ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

निर्वाचन मय वर्ष २०७९ (भिडियोसहित)


ABC NEWS

काठमाडौं, १४ चैत ।

निर्वाचन आयोगले चैत मसान्तभित्रै सरकारलाई कानुनको ढाँचा प्रस्तुत गर्ने जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनदेखि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्मको समिक्षा गर्दै आयोगले सो ढाँचा प्रस्तुत गर्ने जनाएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको अधिकारलाई कार्यान्वयनका निम्ति वडा तहदेखि प्रतिनिधिसभा र प्रदेशसभासम्मको नेतृत्व तहमा अनिवार्य ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनेगरी सो कानुन प्रस्तुत हुने आयोगले जनाएको छ ।

२०७९ को यो वर्ष निर्वाचनमय भयो भन्दा फरक नपर्ला । वैशाख ३० गते स्थानीय तहको निर्वाचन, मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन यसैगरी, गत फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन भयो । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम सबै तहको निर्वाचन सम्पन्न भयो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १६५ मध्ये निर्वाचित महिला भने ९ जना मात्रै छन् । स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धन रहेपनि सभामुख र उपसभामुख पदको निर्वाचनमा नेकपा एमलेसहितको गठबन्धन बन्यो । राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्म एमालेसहितको गठबन्धनमा सहमति जुट्न नसक्दा अहिले एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरु सरकार बाहिर छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान २०७२ ले प्रत्याभूत गरे बमोजिम गत निर्वाचनमा नेतृत्वमा महिलाको सहभागीता हुन नसकेको विषयमा निरन्तर बहस हुँदै आएको छ । यी सबै विषयलाई मध्यनजर गर्दै निर्वाचन आयोगले पनि यही चैत महिनाभित्र नेपाल सरकारलाई कानुनको ढाँचा प्रस्तुत गर्ने जनाएको छ । आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एबीसी टेलिभिजनको एक विशेष कार्यक्रममा आयोगले वडा तहदेखि प्रतिनिधिसभा र प्रदेशसभासम्मा ३३ प्रतिशत महिला नेतृत्वमा अनिवार्य रुपमा सहभागी गराउने हिसाबले सो ढाँचा प्रस्तुत गर्ने बताए ।

अहिले सत्ता गठबन्धनमा रहेको दल दलको समर्थनमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति छन् । यस्तै, उपराष्ट्रपतिमा जनता समाजवादी पार्टीका रामसहायप्रसाद यादव छन् । प्रतिनिधिसभा संसदको सभामुखमा नेकपा एमालेका देवराज घिमिरे र उपसभामुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी ईन्दिरा राना मगर छिन् । संसदमा सबैभन्दा ठूलो दलको हैसियतमा नेपाली कांग्रेस छ । संसदमा बलियो प्रतिपक्षीको रुपमा एमाले रहेको अवस्था छ । नेकपा माओवादी केन्द्रले सरकारको नेतृत्वमा छ । प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संसदमा दुई पटक विश्वासको मत प्राप्त गरेका छन् । माओवादी केन्द्रको चैत ११ गते शनिबार बसेको पदाधिकारी बैठकले सोमबारसम्ममा मन्त्रिपरिषद् विस्तारको टुङ्गो लाउने निर्णय ग¥यो । यद्दपि, सोमबार बिहान प्रधानमन्त्री प्रचण्डसँग कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार अपरान्ह ४ बजे गठबन्धन दलको बैठक बसी मन्त्रिपरिषद् विस्तारबारे टुंगो लगाउने विषयमा छलफल भयो । दलहरुले चुनावअघि जनता सामु जे जे प्रतिबद्धता जनाएका थिए, तर, अहिले नेताहरु भने सत्ता र शक्ति बाँडफाँडमा नै बढी केन्द्रीत भएको देखिन्छ । सम्पूर्ण विवेक, क्षमता, शक्ति आफ्नो पोल्टामा कसरी पार्ने भन्ने मुख्य ध्याउन्नमा दलहरु छन् । गएको निर्वाचनको समिक्षा गर्दा आयोगले तडगभडग निर्वाचन हुन नदिन निर्वाचन खर्चको सीमा तोकेको थियो । देशमा भएका पछिल्ला निर्वाचनमा केही न केही राम्रो हुँदै गएको आयोगको ठम्याँइ छ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले हरेक निर्वाचनमा विगतकोभन्दा साँख बढाउँदै लानुपर्ने दायित्व रहेको बताए । सो अनुरुप निर्वाचन खर्च नबुझाउने, आचारसंहिता कार्यान्वयन नगर्ने एवम् निर्वाचन सम्बन्धमा आयोगले तय गरेका कार्यविधि उल्लंघन गर्ने राजनीतिक दल र नेतालाई स्पष्टीकरण सोध्नेदेखि कारबाहीको कदम अघि बढाइएको बताए ।

त्यसो त, यो वर्ष सम्पन्न भएको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी जस्ता नयाँ दलहरु छोटो समयमै उदय भए । केही स्वतन्त्र सांसदहरु निर्वाचित भएर आएका छन् । राजसंस्था र हिन्दु सनातन एवम् पुरातन विचारधार बोक्ने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पनि राष्ट्रिय राजनीतिमा विगतकोभन्दा भूमिका बढ्यो । नेकपा विभाजन, एमाले विभाजन हुदै मधेस केन्द्रीत दलहरु जसपा लगायतमा टुटफुट भए । २०७४ को निर्वाचनमा प्रत्यक्षतर्फ २३ सिटमा खुम्चेको कांग्रेस अहिलेको गठबन्धन राजनीतिपछि सबैभन्दा ठूलो दलको रुपमा स्थापित भयो । नेपालको संविधान जारी भएपछि स्थानीय तह, संघ र प्रदेशको दोस्रो कार्यकालको निर्वाचन छिटफुट रुपमा केही अवरोध आएपनि शान्तिपूर्णरुपमा सम्पन्न भएको आयोगले जनाएको छ । देश यतिबेला संघियता कार्यान्वयनको क्रममा छ । संघ, प्रदेश र केन्द्रमा अधिकार वा जिम्मेवारी बाँडफाँड सम्बन्धमा कानुन एवम् नीति निर्माणको विषय अगाडि बढाउनुपर्नेमा सरोकारवालाले जोड दिदै आएका छन् । यद्दपि, अस्थीर राजनीति प्रणाली र सरकारका कारण स्थीरता र विकासमा लामो समयदेखि अवरोध पैदा हुँदै आएको छ । अब, यथाशिघ्र सरकार गठनको प्रक्रियालाई पूर्णता दिएर आर्थिक समृद्धि, सुशासन र दीगो विकासका कामलाई अगाडि बढाउन सक्नुपर्दछ । यसो गर्न सकिए मात्र, यो वर्षमा सम्पन्न निर्वाचन र जननिर्वाचित प्रतिनिधिको कार्यकालले सार्थकता पाउनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

जुनार पकेट क्षेत्र तीनकन्यामा सामूहिक अनुगमन

सिन्धुली–१ मा कांग्रेस युवा नेता कृष्णमुरारी गुरुङको नाम सिफारिस

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com