काठमाडौं, १२ माघ । संविधान संशोधन गर्न नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तयार रहेको माओवादी केन्द्रका नेता मातृकाप्रसाद यादवले दाबी गर्नुभएको छ ।
मधेसको मुद्दा समेटेर संविधान संशोधन गर्न वाम गठबन्धन तयार रहेको उँहाको भनाइ छ ।
राजविराज प्रेस सेन्टर नेपाल सप्तरीले शुक्रबार आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता यादवले वाम गठबन्धन मधेस मुद्दामा गम्भीर रहेको पनि बताउनुभयो ।
उँहाले मधेसी दललेसमेत नयाँ सरकार गठनमा सहकार्य गर्नुपर्ने भन्दै मधेसी दल र वाम गठबन्धनबीच सहकार्य भएर सरकार गठन गर्दा मधेस मुद्दा सम्बोधन गर्न सजिलो हुने बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्