ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश


एबीसी / संवाददाता
फाल्गुन २४, २०७९ बुधबार  ८ : २९ बजे

काठमाडौँ, २४ फागुन । जर्मन क्लब बोरुसिया डर्टमुन्डमाथि चेल्सीले २–१ को जित निकालेको छ । सो जितसँगै इंग्लिस क्लब चेल्सी युइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

घरेलु मैदान स्टामफोर्ड ब्रिजमा मंगलबार राति भएको खेलमा चेल्सीको जितमा रहिम स्टर्लिङ र काई हाभर्टजले गोलमा चेल्सी अन्तिम आठमा पुग्न सफल भएको हो । पहिलो हाफको ४३औँ मिनेटमा रहिमले गोल गर्दै चेल्सीलाई १–० को अग्रता दिलाएका थिए भने  ५०औँ मिनेटमा चेल्सीले पेनाल्टीको मौका पायो ।

बेन चिलवेलले क्रस गरेको बलमा मारिअस वल्फबाट ह्यान्ड भएको भन्दै चेल्सीले पेनाल्टीको जोडदार माग गरयो तर रेफ्रीले पेनाल्टी दिन आनाकानी गरिरहे तर चेल्सीले ह्यान्ड बल नै भएको अडान लिए पछि अन्ततः रेफ्रीले भिएआरको सहायता लिँदै चेल्सीलाई पेनाल्टी प्रदान गरेको थिए । तर, काई हाभर्टजले भने सो पेनाल्टी चुकाए ।

अन्ततः ५३औँ मिनेटमा पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै काई हाभर्टजले चेल्सीको अग्रता दोब्बर मात्रै पारेनन, सो नै पेनाल्टी गोल नै चेल्सीलाइ क्वाटर फाइनलमा जानका लागि पर्याप्त भयो ।

चेल्सीको क्वाटर फाइनल यात्रासँगै डर्टमुन्ड भने अन्तिम १६ बाटै बाहिरिन पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

नेपालको निर्वाचन यात्रा: “कांग्रेसको बहुमतदेखि गठबन्धनको युगसम्म – ६४ वर्षमा ८ पटकको जनादेशले के सिकायो?”

समानुपातिकतर्फ ३,१३५ उम्मेदवारको अन्तिम सूची सार्वजनिक, अब नाम फेर्न नपाइने

सम्बन्धित

टी–२० शृंखलाको चौथो खेलमा न्यूजिल्याण्डले भारतलाई ५० रनले हरायो

विश्वकप तयारीमा नेपाली टोली, चेन्नईमा अभ्यास खेल, त्यसपछि मुम्बई जाने

स्कटल्यान्डसँग पराजित भएसँगै विश्‍वकप छनोटबाट बाहिरियो नेपाल

महिला टी–२० विश्वकप ग्लोबल छनोट: नेपालले निर्णायक खेलमा आज स्कटल्यान्डसँग खेल्दै

आईसीसीले टी–२० विश्वकपमा बंगलादेशको सट्टा स्कटल्याण्डलाई खेलाउने

नेपालले श्रीलङ्का ‘ए’ लाई ७ विकेटले हरायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com