ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

१५ वर्षपछि स्ववियु निर्वाचन हुँदैः नेतृत्व जामको स्थिती अब सुध्रिएला ?


ABC NEWS

काठमाडौं, २२ फागुन ।

वि.सं. २०३६ सालदेखि स्वतन्त्र विद्यार्थी संगठन (स्ववियु) को निरन्तर निर्वाचन हुदै आएको थियो । स्ववियू निर्वाचन प्रत्येक दुई÷दुई वर्षमा हुने नियमित प्रक्रिया भएपनि विगत लामो समयदेखि झण्डै १५ वर्षदेखि यो निर्वाचन हुन सकेको छैन । पछिल्लो समय, त्रिभुवन विश्वविद्यालय रजिस्ट्रार कार्यालयको सूचना तथा जनसम्पर्क महाशाखाले स्ववियु निर्वाचनको मिति चैत ५ गते तय गरिसकेको छ । सो अनुरुप, त्रिविको आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुको तयारी पनि अघि बढेको छ । राष्ट्रिय राजनीतिमा नेता निर्माणको नर्सरीको रुपमा रहेको स्ववियु निर्वाचन लामो समयसम्म हुन नसक्दा यसले नेतृत्व निर्माण तथा शैक्षिक गतिविधिमा पनि असर पार्दै आएको छ ।

हुने खाने वा हुँदा खाने होस्, सबै विद्यार्थीको पढ्न पाउने साझा हक, हितको संस्थाको रुपमा स्वतन्त्र विद्यार्थी युनियन अर्थात् स्ववियुलाई लिइन्छ । तर, देशमा लामो समयको राजनीतिक अस्थीरताको प्रत्यक्ष असर विश्वविद्यालय, विद्यालय लगायत शैक्षिक संघ, संस्थामा पर्दै आएको छ । २०३६ सालयता झण्डै १५ वर्षभन्दा बढी समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । जबकी, प्रत्येक दुई÷दुई वर्षमा स्ववियु निर्वाचन गर्ने प्रावधान छ । प्रकाशित निर्वाचन कार्यतालिका अनुसार फागुन २१ गते मतदाता सूची प्रकाशन, फागुन २५ गते मतदाता सूचीमा दाबीविरोध, फागुन २६ गते उम्मेदवार मनोनयन वितरण, फागुन २७ गते प्रत्यक्ष तथा समानुपातिकतर्फको उम्मेदवारी दर्ताको मिति तोकिएको छ । फागुन २८ गते बिहान ११ बजेदेखि उम्मेदवारको नामावलीमाथि दाबी विरोध र सोही साँझ अन्तिम नामावली प्रकाशनको मिति तय भएको छ । अहिले स्ववियू निर्वाचनको आचारसंहिता लागू भएको अवस्था छ । विद्यार्थी नेताहरुले स्ववियु निर्वाचनको माग गर्दै आएपनि विधि कारणवश निर्वाचन हुन सकिरहेको थिएन । जसले गर्दा नेतृत्वमै जाम भएजस्तो वातावरण बन्दै आएको थियो ।

२०३६ सालदेखि स्ववियु निर्वाचन प्रत्येक दुइ÷दुई वर्षमा हुने नियमित प्रणाली बमोजिम हुदै आएको थियो । तर, २०६२÷६३ को जनआन्दोलन यता भने यो निर्वाचन हुन सकेन । त्यसपछि दुई वर्षको क्रम भंग भइ २०६५ सालमा स्ववियु निर्वाचन भयो । त्यसपछि २०७३ सालमा नौ वटा आंगिक र उपत्यकाबाहिर १७ वटा क्याम्पसमा मात्र स्ववियु निर्वाचन भयो । जबकी, त्रिविमा ६२ वटा आंगिक र एक हजार ४० वटा सम्बन्धन प्राप्त क्याम्पस रहेको तथ्यांक छ । राजनीतिक दल निकटका भ्रातृ विद्यार्थी संगठनले त्रिविमा विभिन्न शैक्षिक माग, मुद्दा राख्दै तालाबन्दी एवम् हड्ताल गर्दै आएको छ । नियमित रुमपमा स्ववियु निर्वाचन गर्नुपर्ने आवाज नउठेको होइन तर, प्राध्यापक र पदीय जिम्मेवारीमा रहेकाहरु नै राजनीतिक दलको बन्दी बन्ने गरेको विद्यार्थी नेताहरुले बताउँदै आएका छन् । संगठनमा अलोकतान्त्रिक चरित्र देखा परेको यतिसम्म कि, निर्वाचन आयोगका प्रमुख वा सदस्य पनि कुनै न कुनै विचार नजिक भएको अवस्थामा उनीहरु स्ववियु निर्वाचन समयमै गराउन केन्द्रीत हुन नसकेको उनीहरुको भनाइ छ ।

त्रिवि अन्तर्गत अहिले नेकपा माओवादी केन्द्र निकटको अखिल क्रान्तीकारी, एमाले निकटको अनेरास्ववियु, नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ, एकीकृत समाजवादी निकट अनेरास्ववियु, लोसपा निकट लोकतान्त्रिक विद्यार्थी संघ, जसपा निकट समाजवादी विद्यार्थी युनियन लगायतका संगठनहरु छन् । स्ववियु निर्वाचनमा भाग लिने विद्यार्थी संगठनले फागुन १९ गते शुक्रबारसम्म संगठन दर्ता गर्ने कार्यतालिका छ । नेतृत्व चयनका लागि विभिन्न राजनीतिक दल निकटका भ्रातृ विद्यार्थी संगठनहरु यतिबेला उत्साहितरुपमा अघि बढेको देखिन्छ । यद्दपि, सबैखाले विद्यार्थी, शिक्षक र शैक्षिक सवालको साझा एजेण्डा उठाउनुभन्दा विद्यार्थी राजनीति पनि फगत व्यक्तिगत स्वार्थको अखडाभन्दा पर पुग्न नसक्नु दुखद विषय हो ।

पछिल्ला मतपरिणामले पनि देखाएको छ, एउटा प्रक्रियाबाट नेतृत्व चयन नहुँदा जनताले नयाँ अनुहारका नेतृत्वलाई चुनेको अवस्था छ । हामीलाई थाहा छ, स्ववियु निर्वाचनबाट आएका कतिपय विद्यार्थी नेताहरुले राष्ट्रिय राजनीतिमा महत्वपूर्ण क्षमता प्रदर्शन गरेका छन् । यसर्थ, देशको मूल नेतृत्व निर्माणको नर्सरी र विशुद्ध शैक्षिक क्षेत्रको हकहितको साझा मुद्दालाई उठान गर्न सक्ने नेतृत्व स्ववियुमा आउनसक्नुपर्दछ । यसका लागि विद्यार्थी संगठन, राजनीतिक दल र सरोकारवालाको ध्यान जान आवश्यक छ ।

 

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

अपाङ्गता भएकाहरुको अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रम गरी मनाईंदै

आज पोखरामा एकता सन्देश सभा गर्दै नेकपा

आज कति छ काठमाडौँको तापक्रम ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com