ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रचण्ड–बाबुरामको निकटता: समाजवादी या वाममोर्चा ? (भिडियो)


ABC NEWS

काठमाडौं, २४ फागुन ।

सरकारको नेतृत्व गरेको नेकपा माओवादी केन्द्रसहित पूर्व माओवादी घटकहरु मंगलबार बालुवाटार बैठकमा जुटे । माओवादीको आठ घटकबीच भएको सो बैठकले विस्तृत शान्ति सम्झौताको भावना र मर्मसँग दृढ रहेको भन्दै यससँग सम्बन्धित विषयमा राज्यसँग भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने संयुक्त प्रतिबद्धता व्यक्त ग¥यो । प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व माओवादी घटकबीच एकता हुनुपर्नेमा विगतदेखि नै जोड दिदै आएका छन् । पछिल्लो समय जनता समाजवादी पार्टीबाट टुक्रिएर नेपाल समाजवादी पार्टीका संयोजक रहेका पूर्व माओवादी नेता डा. बाबुराम भट्टराई प्रचण्ड निकट छन् । वामपन्थी शक्तिबीच समाजवादी मोर्चा वा वाम मोर्चा बनाउने भन्नेबारे पार्टीको आन्तरिक बहस हुँदै आएको सन्दर्भमा पुनः माओवादी घटकहरु एक हुनुपर्ने विषय चर्चामा आएको छ ।

पूर्व माओवादी नेता डा. बाबुराम भट्टराई गत मंसिरको प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन हुनुअघि प्रचण्डसँग नजिकिएका थिए । माओवादी त्यागेर नयाँ शक्ति हुँदै जनता समाजवादी पार्टीको नेतृत्व गरेका भट्टराई जसपा पनि त्यागेर नेपाल समाजवादी पार्टीका संयोजक छन् । करिब ७ वर्षपछि प्रचण्ड र भट्टराईको निकटताले माओवादीमा नयाँ तरंग थपिएको देखिन्छ । सत्तारुढ दलको बेमतिबीच पनि सरकारले यो पटक जनयुद्ध दिवसमा सार्वजनिक बिदा घोषणा ग¥यो । यसबीच जनयुद्धका शहीद तथा बेपत्ता सन्तति फाउन्डेसनले फागुन २१ गते जनयुद्ध, शहीद तथा बेपत्ता योद्धाको योगदान र नेतृत्वको भूमिका शीर्षकमा काठमाडौंमा आयोजना गरेको अन्तरक्रियात्मक कार्यक्रममा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शहीदको सम्मान स्वरुप शहिद दिवसमा सार्वजनिक बिदा घोषणा गरिएको बताए । प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्ले सरकारले पटक पटक गरिएका शहिद घोषणालाई राजपत्रमा प्रकाशित गरेर शहिदको सम्मान गर्ने निर्णय समेत गरेको बताए । शहिद र बेपत्ता योद्धाहरुको त्याग, तपस्या र योगदानलाई कसैले जबरजस्ती बदनाम गर्न खोज्दैमा त्यो दबिन नसक्ने भनाइ उनले राखे ।

प्रधानमन्त्री प्रचण्डले सबै माओवादी घटकहरु र वामपन्थी शक्तिबीच एकता प्रक्रिया अगाडि बढाउनुपर्ने वा त्यो खालको समाजवादी मोर्चा बन्नुपर्ने भनाइ पनि राख्ने गरेका छन् । उनले बाबुराम भट्टराई, नेत्रविक्रम चन्द विप्लव, मोहन वैध किरण सबैले सिकेको अनुभवलाई साझा बनाएर लानुपर्ने धारणा राखेका छन् । नेकपा बहुमतका धर्मेन्द्र बास्तोलाले भने अनुभव लिन थाल्नुभएको भनाइ उनको छ । माओवादी पार्टी सशक्त पार्न सबै घटकहरु एक ठाउँमा आउँदा अरु कसैले माओवादीलाई तहसनहस गर्न नसक्ने उनले बताए । प्रधानमन्त्री प्रचण्डले यस विषयमा सबै नेताहरुसँग बारम्बार छलफल भइरहेको र डा. बाबुराम भट्टराईसँग भने गतिविधि नै अघि बढेको बताए । हिजो आन्दोलनको क्रममा जो जो जुन जुन भंगालामा परेपनि माओवादी एकता आजको आवश्यकता हो भन्ने कुरा सबैले महसुस गरे यो एकतालाई कसैले रोक्न नसक्ने समेत उनले भने ।

माओवादी केन्द्रले पुसको अन्तिम साता बृहत वाम एकता गर्ने भन्दै पार्टी उपाध्यक्ष कृष्णबहादुर महराको संयोजकत्वमा वार्ता समिति बनाएको छ । सो समितिको सदस्यहरुमा महासचिव देव गुरुङ, उपमहासचिव गिरिराजमणि पोखरेल, जनार्दन शर्मा र शक्ति बस्नेत छन् । पछिल्लो समय सोही समितिले डा. भट्टराईसहित एकीकृत समाजवादी लगायतका दलसँग एकताका लागि छलफल भइरहेको समेत जनाएको छ । माओवादी केन्द्रले यही फागुनको पहिलो साता माओवादी समाजवादीका अध्यक्ष कर्णजीत बुढाथोकी सुशीलसँग एकता गर्ने निर्णय ग¥यो । माओवादी क्ेन्द्रले जसपासँग कार्यद्यल नै बनाएर अध्यन गर्दै आएको छ भने एकीकृत समाजवादी पार्टीको बैठकले पनि वामपन्थी शक्ति एकताको पहल गर्ने निर्णय नै गरेको छ । एकीकृत समाजवादीका स्थायी समिति सदस्य आलोक रायमाझीले जसपासहितको एकतामा कम्युनिष्ट पार्टीको सिद्धान्त र विचार व्यवहारमा लागू हुन्छ या हुँदैन भन्ने कुरामा भर पर्ने बताए । देशको समग्र परिस्थितीमा वाम एकता नै आवश्यकता रहेको ठम्याइ उनको छ ।

माओवादीका सबै घटकहरु एक हुने कुरा आन्तरिक रुपमा चलेका बेला देशका विचार मिल्ने वाम शक्तिबीच मोर्चा गठन गर्ने विषयमा पनि नेताहरुको ध्यान गएको देखिन्छ । डा. भट्टराईसहित, नेकपा क्रान्तीकारी माओवादीका स्थायी समिति सदस्य सीपी गजुरेल, नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा प्रकाण्ड, नेकपा बहुमतका संयोजक धर्मेन्द्र बास्तोला, वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टीका महासचिव विश्वभक्त दुलाल आहुती, नेकपा माओवादी समाजवादीका अध्यक्ष कर्ण जित बुढाथोकी, माओवादी कम्युनिष्ट पार्टी, नेपालका नारायणप्रसाद धिमाल प्रचण्डसँग मंगलबार बालुवाटार बैठकमा जुटेका छन् । सो बैठकले विस्तृत शान्ति सम्झौताको मर्म र भावना अनुरुप राज्यसँग भएका सहमति र सम्झौता कार्यान्वयन हुनुपर्ने संयुक्त प्रतिबद्धता व्यक्त गरेको छ । पछिल्लो समय, पूर्व माओवादी नेताहरुले पनि सबै माओवादीहरु एक ठाउँमा हुनुपर्ने भनाइ राखेका छन् ।

अहिले सरकारले उठाएको जनयुद्ध एवम् सशस्त्र युद्धका शहिद, घाइते, बेपत्ता एवम् अपांगको सम्मान हुनुपर्ने विषयमा पूर्व माओवादी नेताहरु सकारात्मक देखिएका छन् । त्यसो त, विगतमा विभिन्न आन्दोलनका नाममा माओवादीमा विभिन्न भागमा चिरा परेको थियो । २०६४ को आम चुनावमा सबैभन्दा ठूलो र शक्तिशाली बनेको पार्टी माओवादीमा विभिन्न सांगठानिक, व्यवहारिक विचलनहरु देखा पर्दै आएको छ । यतिसम्म की, मूल पार्टीको संरचना गठन एवम् जिम्मेवारी बाँडफाँडमा पनि संकट देखा पर्दै आयो । गएको निर्वाचनबाट माओवादी केन्द्रले प्रत्यक्षमा २३ सिट जितेको छ । यद्दपि, यसअघिको पाँच दलीय गठबन्धनको सरकार र अहिले पनि माओवादी केन्द्रले निर्णायक भूमिका खेल्न सफल भएको देखिन्छ । यो समय, पूर्व माओवादी घटकहरु एक ठाउँमा आउने वातावरण नेतृत्वबाट बन्यो भने २०६४ सालको जस्तै शक्तिशाली पार्टी माओवादी बनाउने भन्ने अध्यक्ष प्रचण्डले भन्दै आएको कुरा थोरै भएपनि सिद्ध हुने दिशामा अघि बढ्ने छ ।

 

 

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com