ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चैतभित्रै ३३ प्रतिशत महिला प्रतिनिधित्व हुने कानुन प्रस्तुत गर्दैछौं – निर्वाचन आयोग


ABC NEWS
चैत्र १३, २०७९ सोमबार  १ : ३४ बजे

काठमाडौं, १३ चैत ।

निर्वाचन आयोगले चैत मसान्तभित्रै सरकारलाई कानुनको ढाँचा प्रस्तुत गर्ने जनाएको छ । गत वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनदेखि राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्मको समिक्षा गर्दै आयोगले सो ढाँचा प्रस्तुत गर्ने जनाएको हो । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान २०७२ ले प्रत्याभूत गरेको अधिकारलाई कार्यान्वयनका निम्ति वडा तहदेखि प्रतिनिधिसभा र प्रदेशसभासम्मको नेतृत्व तहमा अनिवार्य ३३ प्रतिशत महिला प्रतिनिधित्व हुनेगरी सो कानुन प्रस्तुत हुने आयोगले जनाएको छ ।

२०७९ को यो वर्ष निर्वाचनमय भयो भन्दा फरक नपर्ला । वैशाख ३० गते स्थानीय तहको निर्वाचन, मंसिर ४ गते प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचन यसैगरी, गत फागुन २५ गते राष्ट्रपतिको र चैत ३ गते उपराष्ट्रपतिको निर्वाचन भयो । निर्वाचन आयोगले तय गरेको कार्यतालिका बमोजिम सबै तहको निर्वाचन सम्पन्न भयो । प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ १६५ मध्ये निर्वाचित महिला भने ९ जना मात्रै छन् । स्थानीय तहको निर्वाचन र प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनमा पाँच दलीय गठबन्धन रहेपनि सभामुख र उपसभामुख पदको निर्वाचनमा नेकपा एमलेसहितको गठबन्धन बन्यो ।

राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचनसम्म एमालेसहितको गठबन्धनमा सहमति जुट्न नसक्दा अहिले एमाले, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायतका दलहरु सरकार बाहिर छन् । संघीय लोकतान्त्रिक गणतन्त्रात्मक नेपालको संविधान २०७२ ले प्रत्याभूत गरे बमोजिम गत निर्वाचनमा नेतृत्वमा महिलाको सहभागीता हुन नसकेको विषयमा निरन्तर बहस हुँदै आएको छ । यी सबै विषयलाई मध्यनजर गर्दै निर्वाचन आयोगले पनि यही चैत महिनाभित्र नेपाल सरकारलाई कानुनको ढाँचा प्रस्तुत गर्ने जनाएको छ ।

आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले एबीसी टेलिभिजनको एक विशेष कार्यक्रममा आयोगले वडा तहदेखि प्रतिनिधिसभा र प्रदेशसभासम्मा ३३ प्रतिशत महिला नेतृत्वमा अनिवार्य रुपमा सहभागी गराउने हिसाबले सो ढाँचा प्रस्तुत गर्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com