ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चिराइतोको मूल्य अलैँचीको भन्दा बढी


एबीसी / संवाददाता
फाल्गुन ३०, २०७९ मंगलबार  ६ : १७ बजे

ताप्लेजजुङ, ३० फागुन । चिराइतोको मूल्य गत वर्षको तुलनामा १० हजारले वृद्धि भएको छ । गएको वर्ष प्रतिमन (४० किलो) ३० हजार दरले कारोबार भएको चिराइतोको मूल्य हाल ४० हजार पुगेको छ ।

पहाडी क्षेत्रको मुख्य आमदानीको स्रोतका रूपमा रहेको अलैँचीको भन्दा चिराइतोको मूल्य माथि पुगेको हो । अलैँची प्रतिमन ३५ हजारका दरले कारोबार भइरहेको छ । भारत निर्यात हुँदै चिराइतो झापामा पुर्‍याउँदा प्रतिमन ३८ हजारदेखि ४० हजारमा कारोबार हुने ताप्लेजुङका व्यवसायीले बताएका छन् । “गत वर्ष ३० हजार प्रतिमन कारोबार भएको थियो, आजभोलि मूल्य बढेर ३८ हजारदेखि ४० हजारमा कारोबार भइरहेको छ”, सदरमुकाम फुङलिङका व्यवसायी गोविन्द बरालले भने ।

गत वर्ष १८ हजार हुँदै ३० हजारसम्म पुगेको मूल्य यो वर्ष फागुन लागेयता बढेर ४० हजारसम्म पुगेको हो । बरालका अनुसार हाल किसानबाट प्रतिमन रु ३२ हजारदेखि रु ३३ हजारसम्ममा लिने गरिएको छ । चिराइतो संकलन र खेती गर्ने यहाँका किसानले घरैमा उक्त मूल्य पाइरहेको बरालले बताए ।

व्यवसायीका अनुसार चिराइतो सुुके नसुकेको हेरेर मूल्यमा केही तलमाथि हुन सक्छ । झापाका व्यापारीले भन्दा भारतका व्यापारीले केही बढी मूल्य दिने गरेका छन् । “कहिलेकाहीँ भारतका व्यापारी भेटिन्छन्, उनीहरूले बिर्तामोडका व्यापारीले दिनेभन्दा एक हजार बढी दिन्छन्”, व्यवसायी बरालले भने । केही वर्ष अघिसम्म ओलाङचुङगोला हुँदै चीनको तीब्बतमा निर्यात हुने चिराइतो हाल टिपताला नाका बन्द रहेकाले बिर्तामोड हुँदै भारत निकासी हुँदै आएको छ ।

मूल्य वृद्धि भएसँगै चिराइतो संकलन गर्ने र व्यावसायिक खेती गर्ने कृषक हर्षित बनेका छन् । लामो समयपछि चिराइतोको मूल्य एक्कासि बढेर अलैँचीको भन्दा माथि पुगेपछि यहाँका किसान हर्षित बनेका हुन् । यो वर्ष प्रतिमन ३२/३३ हजारका दरले घरैबाट चिराइतो बेच्न पाउँदा खुसी भएको फक्ताङलुङ गाउँपालिकाको खेजेनिमका किसान अमरसिंह माबोहाङले बताए । व्यावासायिक खेती गर्दै आएका अमरसिंहले यो वर्ष आठ मनभन्दा बढी उत्पादन गरेका छन् । उतारचढाव आइरहने चिराइतोको मूल्य पछिल्लो समय सुधारिएकाले किसानलाई राहत मिलेको उनले बताए ।

यता लेलेपका बुद्धिमान राईले मूल्य बढेर किसानलाई उत्साहित बनाएको बताए । हालको मूल्य कायम रहिराखेमा अलैँचीलाई जस्तै जंगल फाँडेर उच्च लगानीका साथ खेती गर्ने किसानको लगानी खेर नजाने उनको भनाइ छ । आम्दानीका लागि पहाडी क्षेत्रका किसानले अलैँचीपछि चिराइतोको खेती धेरै गर्दै आएका छन् । मूल्य नपाउँदा भने केहीले यसलाई निरन्तरता दिन सकेनन् ।

तर, चिराइतोको मूल्य बढे पनि उत्पादन भने घटेको पाइएको छ । गत वर्षको तुलनामा यो वर्ष आधाजसो मात्र चिराइतो संकलन भएको व्यवसायीले बताएका छन् । गत वर्ष एक सय ५० मन चिराइतो संकलन गरेका व्यवसायी गोविन्द बरालले यो वर्ष मुस्किलले ७० मन पुर्‍याएको बताए । “गत वर्षको तुलनामा संकलन न्यून छ, यसरी न्यून हुनुमा उत्पादन घटेर हो, संकलन गर्ने र खेती गर्ने क्रम केही घट्दै गएको छ”, उनले भने ।

उता सिरिजंघा–७ खेवाङका व्यवसायी नरेन्द्र तिवारीले गत वर्षको तुलनामा आधा जसो मात्र चिराइतो संकलन भएको बताए । उनका अनुसार प्रायले चिराइतो खेती छाडेका छन् । तर, मूल्य बढेसँगै पुनः व्यावसायिक खेती गर्न किसान उत्सुक देखिएको उनले बताए ।

ताप्लेजुङमा वार्षिक ३५ हजार किलो चिराइतो संकलन गर्न सकिने डिभिजन वन कार्यालय ताप्लेजुङले जनाएको छ । उक्त कार्यालयका अनुसार संकलक तथा व्यवसायीले भने आधाजसोको मात्र पुर्जी लिने गरेको तथ्यांकले देखाएको छ । उच्च पहाडी भेगमा पाइने विभिन्न जडिबुटीमध्ये चिराइतो पनि मुख्य जडिबुटी हो । समुन्द्री सतहबाट एक हजार दुई सयदेखि तीन हजार मिटरको उचाइमा पर्ने भिरालो तथा खुला जमिनमा चिराइतो पाइन्छ । असोजमा पूर्णरूपले फुलिसक्ने चिराइतो फूल परिपक्व भएपछि उक्लिन्छ ।

भूगोल हेरी मंसिरदेखि चैतसम्म चिराइतोको संकलन हुन्छ । प्रायले जंगलमा गएर चिराइतो संकलन गर्छन् भने केहीले यसको व्यावसायिक खेती गर्दै आएका छन् । खेती गर्नेले जंगल फाँडेर आगो लगाई चिस्यान भएको समय पारेर बीउ छर्छन् । बीउ छरेको तीन वर्षमा उखल्न उपयुक्त हुने गरी चिराइतो फस्टाउने किसान बताउँछन् ।

औषधीय गुण भएको चिराइतो ज्वरो आउँदा, घाँटी दुख्दा र खटिरा आउँदा औषधिका रूपमा पानीमा पकाएर खाने गरिन्छ । तितो स्वादमा हुने चिराइतोले स्वाद र रुचि बढाउने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सांसदको अभिव्यक्तिलाई लिएर बारले सभामुखको ध्यानाकर्षण गरायो

चीनमा ट्रम्पको ‘हाइ-स्टेक’ वार्ता: बेइजिङ अवतरण गर्दा विश्वकै नजर, एनभिडियाका जेन्सन हुवाङ पनि सहभागी

सम्बन्धित

धितोपत्र बजार पुँजीकरण ४८ खर्ब ३२ अर्ब पुग्यो

केही सिमित समूहले पुँजी बजारमा हेरफेर, इन्साइडर ट्रेडिङ गर्दै जनताको १५–१६ अर्ब रुपैयाँ दुरुपयोग गरेः अर्थमन्त्री वाग्ले

७ प्रतिशत आर्थिक वृद्धि : लक्ष्य ठूलो, चुनौती अझ ठूलो

आज सुनको भाउ घट्यो, चाँदीको बढ्यो

११ खर्ब ५३ अर्ब रुपैयाँ बजेट खर्च, विकस बजेट खर्च कमजाेर

एआई पपुलिज्म को उदय: तर कोही पनि तयार छैनन्! :न्यूयोर्क टाइम्स

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com