ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सहिदको सम्मान उद्यान निर्माण गरिँदै


एबीसी न्यूज
बैशाख १७, २०८० आईतबार  १ : १४ बजे

काठमाडौं, १७ बैशाख । बागलुङको काठेखोला गाउँपालिका–१ स्थित धिमी खानसिङमा सहिद उद्यान ९पार्क० निर्माण गर्न थालेको छ । गाउँपालिकाले तत्कालीन सशस्त्र द्वन्द्वका समयमा निधन भएकाहरूको सम्मानका लागि सहिद उद्यान निर्माण गर्न थालेको हो । सहिदउद्यानसँगै वडा कार्यालयले चौतारा निर्माण गरिरहेको छ । सहिद स्मृति उद्यान संरक्षण केन्द्रले व्यवस्थापन गरेको दुई रोपनी १० आना जग्गामा अहिले उद्यान निर्माण थालिएको छ । अझै केही जग्गा व्यवस्थापन गरी पाँच रोपनी क्षेत्रफलमा उद्यान निर्माण हुने भएको हो ।

उद्यानमा सशस्त्र द्वन्द्वका बेला ज्यान गुमाउनुभएका भरत शेरचन, नगेन्द्र थापा, भद्रकली थापा, धनबहादु थापा, हर्कबहादुर थापा र चाँदनी थापाको सालिक राखिने छ । बागलुङबजार नजिकै रहेको यस ठाउँ पर्यटकीय हिसाबले पनि निकै महत्वपूर्ण मानिन्छ । सहिद उद्यानले यहाँको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने स्थानीयको भनाइ छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा विनियोजन गरेको रु २० लाखले जग्गा सम्याउने र पदमार्ग निर्माणको काम भइरहेको काठेखोला गाउँपालिका–१ का अध्यक्ष खड्क थापामगरले जानकारी दिनुभयो ।

गाउँपालिकाले पहिलो कार्यकालमा रु ३० लाखको लागतमा चौतारालगायतका विभिन्न संरचना बनाएको छ । उद्यान राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग नजिकै निर्माण भइरहेको हुँदा यसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षण गर्ने अध्यक्ष थापा बताउनुहुन्छ । पार्कलाई व्यवस्थित र आकर्षक बनाउनका लागि गाउँपालिकाले निरन्तर बजेट विनियोजन गर्दै आएको उहाँको भनाइ छ ।

“अहिले निर्माण गर्न लागेको उद्यान विशेष खालको हो, यहाँ उद्यानमात्रै बन्न लागेको होइन, एउटा पहिचान, इतिहास र सम्मान पनि जोडिएको हुने छ, राष्ट्रका लागि आफ्नो ज्यानको बलिदान दिनुभएका यही ठाउँका सहिदको सालिक पनि राखिने छ”, वडाध्यक्ष थापामगरले भन्नुभयो, “खासगरी उहाँहरूको सम्मानसँगै पर्यटन प्रवद्र्धनका लागि हामीले यहाँ उद्यान निर्माण गर्न थालेका हौँ, अझै थप जग्गा व्यवस्थापन गर्नुपर्ने छ, तर कामको सुरुआत भने भइरहेको छ, केही समयमै पार्कले पूर्णता पाउने छ ।”

अध्यक्ष थापामगर यो उद्यान ग्रामीण क्षेत्रकै उत्कृष्ट बन्ने बताउनुहुन्छ । उद्यानले गाउँको सुन्दरतालाई बढाउनुका साथै पर्यटक आकर्षणमा महत्वपूर्ण भूमिका खेल्ने उहाँको भनाइ छ । उद्यानसँगै फूलबारी, पदमार्ग, मन्दिर र पोखरी निर्माण गर्ने योजना रहेको उहाँले बताउनुभयो । उद्यान नजिक द्वन्द्वकालका इतिहाससँग सम्बन्धित अभिलेख राख्ने यस ठाउँलाई अध्ययन अवलोकन गर्ने गन्तव्यका रूपमा विकास गर्ने उहाँ बताउनुहुन्छ । यहाँ बन्ने संरचनाका लागि करिब रु नौ करोड लाग्ने उहाँको भनाइ छ ।

काठेखोला गाउँपालिकाका अध्यक्ष राजु थापाले उद्यान सहिदको स्मृतिमा निर्माण गर्न थालेको बताउनुभयो । काठेखोला–१ लाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न उद्यानले ठूलो टेवा पु¥याउने भन्दै यसले बसाइँसराइलाई पनि रोक्न मद्दत पुग्ने बताउनुहुन्छ । उद्यानलाई पूर्णता दिन गाउँपालिकाले बर्सेनि बजेट विनियोजन गर्दै आएको जनाउँदै यस वर्ष पनि प्राथमिकतामा राखेर काम गरेको सुनाउनुभयो ।

उहाँ भन्नुहुन्छ, “उद्यान निर्माणपछि गाउँमा पर्यटकको चहलपहल हुनेछ, अहिले दिनदिनै गाउँ छाड्दै बजार झर्नेको लर्को लागेको छ, यसले त्यसलाई रोक्न ठूलो भूमिका खेल्ने छ भने अर्को कुरा उद्यान वरपर राम्रो व्यवसाय सञ्चालन हुनेछ, त्यसले स्थानीयको आयआर्जनमा टेवा पुग्ने अपेक्षा लिएका छौँ, उद्यानलाई केही समयमै सम्पन्न गर्न पालिका र अन्य सरकारसँग समन्वय गरी काम गर्नेछौँ ।”
–––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com