ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिभरपुलमाथि रियल मड्रिडको सानदार पुनरागमन जित


एबीसी / संवाददाता

एजेन्सी, १० फागुन । युइएफए च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलको पहिलो लेगमा रियल मड्रिडले लिभरपुलमाथि ५–२ गोलको फराकिलो जित हात पारेको छ ।

लिभरपुलको मैदान एनफिल्डमा गएराति भएको रोमाञ्चक प्रतिस्पर्धामा साविक विजेता मड्रिडले २–० गोलले पछि परेको स्थितिबाट पुनरागमन गरेको हो । मड्रिडको जितमा भिनिसियस जुनियर र कप्तान करिम बेन्जेमाले समान २ तथा र एडर मिलिसाओले एक गोल गरे । लिभरपुलका डार्बिन नुनेज र मोहम्मद सलाहले एक–एक गोल गरे ।

उत्कृष्ट सुरूवात गरेको घरेलु टोलीले १४ मिनेटभित्र २ गोलको अग्रता लिएको थियो । चौथो मिनेटमा सलाहको सहयोगमा डार्बिन नुनियाजले गोल गरेका थिए । १४औँ मिनेटमा सलाह आफैँले टिमका लागि दोस्रो गोल थपे । योसँगै उनी युरोपियन प्रतिस्पर्धामा लिभरपुलका लागि सर्वाधिक गोलकर्ता बने । उनले अहिलेसम्म ४२ गोल गरिसकेका छन् । यसअघि स्टेभन जेरार्डले ४१ गोल गरेका थिए ।

२–० ले पछि परेको मड्रिडले खेलमा फर्कन समयनै लगाएन । २१औँ मिनेटमा भिनिसियस जुनियरले लिभुरपुलसँगको दुरी घटाए । उनले कप्तान करिम बेन्जेमाको पासमा पेनाल्टी बक्सभित्रबाट दर्शनीय गोल गरे ।

३६औँ मिनेटमा भिनिसियले लिभरपुलका गोलरक्षक एलिसन बेकरको गल्तीको फाइदा उठाउँदै व्यक्तिगत र टोलीका लागि दोस्रो गोल गर्दै खेललाई पहिलो हाफमा २–२ गोलको बराबरीमा ल्याए । जोसेफ गोमेजको पासलाई एलिसनले गरेको क्लियरेन्स भिनिसियसलाई लाग्दै गोलमा परिणत भएको थियो ।

४७औँ मिनेटमा एडर मिलिसाओले गोल गरेपछि मड्रिड खेलमा पहिलो पटक अघि रह्यो । ५५ र ६७औँ मिनेटमा करिम बेन्जेमाले गोल गरेसँगै लिभपुल मड्रिडसँग ५–२ गोलले स्तब्ध भयो । बेन्जेमा लगातार १९औँ क्यालेन्डर वर्षमा च्याम्पियन लिगमा गोल गर्ने पहिलो खेलाडी बने ।

यो जितसँगै मड्रिडको क्वाटरफाइनल पुग्ने सम्भावना बलियो बनाएको छ । घरेलु मैदानमा मार्च १५ मा हुने खेलमा यही नतिजा कायम राख्न सके मड्रिड क्वाटरफाइनलमा पुग्ने छ । लिभरपुललाई अघिल्लो चरणमा पुग्न जितको आवश्यकता छ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सल्लाघारीबाट फेरि उठ्ने सन्देशदेखि भृकुटीमण्डपको रुवाबासीसम्म

एमाले महाधिवेशनः ओली–पोखरेल प्रतिस्पर्धामा हाबी बनेको पोखरेल पक्षको ठहर (६४४ उमेद्वारको पूर्णसुचीसहित)

सम्बन्धित

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

एनपीएलमा आज चितवन र जनकपुर तथा पोखरा र कर्णाली खेल्दै

एनपीएलमा आज दुई खेल हुँदै

काठमाण्डु र सुदूरपश्चिम भिड्दै

एनपिएल इतिहासकै उच्च स्कोर बनाएको विराटनगरको विजयी सुरुवात

युएईविरुद्ध कप्तान पौडेलको सतक

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com