ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility

  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘सिकलसेल एनिमिया’ बाट १५ जिल्ला प्रभावित


एबीसी / संवाददाता
फाल्गुन २८, २०७९ आईतबार   ६ : ५०   बजे

सुदूरपश्चिम, २८ फागुन । पश्चिम तराईका कपिलवस्तुबाट कञ्चनपुरसम्मका जिल्ला ‘सिकलसेल एनिमिया’ रोगको समस्याले बढी प्रभावित छन् । आदिवासी जनजाति समुदायका मानिसमा बढी देखिने सो रोगबाट नेपालका १५ जिल्ला प्रभावित रहेको चिकित्सकले बताएका छन् ।

नेपालगञ्ज, महेन्द्रनगर, काठमाडौँ, टीकापुर र भारतबाट आमन्त्रित विशेषज्ञ चिकित्सकको सहभागितामा शनिबार धनगढीमा भएको सुदूरपश्चिम प्रदेशस्तरीय सम्मेलनमा सिकलसेल एनिमिया रोगको रोकथाम तथा उपचारका बारेमा छलफल बहस भएको छ । सोह्र विषयमा कार्यपत्र प्रस्तुत गरिएको सम्मेलनमा रोगको निदान तथा उपचारमा सघाउ पुर्‍याउन चिकित्सकलाई अभिमुखीकरण गरिएको छ ।

फिजीसिएन चिकित्सकहरूको संस्था सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपाल (साइमन)ले गरेको सम्मेलनमा सिकलसेल एनिमिया रोगको समस्या, रोगको रोकथाम तथा उपचार व्यवस्थापनका बारेमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो ।

संस्थाका कोर्ष डाइरेक्टर (पाठ्यक्रम निर्देशक) प्राध्यापक डा.शुभेषराज कायस्थले केही वर्षअघि ठूलो जनसङ्ख्यामा गरिएको सर्वेक्षणअनुसार बर्दिया जिल्लाका झन्डै २० प्रतिशत थारू समुदायका मानिस सिकलसेललगायतको रोगले आक्रान्त रहेको फेलापरेको जानकारी दिए ।

सिकलसेल सरुवा रोग भने होइन । रोगबाहक आमाबुवाको जिनका कारण यो रोग सन्तानमा देखा पर्दछ । चिकित्सकहरूका अनुसार सिकलसेल बहुअंगमा समस्या गर्ने रोग हो । पीडितमा पटक–पटक समस्या बल्झिरहन्छ । रातो रक्त कोषिका प्रभावित गर्ने यो रोगले शरीरका धेरै अङ्ग जस्तै आमासय, पित्तथैली, फोक्सो, हड्डीलगायतका भागलाई असर पुर्‍याउँछ ।

डा कायस्थले भने, “सिकलसेलमात्र भएका रोगी धेरै वर्ष बाँच्दैनन्, धेरैमा ४० वर्ष बाँच्न सक्ने देखिन्छ ।” विश्वका अन्य देशमा पनि देखिएको यो रोग मलेरिया प्रभावित क्षेत्रमा बस्ने आदिवासीमा बढी देखिने गरेको बताइएको छ ।

यो रोगको समस्यालाई मध्यनजर गरी नेपालमा पहिलोपटक विस २०७१ मा सरकारले प्रत्येक रोगीको उपचार व्यवस्थापनमा रु एक लाख बराबरको निःशुल्क सेवा प्रदान गरिरहेको छ । समयमै रोगीको पहिचान र उपचार हुन सकेमा बिरामीको आयु लम्ब्याउन सकिने र रोग रोकथाममा पनि सहयोग पुग्ने चिकित्सकहरू बताउँछन् ।

केही वर्षअघि गरिएको रगत परीक्षणका क्रममा कैलालीको टीकापुर, लम्कीचुहा, घोडाघोडी र पहलमानपुर क्षेत्रका ग्रामीण बस्तीमा यो रोगबाट प्रभावित थुप्रै व्यक्ति भेटिएका थिए । सिकलसेलका बिरामीले धेरै जाडो र गर्मीमा गाह्रो काम गर्न नमिल्ने बताइएको छ । उनीहरुले गाह्रो काम गर्दा शरीरमा अक्सिजनको मात्रा कम हुन गई हातखुट्टाका हड्डी असह्य हुने गरी दुख्ने गरेको बताइन्छ ।

वंशाणुगत सिकलसेल एनिमियाका कारण हुने जटिल समस्याबाट बच्नका लागि बिरामीले पर्याप्त पानी पिउनुपर्ने, धेरै कडा परिश्रम गर्न नहुने र फोलिक एसिड नामक औषधि सेवन गरिरहनुपर्ने चिकित्सकको सल्लाह छ ।

सिकलसेल एनिमियाको बाहक र पूर्ण बिरामी हुने गर्दछन् । पूर्ण बिरामीको उपचारका लागि नेपाल सरकारले निःशुल्क औषधोपचारको व्यवस्था गरेको छ । बाहकमा रोगको लक्षण देखिँदैन तर उनीहरूले आफ्नो सन्तानमा सिकलसेल सार्ने गरेको बताइएको छ । सेती प्रादेशिक अस्पताल धनगढीको केही वर्षअघिको तथ्यांकअनुसार सिकलसेलका ५८३ बिरामी दर्ता भएका थिए । यीमध्ये अधिकांश थारू समुदायका मानिस रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

टोखास्थित गार्मेन्टमा भीषण आगलागी, करिब ८ करोड रुपैयाँ बराबरको क्षति

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

सम्बन्धित

मृगशीराले दोस्रो विद्युत् बजार र नियमनुसम्बन्धी आवासीय प्रशिक्षण गर्दै

बुधबार देशका यी स्थानमा हुनेछ वर्षा, केही ठाउँमा चट्याङको सम्भावना

फ्लाई दुबईले पोखरा–दुबई रुटमा सिधा उडान सेवा शुरू गर्ने

हुरीले नवलपुरमा १७ घर र दुई गोठमा क्षति

दरबार हत्याकाण्डको फाइल खोल्ने गृहमन्त्रीको निर्णय

पर्सा अदालतबाट पनि फिर्ता भयो रवि लामिछानेको संगठित अपराध मुद्दा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group