ABC NEWS NEPAL | No.1 News channel of Nepal

Accuracy, Balance & Credibility - JOURNALISM

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • समाचार
  • अन्तर्राष्ट्रिय
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तर्वार्ता
  • सहित्यकला
  • English
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • एबीसी विज
  • जीवनशैली
  • प्रवास
  • मनोरञ्जन
  • खेलकुद
  • प्रदेश बिशेष
    • प्रदेश १
    • प्रदेश २
    • बागमती
    • गण्डकी प्रदेश
    • वाग्मती प्रदेश
    • कर्णाली प्रदेश
    • सुदूरपश्चिम प्रदेश
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

रियल मड्रिडले जित्यो क्लब वर्ल्डकप


एबीसी / संवाददाता

काठमाडौँ, २९ माघ । रियल मड्रिड फिफा क्लब विश्वकप च्याम्पियन बनेको छ । साउदी अरेबियाको अल हिलालमाथि ५–३ गोल अन्तरको जित निकाल्दै स्पेनिस क्लब मड्रिड पाँचौँपटक क्लब विश्वकपको च्याम्पियन बनेको हो ।

मोरक्कोको रावतस्थित स्टेड प्रिन्स मोउले अब्दल्लाहमा शनिबार राति मड्रिडलाई च्याम्पियन बनाउन भिनिसियर जुनियर र फेडे भाल्भेर्डेले २–२ तथा कप्तान करिम बेन्जेमाले एक गोल गरे । अल हिलालका लुसियानो डारियो भिट्टोले दुई तथा मोउसा मारेगाले एक गोल गरेका थिए ।

यस सिजन मड्रिडले जितेको यो दोस्रो उपाधि हो । अगस्टमा मड्रिडले युरोपेली सुपरकप जितेको थियो ।

खेलको १३औँ मिनेटमा भिनिसियसले गोल गर्दै मड्रिडलाई सुरूवाती अग्रता दिलाएका थिए । १८औँ मिनेटमा फेडे भाल्भेर्डेले गोल गर्दै मड्रिडको अग्रता दोब्बर पारे ।

२६औँ मिनेटमा अल हिलालका मोउसा मारेगाले गोल गरेपछि पहिलो हाफ २–१ को स्थितिमा पुर्‍याए ।

५४औँ मिनेटमा कप्तान करिम बेन्जेमाले गोल गर्दै रियललाई ३–१ ले अघि बढाए । ५८औँ मिनेटमा फेडे भाल्भेर्डेले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै मड्रिडलाई ४–१ को स्थितिमा पुर्‍याए ।

६३औँ मिनेटमा लुसियानो डारियो भिट्टोले गोल गर्दै अल हिलाललाई खेलमा फर्कने संकेत दिए । तर, ६९औँ मिनेटमा भिनिसियसले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौँ गोल गरे ।

७९औँ मिनेटमा लुसियानो डारियो भिट्टलो व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे पनि टोलीलाई हारबाट जोगाउन सकेनन् ।

पछिल्ला १० संस्करण युरोपियन क्लबले मात्रै क्लब विश्वकपको उपाधि जितेका छन् । उपाधि नजिक पुगेको अल हिलाल क्लब विश्वकप जित्ने पहिलो एसियाली टोली बन्न चुकेको छ ।

पाँचौँ पटक फाइनल पुगेको मड्रिड पाँचैपटक च्याम्पियन बनेको हो । यसअघि, सन् २०१४, २०१६, २०१७ र २०१८ मा उपाधि जितेको थियो ।

प्रतिक्रिया दिनुहोस्

भर्खरै

सामाजिक सुरक्षा भत्ता पाउने संख्या ३६ लाख ८३ हजार नाघ्यो

संसदीय सुनुवाइका लागि ४५ दिने हदम्याद कायमै

सम्बन्धित

नेपाल फाइनल प्रवेशका लागि काजकस्तानसँग भिड्दै

वडास्तरीय फुटबल : पोखरा–१४ लाई उपाधि

रियल मड्रिड विजयी

मुम्बई क्वालिफायरमा

भारतसँग नेपाल पराजित , फाइनल प्रवेशका लागि काजाकस्तानसँग खेल्नुपर्ने

चेन्नई फाइनलमा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • New Plaza, Putalisadak Kathmandu - 30
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802018150
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभ शंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2023 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by appharu.com