ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram


एबीसी न्यूज
बैशाख ८, २०८० शुक्रबार  ३ : १० बजे

काठमाडौं, ८ बैशाख । सर्वोच्च अदालतको फैसला नआउँदै सडक विस्तार गर्न लागेको जनाउँदै बागलुङ नगरपालिका–१ का स्थानीयले विरोध जनाएका छन् ।

सडक डिभिजन कार्यालय बागलुङलाई निवेदन दिँदै स्थानीयले बागलुङ–१ बाङ्गेचौरदेखि उपल्लाचौर माथिल्लो चोकसम्मको सडकमा सरकारबाट हालसम्म कुनै किसिमको मुआब्जा र सुविधा नपाएको जनाएका छन् । सो विषयमा मुद्दा दायर भएकाले फैसला नआउँदासम्म काम नगर्न नगराउन उनीहरुले माग गरेका हुन् ।

मध्यपहाडी लोकमार्ग मापदण्डसम्बन्धी दबाब समितिले सडक डिभिजन कार्यालय बागलुङलाई पत्र बुझाउँदै प्रशासन र प्रहरी कार्यालयलाई बोधार्थ दिएका छन् । आफूहरु विकास विरोध नभएको र आफ्ना माग सम्बोधनका लागि सर्वोच्च अदालतमा मुद्दा चलिरहेकाले फैसला नआएसम्म काम गर्न नहुने मध्यपहाडी लोकमार्ग मापदण्डसम्बन्धी दबाब समितिका संयोजक केवी रानामगरले बताउनुभयो ।

रामरेखा क्षेत्रका प्रभावित ८९ पीडितले २०७६ चैतमा सर्वोच्च अदालतमा मुद्दा दिएकाले जनताको नैसर्गिक अधिकार र कानुनको बर्खिलाप हुने गरी काम नगर्न नगराउन निवेदन दिएको उहाँले जानकारी दिनुभयो । सडक डिभिजन कार्यालय बागलुङले बाङ्गेचौरदेखि बागलुङ–१ को कार्यालयसम्म सडक साँघुरो र दुर्घटनाको दृष्टिकोणले जोखिमयुक्त रहेकाले मर्मत गर्न लागिएको जनाएको छ ।

सडकको विशेष मर्मत कार्यका लागि टेवा पर्खाल तथा नाली निर्माणका लागि अतिआवश्यक भएकाले बाङ्गेचौरदेखि बागलुङ नगरपालिका–१ को कार्यालयसम्म मात्र सडक मर्मत गर्न लागिएको डिभिजनको स्पष्ट पारेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दुई अध्यादेश ल्याउँदै सरकार, परामर्शमा राष्ट्रपति

सीमामा १०० रुपैयाँमाथिको सामानमा कर लिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश

सम्बन्धित

अध्यादेशप्रति कांग्रेसको कडा आपत्ति, संसद्को अधिकारमा सरकारले हस्तक्षेप गरेको आरोप

सभामुखसँग चिनियाँ राजदूतले राखे ताइवान र तिब्बतसम्बन्धी नेपालको नीतिमा चासो

सेनाले माग्यो स्थानीय सरकारसँग सुकुम्बासीको विवरण ?

फौजदारी कसुरमा दोषीबाट पीडितलाई क्षतिपूर्ति भराउने गरी अभियोजन गर्न महान्यायाधिवक्ता कार्यालयको सर्कुलर

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

आत्मदाह प्रयास रोक्ने क्रममा बुबा–छोरी दुवै जले, अवस्था गम्भीर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com