ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

बैंकको आजदेखि ब्याजदर घट्यो


bhawani desk
चैत्र १, २०७९ बुधबार  १ : ४० बजे

काठमाडौं, १ चैत । ब्याजदर महँगो भएको भन्दै सार्वजनिक आलोचना भइरहेका बेला बैंकहरुले आजदेखि लागू हुने गरी ब्याजदर घटाएका छन् । नेपाल बैंकर्स संघको गएको बिहीबार बसेको बैठकले बचतको ब्याजदर शून्य दशमलव ४ प्रतिशत र कर्जाको प्रिमियमदर एक प्रतिशतले घटाउने निर्णय गरेको हो । अहिले बचतको ब्याजदर ६ दशमलव ४ देखि ८ दशमलव ४ प्रतिशतसम्म छ । यसलाई न्यूनतम ६ र अधिकतम ८ प्रतिशत कायम गरिनेछ । बचतको ब्याज घटेपछि बैंकको आधारदर कम हुन्छ । जस कारण लागत घटेर कर्जाको ब्याजदर पनि घट्छ । मुद्दति निक्षेपको ब्याज भने घटाइएको छैन ।
वाणिज्य बैंकले साधारण बचतको ब्याजदर शून्य दशमलव ४२ प्रतिशतले घटाएका छन् । चैतमा वाणिज्य बैंकहरुले साधारण बचतमा न्यूनतम ६ प्रतिशतदेखि अधिकतममा ८ प्रतिशतसम्म ब्याज उपलब्ध गराउनेछन् ।
यस्तै विकास बैंकहरुले बचतको ब्याजदर शून्य दशलव १५ प्रतिशतले घटाएका छन् । यस्तै फाइनान्स कम्पनीहरुले १ वर्ष वा त्योभन्दा माथिको व्यक्तिगत मुद्दति निक्षेपको ब्याजदर शून्य दशमलव २० प्रतिशतले र १ वर्षभन्दा मुनिको मुद्दति निक्षेपको ब्याजदर शून्य दशमलव १५ प्रतिशतले घटाएका छन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं– ३ को मतगणना सुरु

धन्यवाद र मौनताबीचको राजनीति: एमाले अध्यक्ष किन चुप ?

सम्बन्धित

चुनावको मौन अवधिमा पनि विदेश जाने लर्को : फर्किनेभन्दा जाने बढी, ५ महिनामा साढे ७ लाख बाहिरिए

सुनको भाउ तोलाको ३ लाख २० हजार नाघ्यो

नेपालमा विदेशी श्रमिक बढ्दो, नेपाली युवा विदेश पलायन तीव्र

समाजिक सुरक्षा कोषमा १ खर्ब २ अर्ब जम्मा, कहाँ भइरहेको छ लगानी ?

रुपन्देही–२ मा सहकारी मुद्दा रास्वपा उम्मेदवारलाई चर्को पर्दै, पिडितहरुको नाराबाजी, रवि चुनावी यात्रामा

४२ सयले घट्यो सुनको भाउ, चाँदीको कति पुग्यो ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com