ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्माणाधीन अवस्थामै जमिन भासियो


एबीसी न्यूज
बैशाख १०, २०८० आईतबार  २ : २९ बजे

काठमाडौं, १० बैशाख । पर्वत अस्पतालको अत्याधुनिक भवन निर्माणस्थल भासिएपछि विगत दुई वर्षदेखि भवन निर्माण अलपत्र बनेको छ । पन्ध्र शय्या क्षमताबाट ५० शय्या क्षमतामा रूपान्तरण गर्ने गरी जिल्ला अस्पतालमा आधुनिक भवन निर्माण सुरु गरिएको थियो । रु २८ करोडको लागतमा बन्न लागेको भवन निर्माणाधीन अवस्थामै जमिन भासिएपछि अलपत्र बनेको हो ।

सहरी विकास कार्यालय बागलुङमार्फत गोरखा कन्स्ट्रक्सनले भवन निर्माणको काम गरिरहेको छ । अस्पतालमा बन्ने भवनलाई ब्लक ‘ए’, ‘बी’, ‘सी’, ‘डी’ र ‘इ’ गरेर काम अगाडि बढेकामा ‘इ’ ब्लकको काम अझै पनि बाँकी रहेको हो । ‘इ’ ब्लक कालीगण्डकी नदी किनारमा रहेको भिर नजिकतर्फ बन्दै छ । जमिन भासिएपछि भवनको काम रोकिएका निर्माण कम्पनीका प्रतिनिधि अमितकुमार पाण्डेले जानकारी दिनुभयो ।

‘इ’ ब्लकको भवनको भुइँतलामा ‘अपरेसन थिएटर’, दोस्रो तलामा ‘मातृ स्वास्थ्य’ को ब्लक र त्यो भन्दा आवश्यकताअनुसारको ‘ब्लक’ बनाउने गरी भवनको निर्माण चलिरहेको बेलामा भवनको भुइँ तलाको भागमा ‘बिम’ रहेको ठाउँबाहेकको जमिन भासिँदै गएपछि भवनको काम अघि बढ्न नसकेको हो ।

विसं २०७७ को असार–साउनदेखि भासिन सुरु गरेको भवनको ‘बिम’हरू राखेर बाँकी रहेको ठाउँमा अन्तिम केन्द्र यकिन नै गर्न नसकिने गरी भासिएपछि भवन थप जोखिममा रहन सक्ने जनाउँदै निर्माणको थप काम हुनसकेको छैन । भू–गर्वविद्हरूले भासिनुको कारण र समाधानका उपायसहितको अध्ययन प्रतिवेदन ल्याउने भनिए पनि अहिलेसम्म त्यो ‘रिपोर्ट’ नआउँदा भवनको काम बाँकी रहेको अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रुक्मिना अधिकारीले बताउनुभयो । तीन वर्ष अगाडि निर्माण चलिरहेको बेलामा भासियो, लगत्तै कोभिडको लहर सुरु भएकाले यसको थप काम अगाडि बढ्न नसकेको उहाँको भनाइ छ ।

पहिले माटो परीक्षण गरेर भवन निर्माण थालिएको भए पनि बीचैमा समस्या आएपछि फेरि पनि माटो परीक्षणका लागि पठाइएको छ । सहरी विकास कार्यालय त्यही प्रतिवेदनको पर्खाइमा बसिरहेको छ । मोदी खोलाको किनार गण्डकीको भन्दा टाढा भएकाले अरू भवनमा क्षति नभई ‘इ’ ब्लकमा मात्रै भासिएको हुनसक्ने भू–गर्वविद्हरूले अनुमान गरेका थिए । ‘इ’ ब्लकको भवन रहेको बाहेक अस्पतालका लागि निर्माण गरिएको पानी ट्याङ्की नजिकैको जमिनसमेत भासिएको छ । भवनको नजिकै रहेको महिला तथा बालबालिका विकास कार्यालयको भवनको निर्माण चलिरहेको बेलामा पनि जमिन भासिएको थियो । भवनको भासिएको भाग कति गहिराइमा भासिएको छ भन्ने यकिन नै नभएका कारण भू–गर्वविद्हरूको सिफारिसबिना भवनको थप काम हुनसक्ने अवस्था नभएको डा अधिकारीले बताउनुभयो । भासिएको भागको अन्तिम बिन्दु कहाँ पुगेको छ भन्ने यकिन नभएको तर मुखमा ठूलो भ्वाङ रहेकाले थप दुर्घटना हुन नदिन जस्ता र काठले भ्वाङ ढाकिएको छ ।

निर्माणकै क्रममा भासिएपछि काम अगाडि बढाउने वा नबढाउने भन्ने चिन्ता देखिएका कारण पनि ठेकेदारले काम अगाडि नबढाएको हो । निर्माणको जिम्मा पाएको गोरखा कन्स्ट्रक्सन प्रालिका प्रोजेक्ट म्यानेजर अमितकुमार पाण्डेले भू–गर्वविद्को टोली अध्ययनका लागि आउन लागेको बताउनुभयो । “उनीहरूले पनि आफूले प्राप्त गरेको नतिजाका आधारमा अब के गर्ने भन्ने कुरा सुझाएपछि हामी निर्माणको क्रममा अगाडि बढ्ने छौँ”, उहाँले भन्नुभयो, ‘भू–गर्वविद्हरूले सुझावका आधारमा अघि बढ्छौँ ।”

भवनको संरचनामा कुनै पनि समस्या नरहेको कुरा ‘बिम’ र ‘पिलर’ बाट पुष्टि हुने अस्पताल विकास समितिका तत्कालीन अध्यक्ष गोविन्द पहाडीले बताउनुभयो । यसको उपचार भनेको भासिनुको कारण पत्ता लगाउने र आगामी दिनमा थप क्षति हुन नदिने उपायलाई कार्यान्वयन गर्ने भन्ने रहेछ । कारण पत्ता लगाउनका लागि भू–गर्वविद्लाई सम्पर्क गरेर भारतदेखि मगाएर परीक्षण गरिएको उहाँको भनाइ छ । भू–गर्वविद्को पहिलो परीक्षणबाट भासिनुको कारण र उपचारका बारेमा पत्ता लाग्न नसकेपछि भवनको काम पूरा गर्न झनै समस्या भएको पहाडीले बताउनुभयो । भवनका अन्य ब्लक भने निर्माण सम्पन्न भएर अस्पतालका सेवासमेत सोही भवनवाट सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com