ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेयर बालेनको भेटघाट ः छुट्दैनन् रङ्गमञ्चका व्यक्तित्व, स्थानीय पिडितसँग भने हिच्किचाउँछन् किन ? (भिडियो)


ABC NEWS

काठमाडौं, ३ फागुन ।

काठमाडौं महानगरले मंसिर १२ गते थापाथलीको सुकुम्बासी बस्तीम डोजर चलाएको थियो । बलपूर्वक डोजर चलाएको भन्दै सुकुम्बासी र नगर प्रहरीबीच त्यतिबेला झडपको स्थिती बन्यो । गत वैशाखमा स्थानीय निर्वाचनमा लोकप्रिय मतले विजयी भएका काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहको वाहावाही उत्तिकै रुपमा अघि बढ्न सकेन । वर्षोदेखि अधिग्रहण भएका महानगरका सरकारी तथा सार्वजनिक जग्गा फिर्ता गर्न फिल्डमै उत्रने गरेको मेयर बालेन्द्रले औपचारिक भेटका लागि समय नदिएको गुनासो सरोकारवालाको छ । काठमाडौं महानगरलाई स्वच्छ, सभ्य र सुन्दर बनाउने अभियानका साथ यसखाले अभियान अघि बढाएको महानगरले जनाएको थियो । तर, आफ्ना गतिविधि अगाडि बढाएसँगै महानगर उत्तिकै स्थानीय वा मतदातासँग जवाफदेही र पारदर्शी बन्नसक्नुपर्दथ्यो । तर, कार्यालय वा पत्रिकामा विज्ञप्ति निकालेर फिल्डमा सोझै डोजर लिएर जाने बालेन प्रवृत्तिप्रति स्थानीय असन्तुष्ट बनेको छ ।

पछिल्लो समय नेपाली चलचित्र जगतकी कुनै बेलाकी लोकप्रिय नायिक जल शाह केही दिन अघि काठमाडौं आइन् । मेयर बालेनले उनका श्रीमान् र छोरीसहित कलाकार जल शाहसँग माघ २२ गते काठमाडौंमा भेट गरे । तर केही समय अघिमात्रै बागमती प्रदेशका पूर्व प्रमुख अनुराधा कोइरालाले मेयर बालेनको भेट पाइनन् । सडक तथा फुटपाथको पसल हटाइएपछि त्यसबाट पिडित महिला, एकल महिला तथा किशोरीको सवालमा माइती नेपालका संस्थपक समेत रहेकी कोइरालाले उनलाई भेट गर्न चाहेकी थिइन् । माइती नेपालले काठमाडौं महानगरभित्र यौन व्यवसाय गर्दै आएका ३७५ जनालाई उद्वार गरी सडकपेटीको खाली ठाउँमा चटपटे, पानीपुरी, फलफूल, बदाम, पानी, चिया, मकै जस्था व्यवसाय गर्ने व्यवस्था मिलाएको थियो । महानगरको डोजर आक्रमणपछि ती महिलाहरुको विचल्ली भएको माइती नेपालले छलफल गर्न खोजेपनि मेयर बालेनले यो महिलाको विषय रहेको भन्दै पन्छिएको आरोप छ । महानगरको कदमबाट हात, मुख जोड्नै गाह्रो भएको भन्दै अनौपचारिक व्यवसाय गर्दै आएकाहरुले गत भदौ ७ गते पनि मेयर बालेनलाई भेटेर ज्ञापनपत्र बुझाउन खोजेका थिए । तर, काठमाडौं महानगर प्रमुख बालेन्द्र शाहले यस्ता महत्वपूर्ण एवम् संवेदनशील भेटघाटमा समय दिन नचाहेको देखिन्छ ।

बरु, गत असार २८ गते मेयर बालेनले कृष्ण मल्ल, अशोक शर्मा, निर्मल शर्मा, दीपा श्री निरौला लगायतका कलाकारहरुसँग भेटघाट गरे । मोबाइल गेम पब्जीको अन्तराष्ट्रिय प्रतियोगिता ‘पब्जी मोबाइल ग्लोबल च्याम्पियन्सिप’ को फाइनलमा पुगेका टोलीलाई हौसला दिन उनी इण्डिोनेसिया पुगे । प्रतियोगितामा दोस्रो भएका टीम डीआरएस नेपाल फर्किंदा उनीहरूको स्वागत गर्न पुस २५ गते त्रिभुवन अन्तरााष्ट्रिय विमानस्थल नै पुगेका थिए । कात्तिक २४ मिस नेपालका आयोजक संस्था हिडन ट्रेजर प्रमुख दिवाकर राजकर्णिकार, निर्देशक प्रमोद कंसाकार, मिस नेपाल प्रियंकारानी जोशी र मिस अर्थ सरिशा श्रेष्ठसँग मेयर साहले आफ्नै कार्यालयमा भेटघाट गरेका थिए । माघ १९ गते मेयर शाहले नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का प्रतिनिधिमण्डलसँग महानगरको कार्यालयमा भेट गरेका थिए । मंसिर १५ गते नेपालका लागि अमेरिकी राजदूत डिन आर थोमसनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई भेटेको विषयमा पूर्व उपप्रधानमन्त्री एवम् नेकपा एमाले नेता डा. भीम रावलले परराष्ट्र मन्त्रालयको अनुमतिमा हो या होइन भनेर सामाजिक सञ्जालमार्फत प्रश्न तेस्र्याएका थिए । मेयर शाहले पनि रावललाई सामाजिक सञ्जालमै जवाफ दिँदै अमेरिकी राजदूतले पटकपटक भेट्न खोजेको तर आफूले परराष्ट्र मन्त्रालयबाट अनुमति लिएर आएमात्र भेट्ने बताएपछि परराष्ट्रको अनुमतिअनुसारै भेट भएको प्रस्ट्याउनुपरेको थियो । काठमाडौं महानगरप्रमुख बालेन्द्र शाहले रङ्मञ्चका रंगीचंगी मान्छेहरुदेखि परराष्ट्र एवम् कुटनीतिक क्षेत्रका व्यक्तित्वहरुसँग भेटघाटका लागि ईच्छाशक्ति देखाइरहदा महानगरभित्रका जटिल एवम् संवेदनशील् मुद्दामा पनि उनको ध्यान जान आवश्यक छ । उनले बलजफतभन्दा पनि महानगरका स्थानीय वा पिडितसँग भेटघाट, वार्ता र सहमतिबाट अहिलेको समस्या सम्बोधनमा अग्रसर हुन सक्नुपर्दछ ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

सम्बन्धित

बालुवाटार बैठक– चुनावमै अर्जुनदृष्टि लगाइयोस् –दलहरू, आतुर छौं – प्रधानमन्त्री

कागेश्वरी मनोहरा नगरपालिकाका वडाध्यक्ष थापाको निधन, आज शोक बिदा

मधेशको मुख्यमन्त्रीमा दाबी पेश गर्ने आज अन्तिम दिन, दलहरु छलफलमा

समावेशी विकास र शासन रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता

एनपीएलमा आज विराटनगर भर्सेस लुम्बिनी, कस्तो होला सन्दीप र रोहितको प्रतिस्पर्धा ?

अपाङ्गता भएका व्यक्तिका अधिकार रक्षा गर्न एमाले क्रियाशील छ – अध्यक्ष ओली

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2025 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com