ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रतिनिधिसभा निर्वाचन २०८२

कुल उमेदवार ३४०६
पार्टीहरूको संख्या ६७
निर्वाचन क्षेत्र १६५
कुल मतदाता १,८९,०३,६८९
सम्पूर्ण अपडेट

सीप पुस्तान्तरण नहुँदा बुट्टेनली लोपोन्मुख अवस्थामा


bhawani desk
फाल्गुन २८, २०७९ आईतबार  ९ : ४९ बजे

“अहिले त आँखा देख्नै छोडेँ, पहिले–पहिले दिनमा दुई वटासम्म नलीमा चित्र बनाउने गर्थे, नली पनि प्रशस्त पाइन्थ्यो तर अहिले लेकमा जान पनि सक्दिनँ, अहिले त बुट्टेनली हरायो, अब मायाको चिनो के दिने ?” ढोरपाटन नगरपालिका–९ का टेकबहादुर घर्तीमगर उमेरले ८३ मा लाग्नुभयो । अहिले पनि उहाँ घरभित्र बाहिरको काम सहजै गर्न सक्नुहुन्छ । तर पछिल्ला दिन उहाँको आँखा कमजोर हुँदा चित्र कोर्ने रुचि हुँदाहुँदै पनि सक्नुहुन्न । चित्र कलामा पोख्त उहाँले जवानीमा काठ तथा बुट्टेनलीमा धेरै आकृति कोर्नुभयो । एक दशक अगाडिसम्म पनि उहाँले सजिलै बुट्टेनली बनाउने गर्नुहुन्थ्यो तर आँखामा मोतियाविन्दु भएपछि आँखाको शल्यक्रिया गर्नुभयो । उहाँले भन्नुभयो “शल्यक्रियापछि चित्र कोर्न सक्दिन । ” ग्रामीण जनजीवन र मौलिक संस्कृति झल्काउने बुट्टेनली अहिले जिल्लामै बनाउने कलाकार पाइँदैन । बुट्टेनलीले बागलुङ जिल्लाको चिनारीका रूपमा रहेको छ । नयाँ पुस्तामा सीप पुस्तान्तरण नहुँदा बुट्टेनली अहिले लोपोन्मुख अवस्थामा छ । बाँस, लेकमा पाइने गजिङ, मालिङलगायतका बाँसजन्य काठमा हातले कलात्मक शैलीमा कुँदेर विभिन्न प्रकारका आकृति दिने गरिएकामा अहिले त्यो प्रचलन हराउँदै गएको घर्तीमगरले गुनासो पोख्नुभयो । उहाँले देवी–देवता खुसी बनाउनका लागि उनीहरूको चित्र बनाउने गरेको बताउनुभयो । बुट्टेनलीमा भगवान्को चित्रसँै फूल, चरालगायत मौलिक सांस्कृति बोकेका वस्तुको चित्र कोरिने गरेको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ, “हाम्रो पालामा बुट्टेनली बनाउन समस्या थिएन, बाउबाजेले बनाउँथे उनीहरूबाटै सिक्यौँ, बनायौँ पनि, अहिले ठिटाहरूले यस्तो काम गर्दैनन्, सिक्न पनि चाहन्नन्, त्यसले गर्दा हराउँदै गयो, अहिले पनि गाउँमा दुई–चार जना बुढा छन्, उनीहरूले राम्रो चित्र कोर्थे, अहिले त उनीहरू पनि मजस्तै आँखा नदेख्ने भए ।” बुट्टनली देशभित्र मात्रै नभई युरोप–अमेरिकालगायतका ठूला–ठूला देशमा निर्यात हुने गरेको उहाँले सम्झिनुभयो । अहिले कसैले किन्न चाहे पनि गाउँमा पाइन छाडेको घर्तीमगरले बताउनुभयो ।

बागलुङ जिल्लाको चिनारी बनेको बुट्टेनली लोप हुँदै गएपछि पहिचान जोगाउनै हम्मेहम्मे पर्ने स्थिति आएको छ । स्थानीय प्रेमबहादुर सुनारले गाउँमा आउने पाहुनालाई मायाको चिनोस्वरुप बुट्टेनली दिने गरेको स्मरण गर्नुभयो । उहाँले अहिले ढोरपाटन घुम्न आउने पर्यटकले बुट्टेनली किन्न खोज्ने गरेको सुनाउँदै उनीहरूलाई बिक्री गर्ने बुट्टेनली गाउँघरमा पाइन छाडेको बताउनुभयो । लौरोका रूपमा प्रयोग गरिने बुट्टेनली अहिले गाउँका एकाध बूढापाकाबाहेक अरुसँग नभएको उहाँले बताउनुभयो । बुट्टेनली बन्न छाडेपछि गाउँका बूढापाकाले बजारमा आएका फलामका लौरो प्रयोग गर्न थालेको उहाँको भनाइ छ । “हामीहरु त लेकमा बस्ने मान्छे हौँ, सधैँ लेकबेँसी गर्नुपथ्र्यो, लेकबेँसी गर्दा त्यही बुट्टेनली टेकेर हिँडिन्थ्यो, तल–तल बजारतिर जाँदा साहु साहेबहरूले उतै राख्नुहुन्थ्यो, निकै राम्रो लाग्थ्यो रे उहाँहरूलाई, कहिलेकाहीँ गाउँमा आउँदा इष्टमित्रलाई मायाको सम्झनाका लागि बुट्टेनली दिने चलन थियो”, उहाँले भन्नुभयो, “अहिले त त्यस्तो चलन छैन, त्यो चलन पनि हरायो, बुट्टेनली पनि हरायो ।” निसीखोला गाउँपालिका–६ का तेजिन्द्र घर्तीमगरले बुट्टेनलीसँगै चोयाबाट बन्ने डोको, नाङ्लो, कोक्रोलगायतका सामानसमेत बुन्न छाडिएको बताउनुभयो ।
आयातित प्लास्टिकका सामानले चोयाबाट बन्ने सामग्री ओझेलमा परेको सुनाउनुभयो । आफ्नो घरमा तीन वर्ष अगाडिसम्म दुईवटा बुट्टेनली रहेकामा पोखराबाट घुम्न आएका पर्यटकले लिएर गएको उहाँ बताउनुहुन्छ । “जुगजमाना फेरिए, पहिले–पहिले निकै प्रयोगमा आउने धेरै सामान अहिले भेट्टाउन सकिँदैन, त्यसमध्ये बुट्टेनली पनि महत्वपूर्ण मानिन्छ, जिजुबाजेबाट बाजेले सिके, बाजेबाट बाउहरूले सिके तर बाउहरूबाट हामीले सिक्न सकेनौँ, त्यही भएर अहिले कसैले खोज्यो भने कतै पनि भेट्टाउन सकिँदैन”, उहाँले भन्नुभयो । साविक धवलागिरि अञ्चलको बागलुङमा बढी प्रचलित बुट्टेनली नेपालमै चर्चित काष्ठकलाका रूपमा लिइन्थ्यो । गाउँमा आउने विदेशी पर्यटकलाई बुट्टेनलीले लोभ्याउने हुँदा उनीहरूले हजारौँ रुपैयाँ तिरेर लैजाने गरेको बूढापाका बताउँछन् । बुट्टेनलीसँगै भेडाका रौँबाट बनेका राडीपाखी र लेकाली गाईको घ्यूसमेत विदेशीले लैजाने गरेको उनीहरूको भनाइ छ । अहिले लेकाली गाईको घ्यू र बुट्टेनली भेट्टाउनै मुस्किल पर्छ । ––

प्रतिक्रिया दिनुहोस्

भर्खरै

काठमाडौं– ३ को मतगणना सुरु

धन्यवाद र मौनताबीचको राजनीति: एमाले अध्यक्ष किन चुप ?

सम्बन्धित

प्रतिवेदन सार्वजनिक गर्छु, छिटै सत्ता छोड्छु– प्रधानमन्त्री कार्की

देशभर करिब ६० प्रतिशत मत खस्यो– निर्वाचन आयोग

चुनावको बेला पूर्वप्रधानमन्त्री देउवा देश बाहिर: क–कसले गरे मतदान?

दोलखामा मतदान कर्मचारीमाथि हातपात प्रयास: प्रहरीद्वारा हवाई फायर, स्थिति तनावपूर्ण

टिकटकर तथा युट्युबर रतन कार्की प्रहरी नियन्त्रणमा

सर्लाही–३ का रास्वपा उम्मेदवार कलवार पनि कालोसूचीमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com