ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

बेचबिखनमा परेका ९ युवतीको दिल्लीबाट उद्धार, यौनधन्दामा लगाउने ३ जना पक्राउ


एबीसी / संवाददाता
चैत्र १४, २०७९ मंगलबार  ६ : ५० बजे

काठमाडौँ, १४ चैत । नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोले बेचबिखनमा परेका ९ जना नेपाली युवतीलाई भारतको दिल्लीबाट उद्धार गरेको छ । ब्युरोका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कृष्णप्रसाद पंगेनीका अनुसार यसरी बेचबिखनमा परेका युवतीहरूलाई एक समूहले आकर्षक कामको प्रलोभन देखाएर दिल्ली पुर्‍याएका थिए र उनीहरूलाई त्यहाँ बन्धक बनाएर जबरजस्ती वेश्यावृत्तिमा लगाइएको थियो ।

बेचबिखनमा परेका युवतीहरूलाई भारतीय प्रहरी, भारतस्थित नेपाली राजदूतावास, भारतीय समाजिक संस्था केआइएन इन्डिया, नेपालस्थित शक्ति समूहको सहयोगमा चैत ७ गते उद्धार गरेर नेपाल ल्याइएको हो । उनीहरूलाई सामाजिक संस्थाको संरक्षणमा राखिएको छ ।

यस कार्यमा संलग्नमध्येका ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा मकवानपुर भिमफेदी–९ की २० वर्षीया सेन्जी भनिने सम्झना तामाङ, धादिङ धुनिबेशी–२ का २५ वर्षीय भुवन तामाङ र उनकी श्रीमती २० वर्षीया सुश्मा मतराती रहेका छन् । मानव बेचबिखन गर्ने गिरोहन नै भए पनि प्रहरीले यसमा संलग्न ३ जनालाई मात्रै पक्राउ गरेको हो । अन्यको खोजी गरिरहेको प्रहरीले जनाएको छ ।

प्रहरी अनुसन्धानमा उनीहरूले काठमाडौँको माछापोखरी, बसपार्कलगायत ठाउँहरूमा मनोरञ्जनको क्षेत्रमा काम गर्ने युवतीहरूलाई विभिन्न माध्यमबाट सम्पर्क गरी प्रलोभनमा पार्ने गरेको बुझिएको छ । उनीहरूले युवतीहरूलाई भारतको दिल्ली लैजान काठमाडौँबाट नेपालगञ्ज हुँदै जमुनाहा नाका पार गरी दिल्लीको बसमा चढाइ दिल्ली पुर्‍याउने गरेका थिए ।

बेचबिखनमा संलग्न गिरोहले २०७९ असोज महिनादेखि फागुन महिनासम्म ९ जना युवतीहरूलाई काठमाडौँदेखि दिल्ली पुर्‍याएको खुलेको छ । पीडित युवतीहरूलाई औषधि मिसाएको प्याकिङ खाना तथा जुस दिएर बेहोस बनाइ सीमा कटाएको एसपी पंगेनीले बताए ।

पीडित युवतीहरूलाई दिल्ली पुगेको केही दिनमा नयाँ मोबाइल तथा भारतीय नम्बरको सिम उपलब्ध गराई फेसबुक आइडीसमेत प्रतिवादीहरूले खोलिदिइ सोको पासवर्डसमेत आफैँले राखी अनलाइन निगरानी गर्ने गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

यस्तै, उनीहरूलाई दिल्ली किशनगणस्थित पन्जाबीढावा भन्ने स्थानमा भाडामा राखिएको थियो । फ्ल्याट सिसिटिभीको निगरानीमा राखिएका, सम्पर्कमा आएका व्यक्तिहरूलाई ह्वाट्सएपमार्फत् पीडित युवतीहरूको फोटो पठाइ उनीहरूले छानेका युवतीहरूलाई वेश्यागमनमा आउने व्यक्तिहरूले भनेको होटल, घरहरूमा ट्याक्सी बुक गरी पुर्‍याइदिने गरेको पाइएको छ ।

एक जना युवतीले एक महिनामा कम्तिमा पनि १८० जनासँग शारीरिक सम्पर्क गर्नुपर्ने भन्दै दबाब दिने गरेको पीडितहरूले प्रहरीलाई बताएका छन् । गिरोहले पीडित युवतीहरूलाई दिल्लीबाहेक अन्य सहरहरूमा समेत पठाउने गर्थे ।

प्रहरीका अनुसार सेन्जीले मात्रै ८ जनालाई बेचबिखन गरी यौन व्यवसायमा लगाएको खुलेको छ । प्रत्येक व्यक्तिबाट उनले ५० हजार रूपैयाँ लिने गरेको अनुसन्धानबाट खुलेको ब्युरोका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक जीवनकुमार श्रेष्ठले बताए । यद्यपि, उनले भने ८ जनालाई पठाएबापत तीनपटक गरी ६० हजार लिएको प्रहरीसँग दाबी गरेकी छन् ।

श्रीमान्–श्रीमती भुवन र सुश्माको भने २÷३ जनालाई बेचबिखन गर्नमा भूमिका देखिएको छ । उनीहरूले सेन्जीले जस्तै युवती खोज्ने गरेको देखिन्छ । भुवनले युवतीहरूलाई प्रलोभनमा पारेपछि बसपार्कसम्म पुर्‍याउँथे । पीडितलाई आफ्नी श्रीमती सुस्मासँगै दिल्ली पठाउँथे ।

मानव बेचबिखनमा संलग्न अरूहरू अझै भारतमै रहेको पनि एसपी श्रेष्ठले बताए । गिरोहका अन्य व्यक्ति र पीडितको पनि खोजी भइरहेको उनले जानकारी दिए ।

पक्राउ परेका व्यक्तिहरूमाथि थप अनुसन्धान गर्न ब्युरोले काठमाडौँ जिल्ला अदालतबाट ७ दिन हिरासतमा राख्न अनुमति दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सादा पोशाकका प्रहरीले बालेनका लागि भोट मागेपछि निर्वाचन आयोगले सोध्यो स्पष्टीकरण

ओली, गगन, आरजु लगायतका नेताहरूको नाम दुरुपयोग गरी अमेरिकी नागरिकले ठगी धन्दा चलाएको खुलासा

सम्बन्धित

बजारमा ग्यासको चरम अभाव, सिलिण्डर बोकेर भौतारिँदै उपभोक्ता

यो निर्वाचन राष्ट्रको नयाँ राजनीतिक संस्कृतिको प्रस्थानबिन्दु बन्नुपर्छ : प्रधानमन्त्री कार्की

संसद्‌मा प्रधानमन्त्री कार्कीको पहिलो सम्बोधन: “अब यो अवसर पाउन कठिन होला, आशा पनि छैन”

संसद् भवन अघि हवन: जेन-जी सहिदको सम्झना र सपना पूरा गर्ने प्रयास

काठमाडौं–२ : पुरानो राजनीतिक ‘किल्ला’ फिर्ता लिने प्रयास, रास्वपाका लागि साख जोगाउने कठिन परीक्षा

पूर्वमन्त्री जितेन्द्र देवले त्यागे एमाले

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com