता विद्यालयमा आधुनिक शिक्षाका कम्प्युटर प्रणाली र विज्ञान प्रयोगशाला सञ्चालनको पक्ष अति नै पछि परेको आम गुनासो बढिरहेका बेला ग्रामीण भेगको जनता मावि सोनमा–७ सुन्दरपुरले विज्ञान प्रयोगशाला सञ्चालनमा ल्याएको छ । विद्यालय प्रशासन र सम्बन्धित गाउँपालिकाले प्रयोगशालाको अभ्यासमा राम्ररी ध्यान दिए आपूmहरु थप सहयोग बढाउन तत्पर रहने क्वेस्ट फर्मास्युटिकल्स प्रालिका सञ्चालक पृथ्वीराज भण्डारी र महाप्रबन्धक डा कमलेश दत्तले प्रतिबद्धता जनाउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com