काठमाडौं, १७ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले एमाले र माओवादीबिचको एकता कसैले रोक्न नसक्ने बताउनुभएको छ ।
जनगायक खुशीराम पाख्रिनको सम्झनामा बुधबार काठमाडौमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले सबैको सुझाव र भावनालाई मध्यनजर गर्दे एमाले र माओवादीको एकता हुने बताउनुभएको हो ।
उहाँले गायक पाख्रिनले एमाले र माओवादीबीचको एकता चाहेको बताउँदै आफूहरुले उहाँको चाहनालाई पूरा गरेर छाड्ने बताउनुभयो ।
अध्यक्ष दाहालले आफूहरुले गीत र नाचको माध्यमबाट संगठन विस्तार गरेको स्मरण गर्नुभयो । उहाँले जनयुद्ध लड्न गीत र नाचले आफूहरुलाई सहयोग गरेको पनि बताउनुभयो ।
कार्यक्रममा कलाकारहरुले जनवादी गीत प्रस्तुत गरेका थिए । ।







प्रतिक्रिया दिनुहोस्