ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बारपाक–लाप्राक सडक स्तरोन्नतिमा ढिलाइ


एबीसी न्यूज
बैशाख १०, २०८० आईतबार  २ : ३४ बजे

काठमाडौं, १० बैशाख ।पर्यटकीय क्षेत्र बारपाक र लाप्राक जोड्ने बारपाक–लाप्राक सडक स्तरोन्नतिको काममा ढिलाइ भएको छ । पूर्वाधार विकास कार्यालय गोरखाले २०७९ जेठसम्ममा सडक स्तरोन्नतिको काम सम्पन्न गर्ने गरी शर्मा/विक्वी जेभीसँग ठेक्का सम्झौता गरेको भए पनि उक्त सडक स्तरोन्नतिको काम अहिलेसम्म ४८ प्रतिशतमात्र सम्पन्न भएको कार्यालयले जनाएको छ ।

सडक निर्माणको काम निर्धारित समयमा सम्पन्न नहुने देखिएपछि कार्यालयले ठेकेदार कम्पनीलाई यहीँ आउँदो जेठ २२ गतेसम्म निर्माण सक्ने गरी पहिलोपटक म्याद थप गरिदिएको थियो । म्याद सकिन करिब डेढ महिनामात्र बाँकी रहँदासमेत सडक स्तरोन्नतिको आधा काम पनि सम्पन्न नभएको इञ्जीनियर दीपक बस्नेतले जानकारी दिनुभयो ।

“अहिलेको अवस्थालाई हेर्दा ठेकेदार कम्पनीले तोकिएको समयमा काम सक्ने अवस्था देखिँदैन”, उहाँले भन्नुभयो, “पहिलोपटक थपिएको म्याद २०८० जेठ २१ गतेसम्म मात्र छ ।” ठेकेदार कम्पनीले सुस्त गतिमा काम गरेका कारण सम्झौता अवधिभित्र काम सम्पन्न गर्न नसक्ने देखिएको उहाँले बताउनुभयोे । करिब १३ दशमलव १४ किलोमिटर सडक स्तरोन्नति गर्ने गरी कार्यालयले रु ३४ करोड १५ लाखमा ठेक्का सम्झौता गरेको थियो ।

सम्झौताअनुसार ठेकेदार कम्पनीले सडक ग्राभेल गर्ने, चौडा बढाउने, ग्रेडिङ मिलाउने, नाला बनाउनेलगायतको जिम्मेवारी पाएको छ । दुर्गम ठाउँ भएको, चिसोको समयमा हिउँ पर्ने, वर्षात्का बेला निर्माण सामग्री लैजान समस्या हुने कारण देखाएर ठेकेदार कम्पनीले काम ढिलाइ हुँदै आएको दाबी गरेको छ । समयमै सडक स्तरोन्नति नहुँदा अहिले बारपाकबाट लाप्राक, गुम्दा जाने सर्वसाधारणले महँगो भाडा तिरेर जिपमा यात्रा गर्नुपर्ने बाध्यता रहँदै आएको छ ।

समयमै सडक स्तरोन्नति नहुँदा लाप्राक, गुम्दासम्म खाद्यान्न पुर्‍याउन, बिरामी ल्याउन लैजान कठिनाइ भोग्नुपरेको धार्चे गाउँपालिका वडा नं ४ का वडाध्यक्ष किसान गुरुङले जानकारी दिनुभयो । “बाटो अवरुद्ध भएर दुई–तीन घन्टा बाटोमै रोक्नुपर्‍यो भने सुत्केरी हुन नसकेका बिरामी तथा विपद्मा परेका, दुर्घटनामा परेका गम्भीर घाइतेको त ज्यानै जान सक्ने सम्भावना हुन्छ”, उहाँले भन्नुभयोे, “त्यसैले हामीले ठेकेदार कम्पनीलाई पटक–पटक बाटो छिट्टै निर्माण सम्पन्न गर्न अनुरोध गर्‍यौँ तर सुनुवाइ नै भएन ।”

म्याद सकिनलाग्दा अहिले भने ठेकेदार कम्पनीले विहानको ११ बजेदेखि दिउँसो ३ बजेसम्म बाटो बन्द गरेर काम गर्दै आएको छ । आवासीय नेपाली सङ्घ ९एनआरएनए०ले गुप्सीपाखामा निर्माण गरेको सुन्दर एकीकृत नमूना बस्ती हेर्न पुग्ने आन्तरिक तथा बाह्य पर्यटकसमेत सडक यात्रा सहज नहुँदा बारपाकबाटै फर्कने गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com