ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपाल र पपुवा न्युगिनी भिड्दै


एबीसी / संवाददाता

काठमाडौँ, २९ फागुन । आइसिसी विश्वकप लिग–२ अन्तर्गतको अन्तिम त्रिकोणात्मक सिरिजमा आफ्नो तेस्रो खेलमा नेपालले आज पपुवा न्युगिनी (पिएनजी)सँग प्रतिस्पर्धा गर्दै छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने खेल बिहान साढे ९ बजेदेखि सुरू हुने छ । सिरिजको पहिलो खेलमा पिएनजीलाई ५२ रनले हराएको नेपाल दोस्रो खेलमा पनि सोही नतिजा दोहोर्‍याउन चाहन्छ ।

पछिल्लो समय उत्कृष्ट लयमा रहेको नेपालले आइतबार युएईलाई १७७ रनको फराकिलो अन्तरले हराउँदै ऐतिहासिक जित हासिल गर्दै ४ वर्षका लागि एकदिवसीय मान्यता जोगाएको थियो ।

सिरिजमा बाँकी २ खेल जितेर नेपाल शीर्ष ३ मा रहेर सोझै विश्वकप छनोटमा स्थान बनाउने योजनामा छ । घरेलु समर्थकको साथमा नेपाली टोली विश्वकप छनोटमा स्थान बनाउँदै अर्को कीर्तिमान गर्ने दाउमा मैदान उत्रन लागेको हो ।

नेपाल त्रिवि क्रिकेट मैदानमा लिग–२ को पछिल्लो ६ खेलयता अपराजित छ । र, पिएनजीविरूद्ध मैदान उत्रिँदा नेपाल सोही लयलाई कायम राख्ने लक्ष्यमा हुने छ ।

नेपालले विश्वकप लिग–२ को अन्तिम खेल चैत २ मा युएईसँग खेल्ने छ ।

उक्त समूह चरणको पुछारमा रहेको पिएनजीले भने खेललाई प्लेअफ छनोट तयारीका लागि लिनेछ । समूह चरणको पुछारमा रहेको पिएनजीले अब विश्वकप छनोटमा स्थान बनाउन प्लेअफ छनोट खेल्नुपर्ने हुन्छ । नेपाललाई जिते पनि पिएनजीको अंक तालिकामा कुनै परिवर्तन हुने छैन ।

लिग–२ मा च्याम्पियन बनेको स्कटल्यान्डले सबै ३६ खेलबाट ५० अंक जोड्दा दोस्रो बनेको ओमानको ४४ अंक छ । स्कटल्यान्ड र ओमान विश्वकप छनोटमा पुगिसकेका छन् । तेस्रो स्थानको नामिबियाको ३६ खेलबाट ३९ अंक छ । नेपालको ३४ खेलबाट ३६ अंक पुगेको छ । बाँकी दुवै खेल जिते नेपालले नामिबियालाई पछि पार्ने छ ।

नेपालको जितले अंक तालिकाको पाँचौँ स्थानमा झरेको अमेरिकाको ३६ खेलबाट ३५ अंक छ । युएई ३४ खेलबाट ३१ अंक जोड्दै छैटौँ स्थानमा छ ।

नेपालसँगको हारसँगै युएईको लिग–२ बाटै एकदिवसीय मान्यता जोगाउने अवसर सकिएको छ । अब बाँकी रहेका दुवै खेलमा जित निकाले पनि अमेरिकासँग हेड टु हेडमा पछि रहेको युएई छैटौँ स्थानमै सीमित हुने छ ।

नेपालले आइतबार युएईलाई पराजित गरेसँगै अमेरिकाको एकदिवसीय मान्यता भने लिग–२ बाटै जोगिएको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

समानुपातिकतर्फ भाग लिने राजनीतिक दलको अन्तिम नामावली आज प्रकाशन हुने

बगैचामा कृषि विज्ञ : जुनार सुन्तलामा देखिएको ग्रिनिङले किसान चिन्तित

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com