ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सेवाग्राहीलाई झन्झट नदिनुस् : सचिव रेग्मी


एबीसी / संवाददाता
चैत्र ३, २०७९ शुक्रबार  १० : ०१ बजे

काठमाडौँ, ३ चैत । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले सेवाग्राहीलाई प्राथमिकतामा राखी शीघ्र झन्झटरहित तवरबाट सेवा प्रवाह गर्न मातहतका सबै मालपोत र नापी कार्यालयलाई निर्देशन दिएको छ ।

मन्त्रालयले देशका सबै मालपोत र नापी कार्यालयलाई कुशल राजस्व संकलक र भूमि प्रशासनका सदाचारयुक्त संस्थाको प्रतिविम्ब झल्कने गरी कार्यसम्पादन गर्न सुझाव दिएको हो । मन्त्रालयका सचिव डा दामोदर रेग्मीले मालपोत र नापीप्रति सर्वसाधारणमा रहिरहेको नकारात्मक भावलाई सकारात्मक छविका रूपमा रुपान्तरण गर्ने वातावरणका साथ काम गर्न निर्देशन दिए ।

मालपोत र नापी कार्यालय कलंकीको आकस्मिक निरीक्षणपछि उनले भने, “भूमि प्रशासनप्रको सेवा सबै नागरिकसँग कुनै न कुनै रूपमा जोडिने भएकाले सेवा प्रवाहमा सुधार गरी सबै कर्मचारीले आफ्नो दक्षता र क्षमताको पूर्ण उपयोग गर्नुस् ।”

मन्त्रालयका सहसचिव निराजन घिमिरेले कार्यालयको सेवा प्रवाहलाई गुनासोरहित बनाउन र सेवाग्राहीको भनाइ आदरतापूर्वक सुनिदिने वातावरण विकास गर्न जरुरी रहेकाले सोहीअनुरुप काम गर्न निर्देशन दिए । नापी कार्यालय कलंकीका प्रमुख हरिकृष्ण सुवेदीले सेवाग्राहीलाई सन्तुष्टि हुने गरी सेवा प्रवाह गर्नु कार्यालयको प्रमुखको जिम्मेवारी भएको बताए ।

नापी कार्यालयका प्रमुख खिम रानाले नापी कार्यालयले सदाचारसहितको सेवा प्रवाहलाई मूलमन्त्र बनाई अगाडि बढिरहेको र भूमि प्रशासनको सेवामा आँच नआउने गरी काम गर्ने अठोट गरे ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

ट्रम्पले फेरि म्याद थपे : इरानले हर्मुज स्ट्रेट खोल्नैपर्छ, नत्र विद्युत् ग्रीडमा हमला

सम्बन्धित

झण्डै दुई तिहाईको प्रधानमन्त्री बन्दै गरेका बालेनलाई चुनौती पनि दुई तिहाई

चैत्र शुक्ल नवमी: विधिपूर्वक मनाइँदै रामनवमी पर्व

दाङमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

अब प्रधानमन्त्री कार्यालय परिसर छिर्नै बालेनको सचिवालयको अनुमति चाहिने

बालेनले आज प्रधानमन्त्रीको शपथ लिँदै

केही सन्तुष्टि र धेरै आशा बोकेर बिदा हुँदैछु – प्रधानमन्त्री कार्की

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com