ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दिपकुमार उपाध्याय उतै बसेर सम्बन्ध बनाउन छाडेर किन यता आएको ? : ओली


admin
असार १२, २०७४ सोमबार  ६ : ३६ बजे

काठमाडौँ, १२ असार । नेकपा एमाले का अध्यक्ष केपी शर्मा ओलीले “निर्वाचनको स्वच्छतालाई दूषित गर्ने वा परिणामलाई प्रभावित गर्ने काम कसैबाट गर्नु हुँदैन । विदेशमा खटाइएका महामहिम राजदूतहरुलाई उतै रहेर देशको कूटनीतिक सम्बन्ध विस्तारको काम गर्दा हुन्छ, कार्यकर्तै हुन त किन नियुक्ति लिएर जानुपथ्र्यो र ?”
ओलीले भारतका लागि नेपाली राजदूत दिपकुमार उपाध्याय आफ्नो गृहजिल्ला कपिलवस्तुमा गएर चुनाव प्रचार गरेकोमा रोष प्रकट गर्नुभयो । जनताले भयरहित वातावरणमा आफूले चाहेको प्रतिनिधिलाई मत दिन पाउने ढुक्कको अवस्था हुनुपर्ने बताउनुभएको छ ।

प्रेस चौतारी नेपालले गरेको अन्तरसंवाद कार्यक्रममा नेता ओलीले राज्यले शान्तिपूर्ण, स्वच्छ र कानुनसम्मतरुपमा निर्वाचन गराउनुपर्ने बताउँदै यसमा सरकार, राजनीतिक दल र सबै पक्षको दायित्व रहेको स्मरण गराउनु भयो । यही असार १४ गते प्रदेश नं १, ५ र ७ मा दोस्रो चरणको स्थानीय तहको निर्वाचन हुँदैछ ।

“सरकारले आफ्नो साधन स्रोत प्रयोग गरेर अस्वस्थ भ्रम, भय र लोभ सिर्जना गर्न हुँदैन, त्यस्तो भएमा उचित कारबाही गर्ने काम निर्वाचन आयोगको हो”, उहाँले भन्नुभयो, “आयोगको काम मतपत्र छाप्ने र वितरण गर्ने मात्र होइन देश, दुनियाँ र जनताले अनुभूति गर्ने प्रकारको निष्पक्ष निर्वाचन गराउने पनि हो ।”

लोकतन्त्रको जग भनेकै निर्वाचन भएकाले यसलाई सम्पन्न गराउने क्रममा आयोगलाई एमालेका तर्फबाट कुनै अवाञ्छित दबाब नदिई पूर्णरुपमा सहयोग गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो । निर्वाचनमा खटाइएका अधिकृत, कर्मचारी र सुरक्षाकर्मी तथा पर्यवेक्षकको भूमिका आफ्नो पक्षमा होस् भन्ने चाहना सरकारमा हुँदा वा नहुँदा पनि एमालेले नराख्ने उहाँले स्पष्ट गर्नुभयो ।

 

उहाँले दोस्रो चरणको निर्वाचनमा औपचारिक रुपमा भाग नलिए पनि राष्ट्रिय जनता पार्टी नेपालले स्वतन्त्र उम्मेदारका माध्यमबाट भाग लिएकामा सकरात्मक ठान्दै सरकारले प्रदेश नं २ मा तेस्रो चरणमा सार्ने सरकारको निर्णयको आलोचना गर्नुभयो । उहाँले तेस्रो चरणको निर्वाचनअघि राष्ट्रियतामा आँच आउने संविधान संशोधनको प्रयास गरिए मान्य नहुने पनि चेतावनी दिनुभयो ।

‘निर्वाचनका क्रममा सुनसरी, रुपन्देही, बाजुरा र डडेल्धुरालगायत जिल्लामा आचारसंहिता उलङ्घन र अवाञ्छित क्रियाकलाप भएकामा’ चिन्ता व्यक्त गर्दै पहिलो चरणको निर्वाचनमा दोलखामा आफ्ना कार्यकर्ता कुलबहादुर तामाङको हत्या, कतिपय केन्द्रमा बुथ कब्जा, मतपत्र च्यात्ने जस्ता घटना नदोहो¥याउन सरकारलाई स्मरण गराउनभयो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

मिडियाले नरसंहारलाई कसरी ‘बेचिरहेको’ छ? : गाजा संहारको कथा

जनतालाई न्याय दिन अध्यादेश ः रास्वपा नेता, आले । भिडियो

सम्बन्धित

रास्वपाको पहिलो महाधिवेशन असार ७–९ चितवनमा हुने

सदनमा प्रचण्डको सम्बोधन: हार सहन जति गाह्रो हुन्छ, जित पचाउन त्योभन्दा गाह्रो हुन्छ (सम्बोधनको पूर्णपाठ)

‘यो संसद् सहिदहरूको रगतमा उभिएको छ’

‘फेसबुकको सरकार’ ‘यमदूतजस्तो राज्य’ : आङ्देम्बे (सम्बोधनको पूर्णपाठ)

सरकारप्रति कांग्रेसको तीव्र असन्तुष्टि : ‘सामाजिक सञ्जालमा सरकार खोज्नुपर्ने अवस्था सुखद होइन’

राष्ट्रपति कार्यालयमा उच्चस्तरीय छलफल, वर्तमान राजनीतिक विषय केन्द्रमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com