ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

विद्यार्थीलाई निःशुल्क कम्युटर तालिम


एबीसी न्यूज

काठमाडौं, १३ बैशाख । गोरखाको गण्डकी गाउँपालिकाले पालिकाभित्र माध्यामिक शिक्षा परीक्षा ९एसइई० सकाएर बसेका विद्यर्थीका लागि निःशुल्क आधारभूत कम्युटर तालिम सञ्चालन गरेको छ । यसका लागि गाउँपालिकाले दुई महिने आधारभूत कम्युटर तालिम सम्बन्धी पाठ्यक्रम नै बनाएको छ । गाउँपालिकाभित्र रहेका सामुदायिक विद्यालयबाट एसइई दिएर बसेका विद्यार्थीलाई कम्युटर तालिम सञ्चालन गरेको गाउँपालिका अध्यक्ष दीपक तिमिल्सेनाले जानकारी दिनुभयो ।

गाउँपालिकाले पालिकाभित्र अध्ययनरत सबै विद्यार्थीलाई प्राविधिक क्षेत्रको बारेमा दक्ष बनाउँदै उनीहरुको क्षमता विकासमा सहयोग पु¥याउने उद्देश्यले निःशुल्क कम्युटर तालिम सञ्चालन गरेको उहाँले जानकारी दिनुभयो । “शिक्षामा समानताको कुरा गरिए पनि सबै सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीले अझैपनि कम्युटरसँग खेल्न पाएका छैन, कम्युटर सिकाइको अवसर पाउन सकेका छैनन्, उहाँले भन्नुभयो, “एसइईपछि नतिजा नआउँदासम्मको खाली समयमा खेर फाल्न दिनुहुदैन भन्ने उद्देश्यसहित तालिम सुरु गरिएको हो ।”
गाउँपालिकाको वडा नं ८ स्थित ज्ञानमार्ग माध्यामिक विद्यालयमा तालिम सञ्चालन भइरहेको उहाँले जानकारी दिनुभयो । निजी तालिम केन्द्रमा गएर कम्युटर सिक्दा विद्यार्थीले महँगो शुल्क तिनुपर्ने भएकाले पनि गाउँपालिकाले निःशुल्क तालिमको सुरु गरेको उहाँको भनाइ छ । गाउँपालिकाले ४० पिरियडको पाठ्यक्रम निर्माण गरी कक्षा सञ्चालन गर्न सुरु गरेको छ

कम्युटर शिक्षकलाई गाउँपालिकाले नै तलब उपलब्ध गराउने छ, उहाँले भन्नुभयो,“यसैबाट गण्डकी गाउँपालिकाभित्रका विद्यार्थीलाई कम्युटर विषयमासमेत दक्ष बनाउन मद्दत पुग्छ भन्ने हाम्रो विश्वास छ ।” तालिममा गाउँपालिकाभित्र रहेका आठ माध्यामिक विद्यालयका करिब एक सय ५० भन्दा बढी एसइई दिएर बसेका विद्यार्थीको सहभागिता रहेको गाउँपालिका अध्यक्ष तिमिल्सेनाले जानकारी दिनुभयो ।

पालिकाभित्रका माविमा सङ्घीय सरकारबाट अनुदानमा प्राप्त भएको कम्प्युटरको सही सदुपयोग होस् भन्ने उद्देश्यले पनि तालिम सञ्चालन गरिएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com