ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मुख्यमन्त्री बाँडफाँट आज टुंगो लाग्दै


admin

काठमाडौं, १४ माघ । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच प्रदेश मुख्यमन्त्री र सभामुख बाँडफाँटको गृहकार्य अन्तिम चरणमा पुगेको छ । पूर्वसभामुख एमाले स्थायी कमिटी सदस्य सुवासचन्द्र नेम्वाङको नेतृत्वमा गठित ६ सदस्यीय कार्यदलका सदस्यहरूले लामो गृहकार्यसहित अन्तिम टुंगो लगाउन आज कार्यदल बैठक बोलाएका छन् ।

कार्यदल सदस्यहरूबीच भएको अनौपचारिक सहमतिको एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डलाई ब्रिफिङ गरी सहमतिसमेत लिइसकेका कारण आज मुख्यमन्त्री, सभामुख र मन्त्री बाँडफाँटको निर्णय लिन लागिएको कार्यदलका एक सदस्यले बताए । उनका अनुसार दुवै अध्यक्षको अनुमतिमा एमालेले चार र माओवादीले दुई वटा प्रदेशको मुख्यमन्त्री लिने सहमति भइसकेको छ ।

सात प्रदेशमध्ये ६ वटा प्रदेशमा स्पष्ट बहुमत रहेको वाम गठबन्धनले सोही सहमतिका आधारमा आजको बैठकबाट सबै प्रदेशमा मुख्यमन्त्री, सभामुख र मन्त्रीको टुंगो लगाउने अन्तिम गृहकार्य अघि बढाएको हो । ‘आइतबारको बैठकबाट टुंगो लगाउने गरी गृहकार्य भइरहेको छ, त्यति धेरै समस्या नभएकाले हामी निर्णयमा पुग्छौँ,’ कार्यदलका सदस्य एमाले स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले भन्नुभयो । पाण्डेका अनुसार एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालले स्पष्ट गाइडलाइन दिएकाले कार्यदलमा सहमति जुटाउन सहज बनेको छ । यसअघिको बैठकमा माओवादीले दुई वटा प्रदेशमा मुख्यमन्त्री र चार प्रदेशमा सभामुख चाहिने प्रस्ताव गरेको थियो ।

सो प्रस्तावका विषयमा ओली र दाहालले छलफल गरी कार्यदललाई आवश्यक निर्देशन दिइसकेका छन् । ओली र दाहालकै निर्देशनमा आइतबारको बैठकबाट प्रदेश नम्बर २ बाहेक ६ वटै प्रदेशमा सरकार गठनका लागि वाम गठबन्धनको उम्मेदवार टुंग्याउन लागिएको हो । प्रदेश २ मा भने वाम गठबन्धनको बहुमत छैन । सो प्रदेशमा राष्ट्रिय जनता पार्टी र संघीय समाजवादी फोरमको गठबन्धनले बहुमत ल्याएको छ । कार्यदल सदस्य पाण्डेले अब ढिलाइ नगरी निष्कर्षमा पुग्न दुवै अध्यक्षले निर्देशन दिइसकेकाले आज बस्ने कार्यदल बैठकले प्रदेशका सबै विषयमा टुंगो लगाउने बताउनु भयो । ‘हामी सकेसम्म आज नै टुंग्याउँछौँ । अब यसमै अलमलिरहनु उचित हुँदैन, नेतृत्वको निर्देशन पनि यही छ,’ पाण्डेले भन्नुभयो।

कार्यदलमा ६ मध्ये ४ प्रदेशमा एमाले र २ मा माओवादी केन्द्रले मुख्यमन्त्री लिने सहमति जुटिसकेको छ । तर, एमालेले मुख्यमन्त्री पाएको प्रदेशमा माओवादी र माओवादीले मुख्यमन्त्री पाएको प्रदेशमा एमालेको सभामुख रहने प्रस्तावका विषयमा बैठकअघिसम्म गृहकार्य गरी निर्णय लिने एक सदस्यले बताए । ‘एमालेको मुख्यमन्त्री भएको प्रदेशमा माओवादी केन्द्रले सभामुख तथा माओवादीको मुख्यमन्त्री भएको प्रदेशमा एमालेले सभामुख लिने गरी माओवादी केन्द्रबाट आएको प्रस्तावमा सहमति भइसकेको छैन, गृहकार्य जारी छ,’ पाण्डेले भन्नुभयो । उनका अनुसार यस विषयमा विभिन्न विकल्पबारे छलफल भइरहेको छ । कार्यदलमा अहिलेसम्म माओवादीले प्रदेश नम्बर १ र ३ मा मुख्यमन्त्रीको दाबी गरेको छैन ।

एमालेबाट प्रदेश–१ मा सचिव भीम आचार्य र पोलिटब्युरो सदस्य शेरधन राई प्रतिस्पर्धामा छन् । यसैगरी, प्रदेश ३ मा उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, पोलिटब्युरो सदस्यहरू राजेन्द्र पाण्डे, पशुपति चौलागाईं, सानु श्रेष्ठसहित कैलाश ढुंगेल र केशव स्थापित दाबेदार छन् । प्रदेश ४ मा सचिव पृथ्वी सुब्बा गुरुङ र स्थायी कमिटी सदस्य किरण गुरुङबीच प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेश नम्बर ५ मा यसअघि नै एमालेका स्थायी समिति सदस्य शंकर पोखरेललाई मुख्यमन्त्री बनाउने सहमति एमाले अध्यक्ष ओली र माओवादी अध्यक्ष दाहालबीच भइसकेको छ । त्यसैले, प्रदेश ५ मा पनि माओवादीको कुनै दाबी छैन ।

सो प्रदेशमा एमालेका वैचारिक नेता पोखरेल मुख्यमन्त्री बन्ने निश्चित भइसकेको छ । माओवादीले प्रदेश ६ र ७ को मुख्यमन्त्री पाउनुपर्ने प्रस्ताव गरिसकेको छ । एमालेतर्फका सदस्यहरूले पनि सो प्रस्तावमा सहमति जनाइसकेका छन् । प्रदेश ६ का ४० सदस्यमध्ये एमाले एक्लैले २० स्थानमा जितेकाले एमाले संगठनले मुख्यमन्त्री नछोड्ने निर्णय गरेकाले केही समस्या देखिएको छ ।

यद्यपि, प्रदेश ६ का विषयमा अध्यक्षद्वय ओली र दाहालले निर्णय लिने अपेक्षा कार्यदलको छ । कार्यदलले प्रदेशसभाको बढीमा १० प्रतिशतबराबरको मात्र मन्त्रिपरिषद् बनाउने निर्णय पनि गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

प्रधानमन्त्रीले साँझ ६ बजेलाई बोलाए मन्त्रिपरिषद् बैठक

बनेपा–नाला–भक्तपुर सडक पुनः अवरुद्ध

सम्बन्धित

तरुण दल केन्द्रीय समिति भंग गर्नुपर्ने माग राखेर सानेपामा नाराबाजी

कर्णाली डेभलपमेन्ट बैंकका संस्थापक अध्यक्ष राजेन्द्रवीर राय पक्राउ

गणतन्त्र दिवस मनाउन झाँकीसहित सडकमा ओर्लियो एमाले (तस्बिरहरू)

राष्ट्रपतिलाई अर्थमन्त्रीद्वारा बजेटबारे ब्रिफिङ

सुरक्षा र कूटनीतिक सक्रियता बढाउन सरकारको ध्यानाकर्षण

नेपाल विश्वविद्यालयको उपकुलपतिमा डा. अर्जुन कार्की नियुक्त

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com