ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पूर्वगृहमन्त्री बादलका सल्लाहकार इन्द्रजित राई पक्राउ


एबीसी / संवाददाता
बैशाख १९, २०८० मंगलबार  १० : ०१ बजे

काठमाडौँ, १९ वैशाख । पूर्वगृहमन्त्री रामबहादुर थापा ‘बादल’का सल्लाहकार इन्द्रजित राई पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा संलग्न रहेको भन्दै प्रहरीले नेकपा (एमाले) नेता रामबहादुर थापा गृहमन्त्री हुँदा उनका सल्लाहकार रहेका राईलाई पक्राउ गरेको हो ।

उच्च प्रहरी स्रोतका अनुसार राईलाई सादा पोशाकमा रहेको प्रहरी टोलीले मंगलबार बिहान ललितपुरको सुनाकोठीबाट पक्राउ गरेको हो । काठमाडौँ प्रहरीको टोलीले ललितपुर प्रहरीसँग समन्वय गरेर उनलाई पक्राउ गरेको हो ।

नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने ठगी धन्दामा राईको पनि संलग्नता देखिएकाले उनलाई पक्राउ गरिएको प्रहरीको भनाइ छ । यसअघि प्रहरीले यस विषयमा अरू तीन जनालाई पक्राउ गरिसकेको छ ।

सागर राई, केशव दुलाल र सानु भण्डारीलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार उनीहरूले विभिन्न प्रलोभन देखाएर र विश्वासमा पारेर ५० जानभन्दा बढी मानिसबाट ३ करोड २४ लाख रूपैयाँ ठगी गरेको आरोप छ ।

बादल पछिल्लो समय २०७४ फागुनपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा गृहमन्त्री थिए । उनी गृहमन्त्री भएका बेला इन्द्रजित राई उनका सल्लाहकार थिए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

२६वर्ष पछि कांग्रेसले आफनो विरासत फर्कायो

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

सम्बन्धित

श्रीमतीको हत्या गरेर प्रहरी कार्यालयमा हराएको निवेदन

युद्ध तपाईंले सोचेभन्दा राम्रो चलिरहेको छ

मध्यपूर्वमा तनाव : पेन्टागनले २,००० अमेरिकी एयरबोर्न सैनिक पठाउने आदेश दियो

ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिँदै

इरानमा ग्यास संरचनामाथि हमला भएको दाबी

बालुवाटर छाड्दै कार्की, नयाँ प्रधानमन्त्री आउनेबित्तिकै टोखा सर्ने

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com