ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

झपक्के फुल्यो आँप


एबीसी / संवाददाता

तुलसीपुर, १४ चैत । यस वर्ष दाङमा विगतभन्दा अत्याधिक मात्रामा आँप फुलेको छ । फूलले आँपको रुख नै ढाकेको छ । यसले किसानमा खुसी ल्याएको छ ।“अहिलेसम्म हामीले यसरी आँप फुलेको देखेका थिएनौँ,” तुलसीपुर ७ प्रसेनीका किसान नवराज सुवेदीले भने, “यसले हामीलाई खुसी बनाएको छ । हेर्दा पनि मनमोहक देखिन्छ । ”

आँप धेरै फुलेपनि यसलाई जोगाउन भने चुनौति रहेको किसान तुलसीपुर ९ निवासी दिवेश केसीले बताए ।“हावाहुरी, असिना पानीले फूल झार्दिने हो की भन्ने चिन्ता छ”,उनले भने, “आँप धेरै फलेपनि त्यसको बजारीकरण नहुँदा कुहिएर जाने हो कि भन्ने पनि चिन्ता छ ।”

यस बर्ष आँपमा ‘अनएयर’ भएकाले पनि आँपमा धेरै फूल फुलेको तुलसीपुर उपमहानगरपालिका कृषि महाशाखा प्रमुख धनराज गौतमले बताए ।“फुलफुल्ने विरुवामा एक बर्ष अनएयर र एक बर्ष अफएयर हुन्छ”,उनले भने,“यस बर्ष आँपको अनएयर चलिरहेको छ, त्यसैले आँप धेरै फुलेको हो ।”

असिना,पानी, हावाहुरीले असर नगरेमा यस बर्ष आँप उत्पादन अत्याधिक वृद्धि हुने उनको भनाई छ । आँप उत्पादन भएपनि त्यसलाई बजारिकरणकालागि अचार बनाउनेदेखि पाक्दासम्म ध्यान दिनुपर्ने बताए । आँप बाहिरी जिल्लाबाट आयत गर्नुपर्ने अबस्था रहेको जनाउँदै यसलाई अन्त्य गर्न आँप संरक्षण तथा ब्यबसायिकरणमा ध्यान दिनुपर्ने उनको भनाइ छ ।

दाङको पवननगर ,मानपुर र विजौरी क्षेत्र आँप उत्पादनका लागि उत्तम क्षेत्र मानिन्छ । अहिले दाङमा स्थानीय बिजु,सुपारी जातका आँप उत्पादन हुने गर्छ । त्यस्तै दसरी, माल्डा , अम्रपाली, नागपुरे ,बम्बे जातकाआँपहरु उत्पादन हुने गरेको छ । जिल्लामा बर्षेनी आठ हजार मेट्रिकटनको हाराहारीमा आँप उत्पादन हुनेगर्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आज अन्तर्राष्ट्रिय नागरिक उड्डयन दिवस

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

सम्बन्धित

समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com