ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

साउन महिना : हरियो चुरा र मेहन्दीको व्यापार वृद्धि


admin

hariyo-chura-byapar

महोत्तरी, १ साउन । साउन महिना शुरु भएलगत्तै स्थानीय बजारमा हरियो रङका चुरा र मेहन्दीको व्यापार बढेको छ ।
यहाँका महिलाले साउन महिनाभर प्रायःजसो हरियो चुरा र मेहन्दी लगाउने गर्छन् । सदरमुकाम जलेश्वर, औरही, गौशाला, बर्दिबास, रामगोपालपुरलगायत हाट बजारमा सञ्चालित शृंगारिक पसलमा हरियो चुरा खरिद गर्नेको वृद्धि भएको छ । साउन महिना आएलगत्तै हरियो चुरा र महेन्दीलगायत अन्य शृंगारिक सामानको बिक्री राम्रो भइरहेको गौशाला बजारमा अञ्जली शृंगार पसल सञ्चालन गर्दै आउनुभएका रामधनी महतोेले बताउनुभयो ।
हुन त हरेक याममा यस्ता सामग्रीको कारोबारमा वृद्धि भए तापनि साउनमा भने यस्ता सामग्रीको बिक्रीबाट मनग्य आम्दानी हुँदै आएको महतोले जानकारी दिनुभयो ।

साउन धार्मिक, सांस्कृतिक एवम् प्राकृतिक हरेक दृष्टिकोणले महत्वपूर्ण रहेकाले वर्षमा एक महिनाभरि आफूहरु हरियो चुरा लगाउँदै आएको गौशाला नगरपालिकाकी आरती सिंहको भनाइ छ । महिलाले लगाउने हरियो रङ प्रेम र वातावरणको प्रतीक मानिएकाले हरियो चुराको महत्व साउनमा बढिरहेको सिंहले बताउनुभयो । विवाहिताले पतिको सुस्वास्थ्य एवम् दीर्घायु र अविवाहितले सुयोग्य पतिको कामना गर्दै व्रत बस्ने चलन छ । यस महिनामा विशेष गरी प्रत्येक सोमबार महिला व्रत बस्छन् ।
शिवालय, हरियो चुरा र जलार्पण
इटहरी– हरेक वर्ष साउन महिना हिन्दू धर्म मान्नेका लागि निकै भक्तिभाव प्रकट गरिने महिनाका रुपमा मानिँदै आएको पाइन्छ । साउनभरि नेपाल भूमिमा रहेका प्रत्येक शिवालयमा बिहानै शिवको आराधनाका लागि भक्तजनको घुइँचो लाग्छ ।

नेपाली हिन्दू नारीले विशेष गरेर साउनलाई हर्षोल्लास अनि भक्तिको महिनाका रुपमा मनाउने प्राचीनकालदेखिको परम्परा अझै पनि बढ्दो देखिन्छ । हातमा मेहन्दी लगाउने अनि हरियो– पहँेलो– रातो– नीलो रङका चुरा लगाई पहेँलो पोतेसहित भक्तिपूर्वक पूजापाठमा सक्रिय रहने हिन्दू महिलाको हुल शहर बजार र मन्दिर वरपर भेटिन्छ ।

धरानको पीण्डेश्वर शिवालयमा बराहक्षेत्र र चतरा कौशिकी तटबाट जल ल्याएर चढाउने कामले साउनभरि नै सुनसरी जिल्लाको गाउँ–शहर र बजार महिलामय बन्ने गरेको छ । पहेँलो वस्त्र धारण गरेर ‘बोलबम’को नारा लगाउँदै जल उठाउन बराहक्षेत्रको सप्तकोशी र कोका नदी अनि चतराको कौशिकी तटमा हजारौँ भक्तजन पिण्डेश्वर जान्छन् । यसबाट मनोकांक्षा पूरा हुने विश्वास छ ।

त्यसबाहेक स्थानीय धारा, कुवा, तलाउ, खोलालगायत स्थानबाट पनि बोलबमको नारा लगाउँदै शिवप्रति भक्ति दर्शाउँदै नारी र पुरुष सकेसम्म गलामा रुद्राक्षको माला धारण गरी जल लिएर पिण्डेश्वरमा चढाउन जान्छन् । हरेक वर्ष धरानको पिण्डेश्वर शिवालयमा जल अर्पण गर्ने भक्तजनको घुइँचो बढिरहेको देख्दा धर्मप्रति आस्था पनि बढिरहेको सन्देश प्राप्त हुन्छ।

पछिल्लो समय हातभरि मेहन्दी लगाएर सजिसजाउ हुँदै हिन्दू महिलाले शिवको पूजापाठ, आराधना र भक्तिभाव प्रकट गरेर देखाउँदै आएको सक्रियता र बोलबम तीर्थयात्रा गर्ने परम्पराले हिन्दू धर्मको महिमा अझ तिखारिँदै गएको हो कि भन्ने आभास बढिरहेको छ ।

साउनको पहिलो दिनदेखि नै बजारमा रहेका शृंगारिक पसलमा चुरापोते अनि पहेँला वस्त्र खरिदकर्ताका भिडले व्यापार बढिरहेको देखिन्छ । अर्कातर्फ धार्मिक पर्यटकको भीड र घुइँचोले पूर्वी नेपालका सुनसरी, मोरङ, झापा, धनकुटालगायत शहरका बजार पहँेला वस्त्रले सजिसजाउ देखिन्छन् । रासस

प्रतिक्रिया दिनुहोस्

भर्खरै

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

दक्षिण तथा पूर्वी एशियामा बाढी पहिरोमा ज्यान गुमाउनेको सङ्ख्या साढे ११ सय नाघ्यो

सम्बन्धित

पुनर्निर्माण कोषमा सहयोग गर्न मन्त्री कुलमानको सार्वजनिक आह्वान

अख्तियारमा एक वर्षमा ३७ हजार उजुरी,१ सय ३७ मुद्दा विशेष अदालतमा दायर

एनसेलले सीसीटीभी फुटेजसहित तोडफोड, आगजनी र डकैतीको उजुरी दियो

डेडिकेटेड लाइनको बक्यौता उठाउने पहिलो निर्णय गरेका उर्जामन्त्रीले भौतिक संरचना पुनर्निर्माण कोषको घोषणा

सुनचाँदीको मूल्यले दैनिक नयाँ रेकर्ड बनाउँदै, सुन एकैदिन १७ सयले बढ्यो

नोबेल पुरस्कार र तनावपूर्ण फोन वार्ता, कसरी ट्रम्प–मोदी सम्बन्ध बिग्रियो : न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com