ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बिजुलीको खम्बामा गुजुल्टिएका तार हटाउन महानगरले दियो १५ दिनको म्याद


एबीसी / संवाददाता
बैशाख १३, २०८० बुधबार  ८ : ३९ बजे

काठमाडौँ, १३ वैशाख । काठमाडौँ महानगरपालिकाले बिजुलीको खम्बामा रहेका अनावश्यक र प्रयोगविहीन तार हटाउन सेवाप्रदायकलाई १५ दिनको समयसीमा दिएको छ ।

पोलमा गुजुल्टो बनाएर राखेका, चुँडिएका र प्रयोगविहीन तारले शहरको सौन्दर्य बिग्रिएको भन्दै हटाउन निर्देशन दिएको हो । महानगरले सरोकारवाला निकाय र तिनका अधिकारीसँग तार व्यवस्थापन गर्न पटक पटक छलफल र बैठक बसेको थियो । महानगरले सूचना जारी गर्दै ती नियामक निकायसँग छलफल र बैठकको निर्णय कार्यान्वयन गर्न पत्र काटेर ताकेता गरेको जनाएको छ ।

तार व्यवस्थापनका लागि महानगरले सेवाप्रदायकलाई आवश्यक पर्ने समन्वय र सहजीकरणका लागि नियामक निकायलाई पनि अनुरोध गरेको थियो । सूचना अनुसार नियामक निकायलाई गरेको अनुरोधबाट पनि कुनै काम नभएपछि महानगरले सेवाप्रदायकलाई ती तार आफैँ हटाउन निर्देशन दिएको हो । ‘यो सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र उक्त तार र केवल नहटाइएमा १६औँ दिनपछि महानगरले हटाउनेछ,’ सूचनामा भनिएको छ, ‘यसबाट लाभग्राहीलाई पर्न सक्ने असुविधाको जिम्मेवारी स्वयं सेवाप्रदायकको हुनेछ ।’

अहिले सडक किनाराका धेरै पोलहरू विद्युत् प्राधिकरण र नेपाल टेलिकमका हुन् । सेवाप्रदायकसँग प्राधिकरणको भाडा विवाद लामो समयदेखि चर्किएको छ । यसअघि प्राधिकरणले सेवाप्रदायकलाई पोलको भाडा लिएर तार राख्न दिएको थियो ।

नगर प्रमुखस्तरीय निर्णयबाट टेलिफोन, केबल तथा इन्टरनेट सेवाप्रदायक कार्यालय तथा संघसंस्थाहरू नेपाल टेलिकम, एनसेल, नेपाल विद्युत् प्राधिकरण, केबल प्रसारक संघ लगायतलाई पत्र पठाउँदै तार हटाउन र प्रयोगमा रहेका तार ट्यागिङ गरेर व्यवस्थापन गर्न समय तोकिएको महानगरपालिकाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालमा आम निर्वाचनः २०१५ देखि २०७९ सम्म कस्तो कस्तो भयो ?

निर्वाचन आयोगको कडा कदम: ६ वटा एक्जिट पोल वेबसाइट ब्लक गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार

सम्बन्धित

नेपाल अन्तर्राष्ट्रिय परिस्थितिको गम्भीर प्रभावमा छ : सचिव भट्टराई

भारतीय बजेटमा नेपाललाई ८०० करोड भारु अनुदान : भुटानलाई सबैभन्दा बढी, बंगलादेशलाई घटाइयो !

पत्रकार दिनेश सिटौलाको निधन

बैतडीमा चुनावी भिडन्त रोचक : कांग्रेस–एमालेसँगै पूर्व एमाले र पूर्व कांग्रेसका उम्मेदवार मैदानमा

फागुन २१ मा चुनाव हुने नहुने ठेगान छैन,उच्च पहाडी र हिमाली जिल्लामा मतदान हुँदैन– ओली

तोड्ने होइन, जोड्ने राजनीतिमा विश्वास गर्छु : गगन थापा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com