ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

८ दलीय गठबन्धनको सरकारमा दुई दल मात्रै !


एबीसी / संवाददाता

काठमाडौँ, १८ फागुन । नेकपा (एमाले)सहित ७ दलको समर्थनमा प्रधानमन्त्री बनेका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ अहिले ८ दलीय गठबन्धनका प्रधानमन्त्री बनेका छन् ।

फागुन १३ मा राष्ट्रपतिको उम्मेदवारी दिने अघिल्लो दिन प्रधानमन्त्री प्रचण्ड ८ दलीय गठबन्धनमा सामेल भएका हुन् । प्रधानमन्त्री प्रचण्ड ८ दलीय गठबन्धनका प्रधानमन्त्री भए पनि सरकारमा भने दुई दल मात्र छन् ।

सरकारमा अहिले प्रचण्ड अध्यक्ष रहेको माओवादी केन्द्र र जनमत पार्टी मात्रै सहभागी छन् । राष्ट्रपति निर्वाचनलाई लिएर सत्ता समीकरण फेरिएसँगै सरकारमा दुई दल मात्र रहेका हुन् । राष्ट्रपति निर्वाचनलाई लिएर सरकारको नेतृत्वकर्ता दल माओवादी केन्द्र कांग्रेस नेतृत्वको गठबन्धनमा जोडिन पुगेपछि पुस १० मा बनेको गठबन्धनका साझेदार दल एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकार छोडेपछि सरकारमा २ दल मात्र बाँकी रहेका हुन् ।

पुस १० मा बनेको एमाले नेतृत्वमा बनेको गठबन्धनमा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जनता समाजवादी पार्टी (जसपा), जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टी रहेका थिए । जसमध्ये जसपा र नागरिक उन्मुक्ति सरकारमा सहभागी भइसकेका थिएनन् । तर, माओवादी केन्द्र, एमाले, राप्रपा, रास्वपा र जनमत गरी ४ दल सरकारमा थिए । तीमध्ये तीन दल एमाले, राप्रपा र रास्वपाले सरकार छाडिसकेका छन् ।

पछिल्लो समय ८ दलीय नयाँ सत्ता समीकरण बने पनि प्रधानमन्त्री प्रचण्डले अरू दललाई सरकारमा सहभागी गराइसकेका छैनन् । अहिलेको समीकरणमा कांग्रेस, माओवादी, नेकपा (एकीकृत समाजवादी), जसपा, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), जनमत, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा रहेका छन् ।

राजनीतिक समीकरण फेरिएसँगै प्रधानमन्त्री प्रचण्डले संसद्‌बाट पुनः विश्वासको मत लिने र मन्त्रीमण्डल पुनर्गठनको तयारी गरिरहेका छन् । तर, फागुन २५ मा राष्ट्रपति निर्वाचन मिति रहेकाले त्यसपछि मात्रै विश्वासको मत लिने र मन्त्रीमण्डल पुनर्गठन गर्ने मनस्थितिमा प्रधानमन्त्री प्रचण्ड पुगेका छन् ।

राष्ट्रपति निर्वाचनको आचारसंहिता फागुन १७ गतेदेखि लागु भएपछि त्यसलाई मध्यनजर गरेर प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठन त्यसपछि मात्रै गर्न लागेका हुन् ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

जसले गरेनन् एमाले महाधिवेशनमा मतदान

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

काशीनाथ मन बाँधेर बाहिरिए, प्रदीप ज्ञवालीको घुर्की र ओली प्यानलका बागीले कस्तो चुनौति देलान् ?

ईश्वर पोखरेल समूहबाट पदाधिकारी उम्मेदवार चयन

ओली पक्षले टुंग्यायो पदाधिकारीका उम्मेदवार (नामावलीसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com