ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

अर्थतन्त्र सुधारका पहल निरर्थक (भिडियोसहित)


ABC NEWS
चैत्र १, २०७९ बुधबार  ११ : ४० बजे

काठमाडौं, १ चैत ।
२०७४ सालमा झण्डै ३० वर्षपछि देशको आर्थिक वृद्धिदर निरन्तर ६ प्रतिशतभन्दा बढी रहेको स्थिती रह्यो । त्यसको झण्डै साढे तीन वर्षपछि वैदेशिक दुई गुणा बढेर ९२८ अर्ब पुग्यो र अर्थतन्त्रको वृद्धिदर निरन्तर ऋणात्मकतर्फ घटेर आयो । अघिल्लो डेढ वर्षदेखिको अर्थतन्त्र ऋणग्रस्त, कोभिडग्रस्त र गिर्दो विदेशी मुद्राको स्थितीमा गुज्रदै आएको छ । यसबीचमा नागरिकको जीवन रक्षार्थदेखि चलायमान अर्थतन्त्र एवम् ऋणात्मक अर्थतन्त्रलाई सही गतिमा अघि बढाउन राज्यकातर्फबाट भएका विभिन्न प्रयास निरर्थक भएको साबित हुँदै आएको छ ।

देशको अर्थतन्त्र निरन्तर ऋणात्मक भएको अवस्थामा सरकारदेखि सरोकारवाला यस विषयमा चिन्तित छन् । गत वर्षको आर्थिक वृद्धिदर ६ प्रतिशतको हाराहारीमा अर्थात् ५ दशमलव ८ प्रतिशतको दर सकारात्मक हुन सकेको छैन । अर्थविद्हरुका बीच अर्थतन्त्र पुनरुत्थानका लागि अब कस्तो बाटो समात्नुपर्ला, जनताको सेन्टिमेन्ट वा उच्च भनिने धनाढ्य वर्गको सेन्टिमेन्ट कसरी राम्रो बनाउने भन्ने विषयमा छलफल हुने गरेको छ । २०७४ पछिको आम निर्वाचनपछि मुलुकको अर्थतन्त्र २०४२ पछिको पहिलो पटक ६ प्रतिशतभन्दा बढी रहेको स्थिती बन्यो । सो आर्थिक वृद्धिदर निरन्तर दुई वर्षसम्म कायम रह्यो । त्यतिबेला विदेशी ऋण ४३३ अर्ब र वैदेशिक मुद्रा सञ्चिति ११ महिनाको आयातलाई पुग्ने गरी १० अर्ब २० करोड डलर थियो । तर पनि, सरकारले त्यतिबेला जारी गरेको श्वेत पत्रमा यो तथ्यांक खराब अर्थतन्त्रको रुपमा चित्रण गरियो । त्यसको साढे तीन वर्षपछि वैदेशिक ऋण दुई गुणा बढेर ९२८ अर्ब पुग्यो । २०७७ देखि २०७८ सम्ममा मुलुकको विदेशी मुद्रा सञ्चिति १२ अर्ब ५४ करोड डलरबाट घटेर १० अर्ब भयो । मुलुकमा श्रीलंकाको स्थितीबाट गुज्रने हो कि भन्ने भय एकातिर रहँदै गर्दा पेट्रोलियम पदार्थको मुल्य पनि त्यो बेला बढ्यो । विश्वव्यापीरुपमा आएको कोभिड–१९ महामारीको सामना गर्न असमर्थ जस्तै अवस्थामा थियो नेपाल । यसअघिको पाँच दलीय गठबन्धन सरकारले खोपलाई पहिलो प्राथमिकतामा राख्यो । आर्थिक गतिविधिलाई बढाउनभन्दा पनि नागरिकको जीवन रक्षा गर्नु नै प्रमुख चुनौती रहेको अवस्थामा दक्षिण एसियामै कोभिडविरुद्धको खोप लागाउनेमध्ये नेपालले राम्रै स्थान हासिल ग¥यो । अहिले नागरिककै जीवन रक्षा गर्नुपर्ने जस्तो जटिल अवस्था त छैन तर, अर्थतन्त्रको सूचाकांक सकारात्मक हुन सकेको छैन ।

सरकारले हीरा, मदिरा, जंक फुड र कारजस्ता विलासिताका वस्तुहरुको आयातमा रोक लगायो । विप्रेषण अर्थात् रेमिट्यान्स बढाउन वैदेशिक रोजगारीमा गएका व्यक्तिलाई आइपीओमा आरक्षण छुट्याउने काम ग¥यो । जसअनुरुप, आर्थिक वर्ष २०७७÷७८ मा ९६१ अर्ब विप्रेषण आएकोमा अबको वर्ष १,२०० अर्ब रुपैयाँ आउने स्थिती बनेको जनाइएको छ । नेपाली मुद्राको तुलनामा डलरको मूल्य ११ प्रतिशतले बढेको यथार्थलाई हेर्ने हो भने, वैदेशिक मुद्रामा दुख वैदेशिक ऋण २० अर्बले बढेको स्थिती थियो । यसबीचमा चलायमान अर्थतन्त्रको पहलहरु भए, माघको अन्तिमसम्ममा सञ्चिति रकम १० अर्ब ५० करोड डलर पुगेको अवस्था छ । गएको सन् २०२१ जुलाइ महिनाको सुरुवातीदेखि अहिलेसम्म बैंक तथा वित्तिय संस्थामा निक्षेप ७ खर्ब २० अर्बले बढेको छ । यो पहिलेभन्दा करिब १५ प्रतिशतले बढेको छ । तर, अहिले सरकारी खर्च हुन नसक्दा आयातमा आधारित वस्तुका दोकानहरु बन्द हुने क्रम बढ्यो । यसले रोजगारी सिर्जना दर पनि कम भयो । पेट्रोलियम पदार्थको भाउ बढ्यो जसकारण, कम्पनीहरूको सञ्चालन खर्च बढ्यो र यसले बजारमा सामानको भाउ बढायो । ब्याजदर बढ्नाले मध्यम वर्गको स्वामित्वका पुँजी एवम् सघन व्यवसायहरु चलाउन अप्ठ्यारो भयो । आर्थिक असमानता बढेका कारण पनि राजस्व उठ्न कम भयो र सरकारी खर्च घटाउने दुश्चक्र झनै निर्माण भयो । अहिले पुँजीगत खर्च बढाउन सक्नु पहिलो पहलको सुरुवाती कदम हुने देखिन्छ ।

अहिलेको देशको अर्थतन्त्र वास्तवमै सुधारतर्फ उन्मुख गर्न प्रमुखतः व्यवसायीको र साथै समग्र जनसंख्याकै सेन्टिमेन्ट सुधार गर्नुपर्ने विषय आर्थिक क्षेत्रको बौद्धिक जमात्मा हुने गर्दछ । स्रोतको सुनिश्चितताका लागि विदेशी तथा अन्तराष्ट्रिय वित्तिय संस्थाहरुसँग वार्ता गरेर छिटोभन्दा छिटो पैसा ल्याउन सक्ने ब्युरोक्रेटिक क्षमता बढाउन सक्नुपर्दछ । बाह्य क्षेत्रबाट सहुलियतपूर्ण ऋण ल्याएर पूर्वाधार लगायत उत्पादन वृद्धि हुने क्षेत्रमा लगानीमैत्री वातावरण निर्माण गर्न आवश्यक छ । यसका लागि निर्माण व्यवसायीहरुसँग भएको सम्झौता कार्यान्वयनतर्फ पनि ध्यान दिनुपर्दछ । निर्माणाधीन विकास आयोजनाका कामलाई तोकिएकै समयमा सम्पन्न गर्न, पुँजीगत खर्चको भविष्यमा आशातीत वातावरण निर्माण गर्न, सडक यातायातलाई आधुनिकीकरण लगायतका कामलाई गति दिनुपर्दछ । राजनीतिक अस्थीरतामा पुँजीगत खर्च बढाउन अप्ठ्यारो हुने भएको हुँदा राजनीतिक स्थीरतातर्फ मुख्य ध्यान जान पर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

आजदेखि मौसममा क्रमिक सुधार : धेरैजसो ठाउँमा घाम लाग्ने

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

सम्बन्धित

बैतडीमा भिरबाट लडेर निर्वाचन प्रहरीको मृत्यु

माघ २५ देखि पाठेघरको मुखको क्यान्सरविरुद्ध ‘एचपिभी’ खोप लगाइने

चुनीखेल नयाँबस्ती आगलागीः २४ परिवार विस्थापित

आजदेखि ८० हजार सेना फिल्डमा खटिँदै

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

अमेरिकाले भारतलाई ७% ट्यारिफ राहत, रुसी तेलमा ‘पेनाल्टी’ हट्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com