ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पुल सीमित समय खुल्दा राजस्व सङ्कलनमा असर


एबीसी न्यूज

काठमाडौं, १३ बैशाख । सुदूरपश्चिम प्रदेशको पश्चिमी नाका गड्डाचौकीबाट ठूला सवारी साधनलाई निर्वाध सञ्चालनमा असहज हुँदा यहाँको भन्सार कार्यालयबाट राजस्व सङ्कलनमा असर पर्दै आएको छ ।

महाकाली नदीमा अवस्थित बनबासा पुल ९शारदा ब्यारेज०बाट दैनिक सात घण्टामात्र भारतीय पक्षले सवारीसाधन सञ्चालन अनुमति दिने गरेको छ तर पुलको क्षमताको कारण देखाउँदै ठूला सवारीसाधनलाई सहज रुपमा आवत–जावत गर्न नदिँदा साना ट्रक, मोटरसाइकल एवं साइकलको क्यारियरमा सामान आयात गर्नुपर्ने बाध्यता छ ।
उद्योग वाणिज्य सङ्घलगायत यहाँका निजी क्षेत्रको लामो दबाब र पहलपछि बनबासा पुल केही वर्षयता दैनिक सात घण्टा खुल्न थालेको हो । यहाँबाट भारतका विभिन्न सहरबाट सामान आयात गर्न पुल नै बाधक बन्दा कञ्चनपुर भन्सार कार्यालयको राजस्व सङ्कलनमा असर पर्दै आएको छ । कैलालीको त्रिनगर भन्सारबाट दैनिक ठूला सवारी साधनमा सामान आयात भइरहदा गड्डाचौकी भन्सारबाट भने साइकलको सहारामा सामान आयात हुँदै आएको छ ।

“पुलमा मात्रै आवागमनका लागि समयसीमा हटाएको भए राजस्व वृद्धिका साथै कञ्चनपुरमा आर्थिक गतिविधि बढ्ने थियो।” कञ्चनपुर उद्योग वाणिज्य सङ्घका अध्यक्ष जङ्गबहादुर मल्लले भन्नुभयो, “अब महाकालीमा चार लेनको पक्की पुल बनेर उक्त नाका चालु भएपछि यहाँको आर्थिक गतिविधि सुदूरपश्चिमकै उच्च हुनेमा आशावादी छौँ ।”

दोधारा चादँनीमा प्रस्तावित सुख्खा बन्दरगाह निर्माण भए यो नाका मुलुककै आर्थिक नाकाका रूपमा विकास हुने बताउँदै उहाँले उद्योग वाणिज्य सङ्घकै पहलमा चार वर्षअघिसम्म दैनिक चार घण्टा मात्रै खुल्ने पुलको समायवधि सात घण्टा पु¥याइएको जानकारी दिनुभयो ।
“भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीसितको समन्वयमा त्यो बेला पुल खुल्ने अवधि बढाइएको हो ।” अध्यक्ष मल्लले भन्नुभयो–“अहिले पनि हामीले पुल निर्वाध खुलाउनुुपर्ने माग गरेका छौँ ।”

गड्डाचौकी नाकामार्फत सिमावर्ती भारतीय बजार बनबासा, खटिमा, बरेली, रुद्रपुर, नयाँ दिल्ली, मेरट, हल्द्धावानीलगायत स्थानबाट सामाग्री आयात हुन्छ ।
यहाँबाट दैनिक उपभोग्य सामाग्रीका साथै लत्ताकपडा, महिलाका सामान, तरकारी, फलफूल, कम्वल, दाल, भाडावर्तन तथा हार्डवेयरका सामाग्री बढी मात्रामा आयात हुन्छ । कञ्चनपुर भन्सार कार्यालयका अनुसार यहाँ विगत तीन वर्षयता राजस्व सङ्कलन मिश्रित खालको छ ।
भन्सार अधिकृत तेजबहादुर रावलले चालु आर्थिक वर्षमा राजस्व सङ्कलन लक्ष्य रु ५८ करोड ९६ लाख ४४ हजार रहेकामा चैत मसान्तसम्म रु ३० करोड ७९ लाख ३९ हजारसङ्कलन भएको बताउनुभयो । उहाँले पुलको सीमित खुल्ने अवधि, ठूला सवारीसाधन गुडाउन परेको समस्यालगायत कारणले यहाँ राजस्व सङ्कलनमा असर परेको बताउनुभयो ।

वर्षात्का बेला महाकाली नदीमा पानीको बहाव एक लाख क्युसेक पुग्दासाथ भारतीय पक्षले पुलमा सवारी साधन सञ्चालनमा रोक लगाउँदै आएको छ ।

“ सुख्खा बन्दरगाह बनेपछि त यहाँको प्रमुख नाका नै यही हुन्छ ।” अधिकृत रावलले भन्नुभयो–“बीचको समयमा कोरोनाका कारण पनि राजस्व सङ्कलनमा असर प¥यो।

त्यसैगरी आर्थिक बर्ष २०७७÷७८ मा रु ३५ करोड ६७ लाख ८८ हजार राजस्व सङ्कलनको लक्ष्य रहेकामा रु ३७ करोड ३९ लाख २३ हजार सङकलन भएको थियो ।

आर्थिक वर्ष २०७८÷७९ मा भन्सार कार्यालयले रु ४६ करोड २२ लाख ३८ हजार राजस्व सङ्कलन गरेकामा रु ५२ करोड ७७ लाख ६० हजार सङ्कलनको लक्ष्य लिइएको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सरकारसँग असन्तुष्ट जेनजी समूह आजबाट प्रदर्शनमा उत्रिँदै

सरकारको सय दिनको कामप्रति राष्ट्रियसभाका सांसदहरूको असन्तुष्टि

सम्बन्धित

कालाबाङ घरेडीमा फोनिजको अन्तरक्रिया

सरकारलाई प्रचण्डको चेतावनीः निर्वाचनको मिति सार्ने दुष्प्रयास नगरियोस्

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com