काठमाडौं, १५ माघ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा आर्थिक अराजकता मच्चाएर आफ्नो स्वार्थ पूरा गर्न चाहने शक्तिहरु सल्बलाउन थालेको भन्दै सतर्क रहन सवैलाई अपिल गर्नुभएको छ । उहाँले वाम शक्तिहरु मिलेर नै स्थायित्व, सुशासन र समृद्धिको यात्रा पार गर्न सकिने दृढ बिश्वास पनि राख्नुभएको छ ।
प्रेस सेन्टर नेपालको १४औं स्थापना दिवसको अवसरमा आज काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले समाजवादतर्फ जाने आफूहरुको अभियान नरोकिने प्रष्ट गर्नुभयो । देशलाई अस्थिरतातर्फ धेकेलेर फाइदा लिन खोज्नेहरु सक्रिय अहिले निकै रहेको बताउँदै उहाँले मुलुकमा आर्थिक अराजकताको भूमरीमा परिराखोस भन्नेहरु सल्वलाएको ठोकुवा गर्नुभयो ।
हेर्नुहोस पूरा भिडियो–
प्रतिक्रिया दिनुहोस्