ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्धारित समय अगाबै काम सम्पन्न


एबीसी न्यूज
बैशाख १७, २०८० आईतबार  १ : ११ बजे

काठमाडौं,१७ बैशाख ।  स्थानीय पूर्वाधार सहयोग कार्यक्रम कर्णाली पाइलटअन्तर्गतका चार योजनालाई बारेकोट गाउँपालिकाले निर्धारित समय अगाबै पूरा गरेको छ । विश्व खाद्य कार्यक्रमको आर्थिक सहयोग कर्णालीका १५ स्थानीय तहमा सो कार्यक्रम सञ्चालित छ ।

बारेकोटले चार योजनाका काम सबैभन्दा अगाडि सम्पन्न गरेर पहिलो भएको कार्यक्रमका शैलेश शर्माले जानकारी दिनुभयो । ती योजनामा बारेकोट–४ दहमा जडीबुटी सङ्कलन केन्द्र, वडा नं ५ मा राजुरा शीर्षबाट बालुवासम्म तटबन्ध, वडा नं ३ मा गाग्राखोला जलविद्युत् आयोजनाको कुलो निर्माण र वडा नं १ मा फडका खोला जलविद्युत् आयोजनाको कुलो निर्माण रहेका थिए । पालिकाको मागमा आधारित जलवायु परिवर्तन उत्थानशील कार्यक्रम रहेको गाउँपालिकाका अध्यक्ष वीरबहादुर गिरीले बताउनुभयो । यस कार्यक्रमबाट निर्माण भएका योजनामा काम गर्ने मजदुरको ज्याला मजदुरकै खातामा सिधै जम्मा गरिने नियम छ । गाउँपालिकाले रु ४५ लाख र कार्यक्रमले रु एक करोड ३८ लाख ११ हजार एक सय ४१ सहयोग गरेको छ ।

बारेकोटले तोकिएको समयअगाबै योजना सम्पन्न गर्नका लागि गम्भीरतापूर्वक लिएका कारण सम्भव भएको उहाँले बताउनुभयो । पालिकाले तोकिएका आयोजना सम्पन्न गर्नका लागि सामूहिक प्रयास, प्राथमिकता प्राप्त आयोजना छनोट गर्नु, काममा संलग्न कर्मचारीको सक्रिय तथा कार्यसम्पादन क्षमता, उपभोक्ता समिति तथा कामदारलाई निर्माणपूर्व आयोजना कार्यान्वयनसम्बन्धी विस्तृत अभिमुखीकरणले समेत भारी विकास भएको गाउँपालिकाले जनाएको छ ।

यो कार्यक्रम जाजरकोटमा बारेकोट, नलगाड, सल्यानमा दार्मा, दैलेखमा दुल्लु, सुर्खेतमा सिम्ता र भेरीगङ्गा, कालीकोटमा रास्कोट र शुभकालिका, जुम्लामा तिला, मुगुमा सोरु र मुगूम कार्मारोङ, हुम्लाको ताजाकोट, सिमकोट र खार्पुनाथ, डोल्पाको से–फोक्सुन्डोमा कार्यक्रम लागू भएको छ । सबै पालिकाभन्दा बारेकोट गाउँपालिकामा ९८ प्रतिशत काम सम्पन्न भएकाले बारेकोट अग्रस्थानमा रहेको पाइएको छ ।

यो कार्यक्रमले पालिकासँग मिलेर काम गर्ने मजदुरलाई बैंक खातामार्फत भुक्तानी, स्थानीय मर्मतसम्भार कोषको व्यवस्थापन, पालिका केन्द्रित खरिद विधिको अवलम्बन, स्थानीय पूर्वाधारसँग सम्बन्धित कार्यविधि तथा निर्देशिका निर्माण तथा कार्यान्वयन, आयोजना छनोटमा प्राथमिकीकरण विधिको उपयोग, अनुगमन तथा निरीक्षण चेकलिष्टको प्रयोग, आयोजनाको विस्तृत सर्भे, डिजाइन तथा लागत स्टिमेटको सुरुआत, बेरोजगार सूचीमा सूचीकृत घरधुरीमध्येबाट कामदार छनोट हुने गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com