ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

‘नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापना


एबीसी / संवाददाता

काठमाडौँ, २२ फागुन । नेपाल प्रहरी र एभरेष्ट बैंकबीच छात्रवृत्ति अक्षयकोष स्थापनासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

प्रहरी प्रधान कार्यालय नक्सालमा आइतबार आयोजित कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र प्रहरी महानिरीक्षक धीरजप्रताप सिंहबीच ‘नेपाल प्रहरी–एभरेष्ट बैंक छात्रवृत्ति अक्षय कोष’ स्थापनासम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सो अवसरमा बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले र प्रहरी महानिरीक्षक सिंहलाई रु २५ लाखको चेक हस्तान्तरण गरे । कार्यक्रममा प्रहरी महानिरीक्षक सिंहले उक्त सहयोगले प्रहरी कर्मचारीका सन्ततीको शिक्षामा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

उनले एभरेष्ट बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरीलाई विभिन्न सहयोग गर्दै आएको बताए ।

कार्यक्रममा एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत खालिङले बैंकको सामाजिक उत्तरदायित्व अन्तर्गत प्रहरीलाई सहयोग गरेको बताए । सम्झौताबाट बढीभन्दा बढी विद्यार्थी लाभान्वित हुने अपेक्षा उनले गरे ।

सम्झौताअनुसार प्रहरी विद्यालयमा अध्ययन गर्ने बहालवाला तथा अवकाश प्राप्त र अमर÷सहिद एवं अशक्त प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दार दर्जासम्मका उत्कृष्ट अंक प्राप्त गर्ने प्रहरी कर्मचारीका दुई जेहन्दार विद्यार्थीलाई निःशुल्क पढाइनेछ ।

आगामी शैक्षिक सत्र २०८० वैशाखदेखि लागु हुने यो सम्झौताअनुसार नेपाल प्रहरी विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १२ सम्म अध्ययनरत विद्यार्थीलाई उपलब्ध हुने छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

उत्तर प्रदेशका मुख्यमन्त्री योगी र राजदूत शर्माबीच भेटघाट

काठमाडौँ । भारतका लागि नेपाली राजदूत डा शंकरप्रसाद शर्माले भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग शिष्टाचार भेट गरेका छन् । राजदूत शर्माले आइतबार भारतको लखनउस्थित

राष्ट्र सिकिस्त बिरामी छ: संसदमा शेखर कोइराला

काठमाडौं, १२ चैत।  नेपाली कांग्रेसका नेता डा। शेखर कोइरालाले मुलुक गम्भीर बिरामी अवस्थामा रहेको बताएका छन् । आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै उद्यम गर्नेहरु हतास मनस्थितिमा

ठोक्किनबाट जोगिए एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज

काठमाडौं, १२ चैत। एयर इण्डिया र नेपाल एयरलाइन्सका जहाज आकाशमै ठोक्किनबाट बचेका छन् । गत शुक्रबार १९ हजार फिटको उचाइमा होल्ड गरिरहेको एयर इण्डियाको जहाज

सम्बन्धित

चैते दसैँमा पाँच लाख धार्मिक पर्यटक

खानेपानी आयोजनाको आठ हजार सात सय मिटर पाइप क्षति

बक्यौता दाखिला नगर्ने करदाताको नाम सार्वजनिक

नेपाल प्रहरीका आईजीपी कुँवरले लगाए दर्ज्यानी चिह्न

कित्ताकाट खुलाउन पहल

सडक हरियाली बनाउने अभियानमा धनगढी उपमहानगर

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com