ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पत्रकारितासँगै व्यावसायिक अचार उत्पादनमा ‘बन्दना’


एबीसी / संवाददाता

रामपुर, ४ चैत । व्यक्ति एक ठाउँअनुसार उसको भूमिका अनेक हुन सक्छन् भन्ने उदाहरणीय बनेकी छन्, बन्दना पोखरेल । पत्रकारिता, सामाजिक अभियान्ताको रुपमा पाल्पामा राम्रो पहिचान बनाएकी पोखरेलको परिचय हिजोआज उद्यमीसँग जोडिएको छ ।

पाल्पामा सक्रियरुपमा पत्रकारितासँगै महिला सशक्तीकरण, महिला हिंसाविरुद्ध सशक्तरुपमा नेतृत्व गर्दै आएकी पोखरेल यतिबेला अचार उद्यमीको रुपमा कहलिएकी छन् । पत्रकारिता गर्ने क्रममा गाउँघरका महिला, किसान, अन्याय, हिंसा, समानता, सशक्तीकरणका कुरामा कलम चलाउने र उनीहरुका आवाजलाई मिडियामा ल्याउने क्रममा आफू पनि यसबाट प्रभावित भएर व्यवसायमा होमिएको उनले बताइन् । एक वर्षअघिदेखि उनले रामपुरमा अचार उत्पादन सुरु गरेकी छन् । पारिवारिक अवस्था अब्बल रहे पनि आफ्नो व्यवसायबाट अरु महिलाले पनि सिको गरुन् भनेर आफैँले व्यस्त समयका अलवा व्यावसायिक अचार उत्पादन सुरु गरेको उनले बताइन् ।

“महिलालाई सशक्तीकरण गर्न, रामपुरको उत्पादन बाहिर चिनाउन र फुर्सदको समय सदुपयोग गर्दै यस व्यवसायमा लागेको छु”, उनले भनिन्, “अहिलेको बजार अवस्था राम्रै रहेकाले उत्पादन वृद्धि गर्दै जाँदा यसबाट मनग्य आम्दानी लिन सकिने सम्भावना एक वर्षको अनुभवले मैले देखेको छु ।” घरेलु तथा साना उद्योग कार्यालय पाल्पामा ‘भान्छाको साथी दिदीको अचार’ नाममा उद्योग दर्ता गरी व्यावसायिक उत्पादन सुरु गरेकी छन् ।

मुला, गाँजर, गुन्द्रुक, भटमास, तामा, अकबरे खुर्सानी, मेथी, लसुन, आँप, अमला, इमिली, लप्सीलगायतका गाउँघरमा उत्पादन हुने कृषिउपजबाट विभिन्न खालका अचार उत्पादन गर्छिन् । होलसेल मूल्य हाल (तौलअनुसार फरक) न्यूनतम ११० देखि बढीमा २५० र खुद्रा मूल्य न्यूनतम १३५ देखि तीन सयमा धमाधम बिक्री भइरहेको छ ।

उनी भन्छिन्, “अचारको माग धेरै आएको हुँदा यसलाई विस्तार गरी ठूलो मात्रामा उत्पादन गर्ने तयारी गरिरहेको छु, ल्याब टेस्टको लागि भैरहवा पठाइएको हुँदा त्यसको रिपोर्ट आएपछि उत्पादन बढाएर विभिन्न स्थानमा ब्राण्ड बनाएर बजार पठाइनेछ ।”

पाल्पा (तानसेन), बुटवल, काठमाडौँमा समेत अचार खपत गरेकी छन् । स्थानीय उत्पादन भएकाले विभिन्न स्थानबाट खोजी खोजी अचार माग गर्ने बढेको उनी बताउँछिन् । स्थानीय उत्पादनको स्वाद फरक र गुणस्तर राम्रो भएकाले विदेशमा बसोबास गर्ने नेपालीबाट माग भई विभिन्न देशमा अचार पुगेको उद्यमी पोखरेलले बताइन् ।

कोभिड–१९ को प्रभावले बन्दाबन्दीको समयलाई सदुपयोग गर्दै केही नयाँ उद्यम गरौँ भन्ने मनसायले यस व्यवसायमा सीप सिकेर उत्पादन सुरु गरेको उनको भनाइ छ । उद्यमी पोखरेलले काठमाडौँको बूढानीलकण्ठमा रहेको रिक फुड उद्योगमा पाँच दिनको तालिम लिएर व्यावसायिक उत्पादनलाई जोड दिएकी हुन् ।

“न्याय र समानता, आर्थिक समृद्धिका लागि महिलाको अर्थपूर्ण सहभागीता हुनु जरुरी छ, महिला आफैँमा आर्थिक क्षेत्रमा सक्षम भइएन भने घरपरिवार, समाजमा हिंसाको सिकार बन्नुपरेको छ, आफैँले कमाउन सकियो भने अरुसँग आश्रित हुनुपरेन, यसले महिला हिंसाका घटना कमी हुँदै जानेछ”, उद्यमी पोखरेलले भनिन् ।

उनले रामपुरमा भएको व्यापार मेलामा एक लाख २५ हजार बराबरको अचारको कारोबार गरेकी छन् । एक वर्षको अवधिमा मात्रै उनले एक हजार पाँच सय किलो अचार बजारमा खपत गरेकी छन् । बिक्री गर्न तीन सय किलो अचार बाँकी छ भने उत्पादन कार्य चलिरहेको छ । एक वर्षको अवधिमा करिब रु दुई लाख बराबरको अचार बिक्री भएको छ ।

गत माघ २७ देखि फागुन ८ सम्म रामपुरमा चलेको तेस्रो व्यापार मेला तथा व्यापार मेलामा कृषि ज्ञान केन्द्र पाल्पाको स्टल व्यवस्थापनमा राखिएको अचार मेलाको मुख्य आकर्षणसमेत बनेको थियो । सोही मेलाका कारण अहिले अचारको माग थपिँदै गएको उद्यमी पोखरेल बताउँछिन् । यस क्षेत्रमा सुक्खाभन्दा झोलिलो अचार खोज्ने ग्राहक बढेकाले उनीहरुको मागलाई मध्यनजर गर्दै झोलिलो खालको अचार उत्पादन गर्ने उनको सोच छ । आफ्नै गाउँघरका खेतबारीमा उत्पादन भएका कृषिजन्यउपजलाई अचार बनाएर बजार पठाउँदा आनन्दको अनुभूति भएको उनले अनुभव सुनाइन् ।

आफूले केही व्यवसाय गरेर समाजमा अन्य महिलालाई पनि विभिन्न उद्यम, व्यवसाय गर्न अग्रसर गराउँदै सामाजिक अभियान्ता, पत्रकारिता सँगसँगै यस उद्योगलाई निरन्तररुपमा अगाडि बढाउने उनी बताउँछिन् । उद्यमी पोखरेल हाल बोलीखबर डटकमका सम्पादक, मेचीकाली राष्ट्रिय दैनिकका पाल्पा संवाददाता तथा प्रेस चौतारी नेपाल पाल्पाका उपाध्यक्ष छिन् । यसका अलवा अहिले उनी मिलेनियम च्यालेन्ज अकाउण्ट नेपाल विकास समितिद्वारा सञ्चालित साइपल बोटेक ज्वइक टिएमएस जेभी एसोसिएसनको सामाजिक सहजकर्ताका रुपमा समेत काम गर्दै आएकी छन् ।

व्यस्त समयको बाबजुद पनि अचार उत्पादनमा सक्रियताका साथ लागिरहेकी छन् । श्रीमान् वैदेशिक रोजगारीमा घरमा एक छोरा र आफू बसोबास गर्दै आएकी छन् । उनले पत्रकारिता, सामाजिक अभियान्तासँगै गरेको यस अचार उद्योगले फुर्सदको समय काममा लगाउने र आर्थिक क्षेत्रमा अरुको निर्भर नभई आफैँ अब्बल बन्नुपर्छ भन्ने सामाजमा राम्रो प्रभाव पारेको रामपुरका पुराना पत्रकार वासुदेव ढकाल बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

दिउँसो ३ बजे नयाँ मन्त्रीहरूको शपथ, कुन दलबाट को–को बन्दैछन् मन्त्री ?

काठमाडौँ, १७ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज मन्त्रिपरिषद् विस्तार गर्ने भएका छन् । प्रधानमन्त्री प्रचण्डले दलहरूलाई दिउँसो १ बजेभित्र मन्त्री बन्नेहरूको नामावली बुझाउन

ऊर्जामन्त्री बन्दै शक्ति बस्नेत

काठमाडौँ, १७ चैत । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव शक्ति बस्नेत ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री बन्ने भएका छन् । शुक्रबार मन्त्रिपरिषद् विस्तारको तयारीमा रहेको प्रधानमन्त्री पुष्पकमल

रास्वपाले सार्वजनिक गर्‍यो उपनिर्वाचनका दाबेदार उम्मेदवारको सूची

काठमाडौँ, १७ चैत । राष्ट्रिय स्वतन्त्र पार्टीले वैशाख १० को उपचुनावको लागि तीन वटा निर्वाचन क्षेत्रमा दाबी पेश गरेका उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।

सम्बन्धित

२४ जना विद्यार्थीले एकैपटक प्रयोग गर्न मिल्ने उपकरण जडान

मेघ गर्जनसहित हल्का वर्षाको सम्भावना

कर्णालीका मुख्यमन्त्री शर्माले विश्वासको मत लिँदै

बाह्र वर्ष कैद सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

आजदेखि एसईई, ५ लाख बढी परिक्षार्थी

अर्थतन्त्र सुधारका लागि सकारात्मक हस्तक्षेपको नीति ल्याइने : उपप्रधानमन्त्री श्रेष्ठ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com